धनगढी न्यूज

Breaking News 2

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

जनता समाजवादी पार्टी नेपालले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय समिति बैठकले सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देशन दिएको छ।‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। बैठकले आगामी भदौ २५, २६ र २७ गते गर्ने पार्टी प्रदेश अधिवेशनका लागि पार्टीको प्रदेश निर्वाचनसम्बन्धी निर्देशिका…
Read More
अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम १३ औं नगर सभाबाट असार ७ गते पारित भएको हो। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि दुई जना दलित अभियानकर्ताको नाममा छात्रवृत्ति दिने भएको छ। धनगढीका दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको नाममा छात्रवृत्ति योजना सुरू हुने भएको हो। नगर सभाबाट पारित भएको वार्षिक नीति तथा कार्यक्रममा दलित अभियन्ता जुठे दमाई योजना छात्रवृत्ति तथा दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति योजना घोषणा गरिएको छ। यी दुबै छात्रवृत्ति योजना अन्तर्गत धनगढीमा स्थायी बसोबास भएका दलित समुदायका छात्राहरूलाई स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति दिइने छ।…
Read More
शिक्षामा स्थानीय तहकाे नीति : स्कुललाई ‘शैक्षिक मन्दिर’मा विकास गरिने, अन्य के-के छन् ?

शिक्षामा स्थानीय तहकाे नीति : स्कुललाई ‘शैक्षिक मन्दिर’मा विकास गरिने, अन्य के-के छन् ?

काठमाडौँ : स्थानीय तहहरूले असार १० गतेभित्र आव २०८२।८३ नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने व्यवस्थासँगै धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न थालेका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। यही व्यवस्थाअनुसार ललितपुर महानगरपालिका,भरतपुर महानगरपालिका, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका, अछामको रामारोशन गाउँपालिकाले आव ०८२।८३ को नीति तथा कार्यक्रम र…
Read More
जलस्रोत विधेयकको ‘बाँधको सुरक्षा निर्माण कम्पनीले गर्ने’ वाक्य प्रधानमन्त्रीले नबुझेपछि…

जलस्रोत विधेयकको ‘बाँधको सुरक्षा निर्माण कम्पनीले गर्ने’ वाक्य प्रधानमन्त्रीले नबुझेपछि…

काठमाडौँ । असार २ गते सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘जलस्रोत विधेयक, २०८१’ लाई फिर्ता लिने निर्णय गरेको सञ्चारमाध्यमहरूमा खबर आयो । तर, विधेयक कसको प्रस्तावमा किन फिर्ता भयो भन्ने जानकारी सरोकारवाला निकाय कसैले दिएनन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट पारित भइसकेको जलस्रोत विधेयकको दफा ३० (१) मा रहेको वाक्यांशबारे चासो राखेका थिए । त्यो उपदफामा बाँधको सुरक्षा सुनिश्चित गर्ने प्राथमिक दायित्व बाँध सञ्चालकको हुने प्रावधान उल्लेख छ । उपदफामा बाँधको सुरक्षा शीर्षकमा लेखिएको छ, ‘बाँधको निर्माण र सञ्चालनको लागि त्यस्तो बाँधको सुरक्षा सुनिश्चित गर्ने प्राथमिक दायित्व र जिम्मेवारी बाँध सञ्चालकको हुनेछ ।’ बाँध निर्माण गर्ने…
Read More
११ महिनामै साढे २ खर्बको सामान विदेशी बजारमा, यस्ता छन् धेरै निर्यात हुने १५ वस्तु

११ महिनामै साढे २ खर्बको सामान विदेशी बजारमा, यस्ता छन् धेरै निर्यात हुने १५ वस्तु

चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ। २०८१ साउन महिनादेखि २०८२ जेठसम्मको अवधिमा करिब साढे २ खर्ब (२ खर्ब अर्ब ४७ अर्ब) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो ७ महिनादेखि निर्यातमा उच्च वृद्धि छ। पछिल्ला चार महिनामा मात्रै एक खर्ब २१ अर्ब रूपैयाँको निर्यात भएको छ। अघिल्लो करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला सात महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको दुई खर्ब तीन करोड…
Read More
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार

