Skip to main content

धनगढी न्यूज

Month: May 2024

प्रदेशमाथि काठमाडौंको छिर्के : संघीयतासँग बदला लिंदै सिंहदरबार

प्रदेशमाथि काठमाडौंको छिर्के : संघीयतासँग बदला लिंदै सिंहदरबार

राजनीतिक निर्णयमा मात्रै होइन, आर्थिक र प्रशासनिक रूपमा समेत प्रदेश तहलाई कामै गर्न नसक्ने गरी कजाएर राखिएको छ । ‘प्रदेशको कामै छैन’ भन्ने भाष्य बनाउन प्रधानमन्त्री, मन्त्री र सांसदहरूकै भूमिका निर्णायक छ, कसरी ? २८ वैशाख, काठमाडौं । २१ फागुन २०८० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहितको सत्ता गठबन्धन बनाए लगत्तै प्रदेशहरूमा पनि सत्ता गठबन्धन र सरकार बदल्न दौडधुप सुरु भइहाल्यो । प्रदेशले राम्ररी रुचि नराख्दै संघीय राजधानी काठमाडौंबाटै प्रदेश सरकार फेर्ने गृहकार्यको थालनी भयो । प्रदेशका सरकार बदल्न अनुकूल अवस्था बनाउन २८ फागुनमा संघीय मन्त्रिपरिषद् बैठकले कांग्रेस निकटका मधेश, गण्डकी…
Read More
राजनीतिमाथि पैसाको शासन

राजनीतिमाथि पैसाको शासन

गैरकानुनी आर्जन नहुनेहरू चुनाव लड्नै नसक्ने अवस्था निर्माण भएको छ । महँगो चुनाव प्रणालीमा लोकतन्त्रमाथि कसरी पैसा हावी हुन्छ भन्ने दृष्टान्त दलका पहुँचहीन नेता, कार्यकर्ताको विवशताबाट थाहा पाइन्छ । ४ जेठ, काठमाडौं । २०७० सालमा रामकुमार भट्टराईले नेकपा (एमाले) बाट रौतहट (क्षेत्र नं. ४) बाट चुनाव जिते । २०७४ को चुनावमा पनि उनले चाहँदा टिकट पाउँथे । तर, चुनावमा उठ्न उत्साहित भएनन् । किनभने अघिल्लो चुनावमा लागेको एक करोड रुपैयाँ ऋण तिरिसक्न बाँकी नै थियो । ‘हेटौंडामा पुख्र्यौली सम्पत्ति एउटा घर थियो । त्यो बेचेर चुनावमा लागेको ऋण तिरें । अब २०७४ मा फेरि चुनावमा उठ्यो भने पहिलेभन्दा पनि धेरै…
Read More
एमबिबिएसको पढाई  सुरु गर्ने  तयारी तीव्र  पारेका छाै मन्त्री:पुन

एमबिबिएसको पढाई सुरु गर्ने तयारी तीव्र पारेका छाै मन्त्री:पुन

घाेराही दाङ / लुम्बिनी प्रदेश सरकारका स्वास्थ मन्त्री दिपेन्द्र कुमार पुनले प्रतिष्ठानले एमडी पढाई सुरु गरिसकेको र एमबिबिएसको पढाई पनि सुरु गर्ने गरी आफ्नोतर्फबाट तयारी तीव्र तयारी गरेको र छिट्टै संचालन आउने बताउनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । विहीवार एक कार्यक्रमका बिच प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साललाई अत्याधुनिक मेसिन हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा मन्त्री पुनले मेसिनको उद्घाटन गर्नु भएको थियो । उहाँले अस्पतालको ओपिडी, इमरजेन्सी, सर्जरीलगायत विभिन्न विभागहरुको समेत स्थलगत अवलोकन गर्नुभयो । अवलोकनपछि प्रतिष्ठानमा आयोजित कार्यक्रममा…
Read More
नेपाली राजनीतिका तीन धारा र प्रवृत्तिहरू

नेपाली राजनीतिका तीन धारा र प्रवृत्तिहरू

दार्शनिक , राजनीतिक र साँस्कृतिक आधार र चरित्रको रुप बाट हेर्ने हाे भने नेपाली राजनीतिका तीन धारा र प्रवृत्तिहरु छन् । ती तीन धाराहरु भनेका पहिलो अग्रगामी धारा, दाेस्राे यथास्थितिवादी धारा र तेस्रो प्रतिगामी धारा हाे । यी तिनै धारा र प्रवृत्तिलाई निम्न अनुसार ब्याख्या र वर्गीकरण गर्न सकिन्छ १) अग्रगामी धारा :- याे धारा अन्तरगत कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी शक्तिहरु पर्दछन् । यसलाई प्रगतिशील वा क्रान्तिकारी धारा पनि भन्न सकिन्छ । याे धारा अन्तरगत नेकपा ( माओवादी केन्द्र ), नेकपा , क्रान्तिकारी माओवादी , नेकपा मसाल , नेकपा एमाले , एकीकृत समाजवादी , मजदुर किसान पार्टी लगाएतका पार्टीहरु पर्दछन्…
Read More
टि -२० मा सन्दिपलाई समावेश गर्नेवारे क्यान काे वैठक वस्दै

