धनगढी न्यूज

Breaking News 2

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा लगानी सम्मेलनबारे छलफल

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार ‘भर्चुअल’ बैठकमार्फत प्रवासी नेपालीसँग प्रदेशमा लगानी भित्र्याउने विषयमा छलफल गरेका छन्। ‘सुदूरपश्चिम प्रदेश: नीति तथा कार्यक्रम, लगानी तथा विकास सम्मेलन २०८२ सम्वाद कार्यक्रम’ विषयक उक्त बैठकमा जोडिएका प्रवासी नेपालीले लगानीमैत्री वातावरण सिर्जना भएमा आफूहरु लगानी गर्न तयार रहेको जानकारी गराए। योजनाहरुको प्राथमिकता र आवश्यकताको पहिचान गर्ने, लगानीको वातावरण निर्माण गर्ने, योगदान दिन सकिने क्षेत्रका साथै प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए। र्माण हुनसके ठूलो पुँजी भित्र्याउन सकिने बैठकमा जोडिनुभएका प्रवासीहरुको भनाइ थियो। बैठकमा अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, रुसलगायत देशमा व्यवसाय गर्दै आएका…
Read More
रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन, बानेश्वरबाट आठ जना पक्राउ, तस्वीरहरू

रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन, बानेश्वरबाट आठ जना पक्राउ, तस्वीरहरू

गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन्। प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन्। आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन्।थाहा खबर बाट साभार
Read More
बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

बुटवलमा तीनजनाको विभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्की तीन जनाको हत्या भएको  जानकारी दिए।  आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको प्रवक्ता कार्कीले बताए। हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको उनले बताए। पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन्। प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन्।अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको उनले बताए।घटना बुधबार बिहान ४ बजेतिर भएको हो। थाहा खबर बाट साभार
Read More
कञ्चनपुरको भीमदत्तमा ऐलानी जग्गा नापजाँच

कञ्चनपुरको भीमदत्तमा ऐलानी जग्गा नापजाँच

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ। वषौँदेखि भूमिहिन, सुकुम्वासी रहेका नागरिकलाई जमिनको मालिक बनाउन ऐलानी जमिन नाप्न सुरु गरिएको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले जानकारी दिए। 'नगरप्रमुखबाट भूमिको कामकाज बढाउन दिएको निर्देशन आएपछि यस अघि वडा कार्यालयमा विवरण भरेका अव्यवस्थित बसोबासी नागरिकको जमिन नाप्न सुरु गरिएको हो', अध्यक्ष बोहराले भने, 'पहिला अव्यवस्थित बसोबासीको जमिन नापी हुन्छ। त्यसपछि भूमिहिन दलित र भूमिहिन सुकुमवासीका लागि खोजी हुन्छ।' उनले  वडामा भूमिहिन दलिततर्फ १३, सुकुम्वासी तर्फ तीन र अव्यवस्थित बसोबासी तर्फ तीन सय १८ जनाले फाराम भरेको जानकारी दिए। भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद…
Read More
रवि नभएपछि डीपी र स्वर्णिम रास्वपाको ‘कमान्डर’

रवि नभएपछि डीपी र स्वर्णिम रास्वपाको ‘कमान्डर’

सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दा लम्बिने निश्चित भएपछि पार्टीभित्र जिम्मेवारी हेरफेरको प्रारम्भिक बहस सुरु भएको छ । लामो समययता रास्वपाका मुख्य पद ‘कार्यकारी जिम्मेवारी’का भरमा छन् । पछिल्लो पटक पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेको तर्फबाट थुना बाहिरै रहेर मुद्दा लड्न गरिएको माग सर्वोच्च अदालतले अस्वीकार गरेसँगै पार्टीभित्र नेताहरूको जिम्मेवारी हेरफेरको बहस सुरु भएको नेताहरू स्विकार्छन् । हाल रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारीमा डोलप्रसाद अर्याल (डीपी) छन् भने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन् । त्यस्तै कार्यवाहाक प्रवक्ता मनिष झा छन् । यसअघि पार्टी सभापति र संसदीय दलको नेताको हैसियतमा लामिछाने रहेका थिए । सर्वोच्चको पछिल्लो…
Read More
स्वार्थ समूहको दबाबले कमोडिटी एक्सचेन्ज अन्योलमा, लाइसेन्स वितरणमा बेवास्ता

