धनगढी न्यूज

Breaking News 2

संसदमा रास्वपाको अवरोध कायमै, बैठक स्थगित

संसदमा रास्वपाको अवरोध कायमै, बैठक स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि सदनमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको हो । मंगलबार बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय सभामुखले दिए । धारणा राख्दै उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीले देशको शिर अन्तर्राष्ट्रिय स्तरमै निहुरिएको धारणा राखिन् । साथै उनले यसमा छानबिन गर्न आफूहरूले माग गर्दा रोष्ट्रमबाट धम्क्याइएको भन्दै आत्ति पनि जनाइन् । त्यहीबिचमा सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापति जनाए। उनले मानव तस्करीविरुद्ध विरोध गर्न रास्वपा सांसदले…
Read More
असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

काठमाडौँ : असार ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ। सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिए।साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए। साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनका लागि आगामी असार ५, ६ र ७ गते तोकिएको सभामुख घिमिरेले जानकारी दिए।थाहा खबर बाट साभार
Read More
जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

काठमाडौं : ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ। जेब्रा क्रसिङको लाइन शुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ। ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचना पनि ठाउँठाउँमा टाँगिएका हुन्छन्। त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन्। जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ। जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी हेरिरहेका देखिन्छन्। अझ कुनै-कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै बस रोकेर यात्रु चढाएको समेत देखिन्छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख…
Read More
भूमे पर्व मनाउँदै मगर समुदाय

भूमे पर्व मनाउँदै मगर समुदाय

मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा। सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ। वर्षायामको सुरुवातसँगै खाद्यबालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ। पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्न भूमे पर्वको महत्त्व रहेको छ।थाहा खबर बाट साभार
Read More
राष्ट्रिय माध्यमिक विद्यालय सुखडको भवन निर्माणमा लापर्बाही, ढलान भत्काइयो

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको भवन निर्माणमा लापर्बाही, ढलान भत्काइयो

कैलाली : सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापर्बाही गरेको जनाइएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो।कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो। घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले ओपीसिको ठाउँमा पिपीसि सिमेन्ट प्रयोग भएको जानकारी पाउनासाथ अनुगमनमा गई निर्माणमा खटिएका लेबर मिस्त्री द्धारानै ढलान भत्काएको बताए। ढलानमा ओपीसि सिमेन्ट प्रयोग गर्न ठेकेदारलाई निर्देशन दिएको उनले बताए।सङ्घीय सरकारको…
Read More
गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी हुन्छ : माओवादी केन्द्र

गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी हुन्छ : माओवादी केन्द्र

शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्। उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसदमा बजेट प्रस्तुत गर्न दिएको बताए। उनले भिजिट भिसा प्रकरण बद्मासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए। उनले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई करेक्सन नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे। उनले आफूहरूका मागलाई हल गर्ने कुरा सरकारको रहेको उल्लेख गरे। थाहा खबर बाट साभार
Read More
सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने काम सरकारलाई ‘फलामको चिउरा’

सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने काम सरकारलाई ‘फलामको चिउरा’

पाँच लाखभन्दा कम बचत फिर्ता गर्न २५ अर्ब चाहिने, आइएमएफको चासो समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नु सरकारलाई 'फलामको चिउरा' सावित भएको छ।गत वर्षको बजेटमा अर्थमन्त्री वर्षमान पुनले बचतकर्ताको ५ लाख रूपैयाँसम्मको रकम फिर्ता गर्ने घोषणा गरेका थिए। उक्त घोषणा अनुसार मन्त्री पुनले रातो किताबमा कुनै बजेट छुट्ट्याएनन्।फलस्वरूप, सरकारले द्रुत गतिमा बचतकर्ताको रकम फिर्ताका लागि कुनै योजना बनाउन सकेन। घोषणाबाट उत्साहित भएका हजारौं बचतकर्ता निराश भए। समस्याग्रस्त सरकारी व्यवस्थापन समितिको कार्यालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ५४ हजार ५ सय ५५ बचतकर्ताले पैसा फिर्ता पाएका छैनन्। उनीहरूले फिर्ता पाउन बाँकी रकम नै ३८ अर्ब २५ करोड रूपैयाँ छ। यो केवल २३ वटा समस्याग्रस्त सहकारीको…
Read More
सुदूरपश्चिम प्रदेशको बजेट

सुदूरपश्चिम प्रदेशको बजेट

 उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन्। बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ। पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तोरन्नति गरिने बजेटमा भनिएको छ। पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरुपश्चिम प्रदेशका मध्ये तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीको खेती प्रवद्र्धन गर्न ८३ करोड बजेट विनियोजन गरिएको…
Read More
तीन वर्षमै बढ्यो देउवाको जोडबलमा घटाइएको वृद्धभत्ता पाउने उमेर

तीन वर्षमै बढ्यो देउवाको जोडबलमा घटाइएको वृद्धभत्ता पाउने उमेर

सरकार अन्तत: तीन वर्षमा नै वृद्धभत्ता दिने उमेर बढाउन बाध्य भएको छ। यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता पाउन योग्य मानिएकोमा अब ७० वर्ष कायम गरिएको छ।वृद्धभत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमहरूमा सरकारको लागत निरन्तर बढेको भन्दै सरोकारवालाहरूले ध्यानाकर्षण गराइरहेको सन्दर्भ नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले चुनावको पूर्वसन्ध्यामा भत्ता बढाउने र उमेर घटाउने काम गरेका थिए। आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने क्रममा  तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता ३३ प्रतिशतले बढाएर चार हजार पुर्‍याएका थिए। त्यसै समयमा एमालेले ५ हजारसम्म वृद्धभत्ता पुर्‍याउने प्रचार गरेको थियो।त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो। ओलीलाई चुनौती दिँदै देउवा वृद्धभत्ता उमेर…
Read More
यस्तो छ आव २०८२/०८३ को बजेट [पूर्णपाठ]

यस्तो छ आव २०८२/०८३ को बजेट [पूर्णपाठ]

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ।   अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार उक्त बजेट पेस गरेका हुन्। थाहा झाबर बाट साभार
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×