10
Mar
धनगढीः यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष तीन लाख आम्दानी लिएको बताए। उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए। ४० क्विन्टल आलु उत्पादन गरेका उनले भने 'अझै २० क्विन्टल आलु बेच्न बाँकी छ। यस वर्ष आलु राम्रो फलेको थियो। समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो। प्रतिकिलो एक सय ५० मा बिक्री गरियो। उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन। उनले तरकारी खेती समेत गर्ने…