स्वार्थ समूहको दबाबले कमोडिटी एक्सचेन्ज अन्योलमा, लाइसेन्स वितरणमा बेवास्ता

काठमाडौँ   । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १८ वर्षअघि वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालन गर्ने घोषणा गरेको थियो । यद्यपि अहिलेसम्म बोर्डले कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउन सकेको छैन । धितोपत्र बोर्ड नै धितोपत्र बजार र कमोडिटी बजारको नियमनकारी निकाय हो । बोर्डले हाल धितोपत्र बजारको नियमन गर्दै आए पनि कमोडिटी बजारलाई नियमनको दायरामा ल्याउन नसकेको हो । कमोडिटी बजारको नियमन गर्न बोर्डले वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ बनाएको छ । ऐन बनेको सात वर्षमा समेत कार्यान्वयनमा ल्याउन बेवास्ता भइरहेको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐन २०७४ को प्रस्तावनामा वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा…
Read More
कृषि उत्पादनलाई बजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका

कृषि उत्पादनलाई बजारीकरण गर्दै शुक्लाफाँँटा नगरपालिका

धनगढी: शुक्लाफाँँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका व्यावसायिक खेतीमा संलग्न किसानलाई बजारसँग जोड्न आवश्यक कार्य अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, अन्न, फलफूल, बेसारलगायतको बजारीकरण गर्न किसानसँग सुझाव सङ्कलन गरेको छ। मध्यवर्ती क्षेत्रअन्तर्गतको शुक्लाफाँटा नगरपालिकाको त्रिशक्ति र सुनदेवी उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने किसान, तरकारी व्यापारी, एग्रोभेट सञ्चालकलगायतसँग छलफल गरी उत्पादित कृषिजन्य वस्तुको बजारीकरण गर्दा आइपर्ने समस्या पहिचानको काम गरिएको हो। मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले किसानले उत्पादन गरेका तरकारीले बजार मूल्य नपाउँदा खेर गइरहेको बताए। 'किसानले मेहेनत गरी तरकारी उत्पादन गर्छन्, बजार पाइँदैन मर्कामा छन', उनले भने। उनका अनुसार बिना विषादी परीक्षण नगरीकनै भारतीय तरकारी सस्तोमै…
Read More
मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा

मुम्बईलाई हराउँदै पञ्जाब आईपीएलको पहिलो क्वालिफायरमा

धनगढी  : पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई गएरुाति ७ विकेटले‌ हराउँदै पञ्जाबले शीर्ष २ मा‌ लिग चरणको अन्त्य गरेको हो।   १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ बलमा ९ चौका र २ छक्काले ६२ रन बनाए। जोसले ४२ बलमा ९ चौका र ३ छक्काका साथ टोलीका लागि सर्वाधिक ७३ रन जोडे। प्रभासिमरन सिंहले १३ रन बनाए । कप्तान श्रेयस एय्यरले १६ बलमा १ चौका र २ छक्कासहित नटआउट २६ रन बनाए।…
Read More
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी,कर्मचारी पुनः आन्दोलित

स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय सेवा गठन तथा संचालन सम्बन्धी कानुन माग्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुमा तालाबन्दी गरिएको छ । स्थानीय तह प्रदेश कर्मचारी संघर्ष समितिको आह्वानमा आजबाट सबै स्थानीय तहको अत्यावश्यकबाहेकका कामकाज ठप्प पारिएको छ । ऐन विधायन तथा प्रदेश मामिला समितिले पठाएको प्रतिवेदन अनुसार हुबहु पास गर्नुपर्ने भन्दै उनीहरूले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका छन् । यसअघि पनि उनीहरूले ऐन हुबहु पास गर्नुपर्ने भन्दै दुई सातासम्म आन्दोलन गरेका थिए । स्थानीय सेवा कर्मचारी प्रदेश सङ्घर्ष समितिका संयोजक झलक दौल्यालले माग पूरा नभएपछि फेरि आन्दोलनमा…
Read More
झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

झडप अपडेट : शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्।   बिजुलीबजार-नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपकम ३६ जना शिक्षक, ५ प्रहरी र १ पत्रकार घाइते भएका हुन्। आन्दोलनको क्रममा घाइते भएकाहरुलाई काठमाडौँका विभिन्न अस्पतालमा लगिएको छ। शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरासमेत हानेको थियो। माइतीघर मण्डलाबाट बिहान ११ बजे विरोध जुलुस सुरु भएको थियो। शिक्षकहरु आज २६औँ दिनको आन्दोलनमा सडकमा थिए।थाहा खबर बाट साभार
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×