पोखरा । पर्यटनको राजधानी पोखरामा होटल व्यवसाय सञ्चालन भइरहेका अधिकांश घरले महानगरबाट नक्सापास लिएका छैनन् । नक्सापासविना होटल चलाउनेहरूमा प्रतिष्ठित र ठुला होटलसमेत छन् । कतिपयले स्वीकृति नलिएको प्रस्टै पुष्टि हुन्छ भने कतिपयको तथ्याङ्क महानगरमा छैन । महालेखा परीक्षकको प्रतिवेदनले २० वटा होटलको नाम नै उल्लेख गरेर नक्सापास नभएको देखाएको हो ।यसरी नक्सापास नलिनेमा फिस्टेल लजदेखि होटल एलो प्यागोडा, फूलबारी होटलसम्म छन् । टेम्पल ट्री रिसोर्ट, कुटी रिसोर्ट, बरपिपल रिसोर्ट, रानीवन रिट्रिट जस्ता होटलको तथ्याङ्क नै महानगरमा छैन । यस्तै, वाटर फ्रन्टले समेत नक्सापास स्वीकृति लिएको छैन ।होटल ग्लासियर, ल्याण्डमार्क, क्लव इन्फिनिटी, हिमालय होम्सदेखि होटल तुलसी, स्तुपा, स्नोल्याण्ड, ड्रागन, फेवा…
Read More
यस्तो छ हनुमानढोका प्रहरी कार्यालयको हाल। 

यस्तो छ हनुमानढोका प्रहरी कार्यालयको हाल। 

काठमाडौं : कुनैवेला हनुमानढोका भन्नेबित्तिकै मानिस प्रहरी कार्यालय सम्झिन्थे।  कसैलाई डर देखाउनुपर्‍यो भने ‘हनुमानढोकामा भेटौँला’ भनेको सुनिन्थ्यो ।   हुन पनि प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा रहेको त्यो कार्यालय कामको चापका दृष्टिले प्रहरीको हेडक्वार्टर जस्तै थियो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायर परिसरमा रहेको प्रहरी कार्यालयमा मानिसको घुइँचो थेगिनसक्नु हुन्थ्यो। २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो। त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ। भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा बनेको यो कार्यालयमा रातो स्टिकर लगाइएको छ। स्थानीय र पुरातत्त्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला…
Read More
बाढी पहिरोले देशका ११ सडक अवरुद्ध (सूचीसहित)

बाढी पहिरोले देशका ११ सडक अवरुद्ध (सूचीसहित)

काठमाडौँ । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे फेसबुकमार्फत दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् । कहाँ–कहाँ अवरुद्ध सूची हेर्नुहोस्:-रातोपती बाट साभार
Read More
राजनीति दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?

राजनीति दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?

काठमाडौँ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्षबिच दुई बुँदे सहमति भए पनि संसद्को अवरोध हट्न सकेको छैन । यस प्रकरणमा माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित १८ दिनसम्म संसद् बैठक अवरुद्ध गरेको थियो । जेठ ३० गते पूर्वअडानबाट पछि हटेर सहमति गरेको माओवादीले आफ्नो पछिल्लो निर्णयको बचाउ गर्दै आएको छ । अघिल्लो सरकार ढलेपछि प्रचण्डलाई साथ दिँदै आएको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने माओवादीमाथि धोका दिएको आरोप लगाएको छ । विपक्षी मोर्चामा नरहे पनि संसद्को मोर्चामा माओवादीलाई साथ दिँदै आएको राप्रपाले माओवादीमाथि सत्तासामु आत्मसमर्पण गरेको…
Read More
मेयर र उपमेयरका समर्थक आमनेसामने हुँदा धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त

मेयर र उपमेयरका समर्थक आमनेसामने हुँदा धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त

मेयर हर्क साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरू आमनेसामने हुँदा अहिले धरान उपमहानगरको कार्यालय परिसर तनावग्रस्त बनेको छ। धरान–१७ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले दिएको जानकारी अनुसार मेयरका समर्थकहरूले उपमेयरमाथि हुलहुज्ज्त गर्न खोजेका थिए। लगत्तै उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरू पनि उपमहानगर परिसरमा भेला भएका थिए। दुबै समूह ठूलो संख्यामा कार्यालयमा भेला भएर नाराबाजीसमेत गरिरहेको छ। ‘हर्क साम्पाङका समर्थकहरू खुकुरीसहित आएर उपमेयरमाथि हमला गर्ने प्रयासमा लाग्दा हाम्रा समर्थकहरू पनि आउने नै भए,’ प्रवक्ता भट्टराईले भने, ‘अहिले मेयरले निम्त्याएको अराजकताले नगर परिसर तनावग्रस्त छ।’ उपमहानगरमा सोमबारदेखि नै यस्तो भइरहेको थियो। नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बैठक चलिरहेका बेला मेयर साम्पाङका समर्थकहरु ठूलो संख्यामा…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×