टि -२० मा सन्दिपलाई समावेश गर्नेवारे क्यान काे वैठक वस्दै

काठमाडौं :बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । ‘यो विषय हाम्रो प्राथमिकतामा नै थियो । हामी आज नै बोर्ड बैठक राख्छौँ । साँझसम्म यसबारे निर्णय गर्छौँ ’ संघका केन्द्रीय सदस्य दुर्गा पाठकले वताउनु भयाे ।  
Read More
मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत दिन एमालेकाे निर्देशन

मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत दिन एमालेकाे निर्देशन

धनगढी : नेकपा एमाले ले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् । उनका अनुसार पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ । ‘केन्द्रको निर्देशन विश्वासको मत दिने भनेर आएको छ । अव हामी दायाँबायाँ गर्दैनौँ’,साउँदले भनिन्, ‘उक्त दिन सबै सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुन समेत भनिएको छ ।’ यद्यपि उनले प्रदेश संसदीय दलको बैठक बसेर औपचारिक निर्णय भने गर्न बाँकी नै रहेको बताइन् ।सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको…
Read More
ताैल बढेर चिन्तित हुनुहुन्छ? के के हुनसक्छन् घटाउने उपायहरू?

ताैल बढेर चिन्तित हुनुहुन्छ? के के हुनसक्छन् घटाउने उपायहरू?

आधुनिक जीवनशैलीसंगै मानिसहरूमा मोटोपनाको समस्या बढ्दो क्रममा छ । विकसित राष्ट्रहरूमा मात्र नभई नेपाल जस्तो विकासन्मुख देशमा पनि यो समस्या गम्भीर रूपमा बढिरहेको देखिन्छ । मानिस स्वस्थ तथा निरोगी रहनको लागि आफ्नो तौल नियन्त्रणमा राख्न अति आवश्यक हुन्छ । मोटोपनाले विभिन्न रोग जस्तै मधुमेह , उच्चरक्तचाप ,मुटुरोग, दम , क्यान्सर,पित्तको पत्थरी ,हाडजोर्नीको समस्या आदि हुने जोखिम बढाउॅछ । अत्याधिक तौलका कारण महिला तथा पुरूषमा निसन्तापनको समस्या बढिरहेको देखिन्छ । बढ्दो तौलका कारण व्यक्तिहरूमा मानसिक समस्याहरू पनि उत्पन्न हुन सक्छ र मोटोपनाका कारण मानिसको आत्मविश्वासमा पनि कमि आउने गरेको पाईन्छ । मोटोपनाले यस किसिमका थुप्रै समस्या उत्पन्न गरी मान्छेको जिवनलाई कष्टदायक…
Read More
श्रीमानलाई  जाेगाउन जाँदा श्रीमतीको विधुतिय करेन्ट वाट मृत्यु

श्रीमानलाई जाेगाउन जाँदा श्रीमतीको विधुतिय करेन्ट वाट मृत्यु

सर्लाही : सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
Read More
माेटरसाईकल भेरि नदिमा खस्याे ; चालककाे मृत्यु ,माेटरसाईकल वेपत्ता

माेटरसाईकल भेरि नदिमा खस्याे ; चालककाे मृत्यु ,माेटरसाईकल वेपत्ता

सुर्खेत : छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज शनिबार बिहान सवा ७ बजे जाजरकोट र सुर्खेतको सिमाना छेडाबजार नजिकै नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। त्यसरी ठोक्किँदा नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो।उक्त मोटरसाइकल चालक रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ३० वर्षीय भुवन केसीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।नदीमा खसेको मोटरसाइकल हालसम्म फेला नपरेकाले नम्बर खुलेको छैन।मृतकको शव भने नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ।
Read More
अशान्तिको स्रोत निजी सम्पत्ति र सत्ता

अशान्तिको स्रोत निजी सम्पत्ति र सत्ता

एकैछिन कल्पना गर्नुहोस् त, अहिले तपाईंसँग निजि धन सम्पत्ति नहुने हो भने के हुन्छ ? तपाईंको बस्ने घर, खाने खाद्यान्न, जीउ ढाक्ने कपडा, बिरामी पर्दा। उपचार मात्र होइन छोराछोरी प्रतिको युग अनुसारको कर्तव्य र जिम्मेवारी पुरा गर्न पनि निजि सम्पत्ति आवश्यक छ। जतिखेर पनि जहाँ पनि चाहिने निजि सम्पत्तिको उत्पत्ति कसरी भयो ? पृथ्वीको उत्पत्ति भए जस्तै   निजि सम्पत्तिको पनि उत्पत्ति भयो कि मान्छेले आफै बनायो ? निजी सम्पत्तिको उत्पत्ति र पतन बारे बुझ्न विभिन्न सामाजिक  व्यवस्थाहरू र ती समाजका उत्पादनसम्बन्धहरूको बारेमा मसिनो गरि बुझ्न् आवश्यक हुन्छ। आजभन्दा दश लाख वर्ष पहिले मानिसको उत्पति भएसँगै मानव समाजको उत्पति पनि भयो।…
Read More