धनगढी न्यूज

रौतहटमा वृद्धको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

आफ्नो घरमा सुतेका महतोको गौरस्थित झोलुङ्गे पुलको दक्षिणपट्टी धान खेतमा आज विहान शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो ।

महतोको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×