धनगढी न्यूज

Breaking News 2

भारतमा छात्राको रहस्यमय मृत्युः राष्ट्रियसभाले गरायो सरकारको ध्यानकर्षण

भारतमा छात्राको रहस्यमय मृत्युः राष्ट्रियसभाले गरायो सरकारको ध्यानकर्षण

काठमाडौँः राष्ट्रियसभाले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रियसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले लम्सालको रहस्यमय मृत्युका बारेमा प्रश्न उठाएपछि अध्यक्ष नारायण दाहालले सभाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’ साथै उनले कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन्। दलम्सालको सोमबार मृत्यु भएको थियो।दिनेश खबर बाट साभार  
Read More
बाजुरामा अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा

बाजुरामा अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा

बाजुराः बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएको छ। गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उनले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाइ गर्न थालेकी छिन्। गाउँमा अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ हुन थालेको गौमूल गाउँपालिका–४, विजय ढुङ्गाकी किसान पारू रोकायाले बताइन्। उनले भनिन्, 'पहिला गाउँमा भएको जमिनमा अन्नबाली लगाउने गरेको थिएँ। त्यसबाट पेट पाल्नै सकस भएको थियो।' अहिले सुन्ताल बिक्री गरेर वार्षिक दुई/चार लाख आम्दानी हुन थालेपछि घरपरिवार सुखले पालिने गरेको रोकायाले बताइन्। रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गरेकी थिईन्। गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उनले त्यो…
Read More
धनगढीको फूलबारीमा गौशाला उद्घाटन, १५० पशुकाे व्यवस्थापन गरिने

धनगढीको फूलबारीमा गौशाला उद्घाटन, १५० पशुकाे व्यवस्थापन गरिने

धनगढी : कैलालीस्थित धनगढीको फूलबारीमा गौशालाको उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा निर्माण गरिएको गौशालाको उद्घाटन गरिएको हो। एक करोड २० लाख बढीमा निर्माण गरिएका गौशालाका संरचनाहरू प्रदेश सभा सदस्य धर्मराज पाठकले आइतवार उद्घाटन गरेका हुन। धनगढी उपमहानगरपालिका–१६ रामपुर र १८ फूलबारीमा गौशाला निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। धनगढी उपमहानगरपालिकाको एक करोड २० लाख ९ हजार ६ सय ५५ रुपैयाँ आन्तरिक स्रोतबाट फूलबारीमा गौशाला निर्माणको काम भएको हो। फूलबारीमा गौशालाको २ वटा ट्रस निर्माणको काम उपभोक्ता समितिले गरेको छ। ६० लाख ८९ हजार पाँच सय ९६ रुपैयाँमा २ वटा ट्रस निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिकाले ४९ लाख ९१ हजार नौ सय…
Read More
अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो। फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए। डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश…
Read More
लागुपदार्थको कुलतमा नफसौँ : परराष्ट्र मन्त्री देउवा

लागुपदार्थको कुलतमा नफसौँ : परराष्ट्र मन्त्री देउवा

धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदल यात्रा गरिएको छ। “लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री आर्जु राणा देउवाले लागू औषध दुव्र्यसन फस्नु भन्दा अगाडी आफ्ना आमाबुवाको मुहार हेर्न आग्रह गरेकी छिन्। नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि लागू औषध दुव्र्यसन गम्भीर समस्या बनेको परिप्रेक्ष्यमा परराष्ट्र मन्त्री राणाले युवाहरुलाई लागू औषधको प्रयोगबाट टाढा रहन आग्रह गरेकी छिन्। उनले बाल्यकालमै लागू औषधको असर देखेको अनुभव स्मरण गर्दै भनिन्, “जब म स्कुल पढ्दै थिएँ, लागू औषधको कारणले मेरा तीन…
Read More
कैलालीमा एक जनाको अटोमा आगलागी

कैलालीमा एक जनाको अटोमा आगलागी

धनगढीः कैलालीमा एक जनाको अटोमा आगलागी भएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटाका सुरेश बोहराको अटोमा आगलागी भएको हो। आफ्नै होटेल अगाडि पार्किङ गरी राखेको से १ ह २५१२ नम्बरको अटोमा बुधवार राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।दिनेश खबर बाट साभार  
Read More
भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

भारतले बेला बेला गरिरहेको जमिन अतिक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) सुदूरपश्चिम समितिले जनाएको छ । यही माघ २० गते कंचनपुर जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नं. ८ धामी टोलमा नेपाली नागरिकको दर्ता जमिनलाई भारतिय सहितको टोलीले ट्याक्टर लगाई अतिक्रमण गरेको थियो । उक्त अतिक्रमणका विरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलनप्रति पार्टीको समर्थन रहेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीले राष्टियता विरुद्ध हुने हर्कतका विरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण देशप्रेमी जनसमुदायलाई अपील समेत गरेको छ । त्यस्तै पार्टीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट विरोधी हर्कत रोक्नन र कुटनैतिक रुपमा समस्या समाधान गर्न अनुरोध गरेको भरत सी…
Read More
धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

धनगढी : कैलालीको धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी सडकमा मापदण्ड विपरीत नाली निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता मार्फत सुरु गरेको नाली निर्माणको काममा लापर्बाही गरिएको छ। नाली निर्माण गर्दा स्वइलिङ्ग नगरेको भन्दै स्थानीय युवाहरूले रोकेका छन्। उनीहरूले इस्टिमेट विपरीत काम भएको भन्दै विरोध गरेका हुन। स्थानीय युवा सौरभ सत्यालले कोष तथा लेखा नियन्त्रणको कार्यालय अगाडीको क्षेत्रमा सडकको नाली निर्माणमा लापर्बाही गरिएको बताए। उनले भने, ‘आधा नाली स्वइलिङ्ग गरेको छ। केही क्षेत्रमा ठग्ने काम भएको छ। माटोमा मसला खसालिएको छ। नाली निर्माण गर्ने काम भएको छ।…
Read More
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

धनगढी: सुदूरपश्चिमका स्थानीय तहहरूका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने भएको छ। प्रदेश सभाले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारेको हो। विज्ञापन दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिबाट पारित गरिएको छ। प्रदेशसभाको दसौँ अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो। २८ वटा बैठकमा यससम्बन्धी छलफल गरेर समितिले तयार गरेको प्रतिवेदन मङ्गलवार पारित गरिएको हो। विज्ञापन सुदूरपश्चिमका सबै जिल्लाबाट सुझाव सङ्कलन गरेर पुस २१ गते ९ वटै जिल्लाका प्रमुखसँग पनि दफावार छलफल गरिएको थियो। ती सबै छलफललाई आधार बनाएर तयार गरिएको…
Read More
प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

काठमाडौं : सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन, संसदमा लगिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तारूढ दलका नेताहरुले फरक–फरक अभिव्यक्ति दिइरहेका छन्। विपक्षी दलहरुले विरोध गरिरहेका बेला सत्तापक्षको समान धारणा बनाउने प्रयास गर्न लागिएको हो। सरकारमा हाल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी सहभागी छन्। रासस
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×