धनगढी न्यूज

Breaking News 2

कुलमानले भने– सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं

कुलमानले भने– सम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं

१३ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु ।’ नेपाली जनताको चाहना पनि यही भएको उनले बताए । ‘आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरु एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस्…
Read More

प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने

 प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।…
Read More

ताइवानलाई अर्बौंको हतियार बेच्ने लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध

ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने निर्णयपछि चीनले २० वटा अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार  विज्ञप्ती जारी गरी बोइङको सेन्ट लुइसस्थित रक्षा शाखासहित नर्थरोप ग्रुम्यान सिस्टम्स कर्पोरेसन र एल–३ह्यारिस म्यारिटाइम सर्भिसेसजस्ता कम्पनीहरूलाई प्रतिबन्ध सूचीमा राखिएको जनाएको छ। प्रतिबन्धमा परेका व्यक्तिहरूमा एन्डुरिल इन्डस्ट्रिजका संस्थापकसहित ती कम्पनीका ९ जना वरिष्ठ अधिकारी रहेका छन्। उनीहरूलाई चीन प्रवेशमा रोक लगाइएको छ भने सम्बन्धित कम्पनी तथा व्यक्तिका चीनभित्र रहेका सम्पत्ति रोक्का गरिने र चिनियाँ संस्था तथा व्यक्तिलाई उनीहरूसँग कारोबार गर्न निषेध गरिएको छ। चीनको यो कदम प्रतीकात्मक रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।  किनकि अमेरिकी रक्षा कम्पनीहरूसँग…
Read More
१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)

१२ जिल्लामा सीडीओ सरुवा, कारागार विभागमा घिमिरे (सूचीसहित)

११ पुस, काठमाडौं । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ । जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।अन्लाईन खबर बाट साभार यस्तो छ सरुवा सूची  
Read More

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

१० पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताएकी छन् । त्रिपुरेश्वर रंगशालामा बिहीबार आयोजित ५१औं दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘ शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस पहल थालेका छौं । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’ शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यो सँगै यस क्षेत्रमा सुन्ने गरिएको दलीय राजनीतीकरणको अवस्थालाई अन्त्य गरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले…
Read More
राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन र ‍थापाले आजै गर्दैछन् हस्ताक्षर

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन र ‍थापाले आजै गर्दैछन् हस्ताक्षर

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ । आजै दुई अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘दुई दलबीच एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुन्छ,’ उनले भने, ‘अहिले एकता गर्ने सहमति मात्रै भएको छ । पद बाँडफाँटको कुरा केही भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुभयो ।’ पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा…
Read More
गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?

गण्डकीमा राष्ट्रिय सभाको अंकगणित, के गरिरहेका छन् दलहरू ?

 फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाको सदस्य पदका लागि माघ ११ गते उपनिर्वाचन हुँदै छ । पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू उम्मेदवार छनोटमा कस्सिएका छन् । नेपाली कांग्रेसले देशभरबाट राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका आकांक्षीको नाम एकैचोटि सङ्कलन गरिरहेको छ । गण्डकी प्रदेशमा राष्ट्रिय सभाका २ सदस्यको पद रिक्त हुँदै छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् । अब हुने निर्वाचनमा पनि सोही क्लस्टरबाट सांसद निर्वाचित हुनेछन् । उम्मेदवार छनोटका…
Read More
आयोगले बोलाएपछि लेखक सभापति देउवासँग परामर्श लिँदै

आयोगले बोलाएपछि लेखक सभापति देउवासँग परामर्श लिँदै

९ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् । आयोगलाई दिइने बयानबाट परामर्श गर्न लेखक आज (बुधबार) सभापति देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवास जाँदै छन् । महाराजगञ्ज स्रोतले नेता लेखकलाई छलफलका लागि बोलाइएको पुष्टि गरेको छ । तर, समय भने खुलाइएको छैन । ‘छलफलका लागि आउने कुरा छ । आउनुहुन्छ’, स्रोतले भन्यो । यसअघि नेता लेखकले अनलाइनखबरसँग आयोगले बयान दिन बोलाएको विषयमो ‘सल्लाह’ गरिरहेको प्रतिक्रिया दिएका थिए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनको भनाइ छ । ‘पत्र हिजो (मंगलबार) पठाएको…
Read More
चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाली चलचित्र निर्माणमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाली चलचित्रको इतिहासमै पहिलो पटक यो वर्ष चलचित्र निर्माण इजाजत लिनेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको चलचित्र निर्माण इजाजतसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म मात्रै ७० वटा नयाँ चलचित्रले निर्माण इजाजत लिएका छन् । गत वर्षको यही अवधिमा ५१ वटा चलचित्रले मात्रै निर्माणको अनुमति लिएका थिए । यो वर्ष लिइएको अनुमति गत वर्षभन्दा करिब ३७ प्रतिशतले बढी हो । विगत ५ वर्षसँग तुलना गर्ने हो भने निर्माण इजाजत झन्डै दोब्बर पुगेको देखिन्छ ।…
Read More
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी दिएको छैन । मोरङ प्रहरी प्रमुख कबित कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगको जानकारी दिए । केही विषय खुल्न बाँकी रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले घरबाट हराएकै दिन…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×