Skip to main content

धनगढी न्यूज

Month: November 2024

धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

धनगढीबाट एक बालकलाई नाका कटाउन खोज्ने व्यक्ति पक्राउ

धनगढीः कैलालीको धनगढीस्थित त्रिनगर–गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीय नागरिकलाई बालकसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नागरिक सलिम खान पक्राउ परेका हुन्। उनी धनगढी उपमहानगरपालिका–३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका कटाउन खोज्दा पक्राउ परेका हुन्। मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आंशकामा खानलाई प्रहरीले नियन्त्रणमा छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले ती व्यक्ति र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको बताए। ती व्यक्तिले बयान फेर्दै गएकाले यही नै कारण हो भनेर एकीन भइनसकेको…
Read More
टिकटक र भाइबर नेपालमा दर्ता, मेटा र एक्स मानेनन् भने के कारबाही होला?

टिकटक र भाइबर नेपालमा दर्ता, मेटा र एक्स मानेनन् भने के कारबाही होला?

नेपालमा नौ महिना लामो प्रतिबन्धको सामनासमेत गरेको टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा औपचारिक रूपमा सूचीकृत भएसँगै अन्य सामाजिक सञ्जालहरूले के गर्लान् भन्ने चासो व्यक्त भइरहेको छ। 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' अनुसार त्यस्ता प्लेटफर्म सञ्चालकले अनिवार्य रूपमा मन्त्रालयमा सूचीकरण गराउनुपर्ने व्यवस्था छ। हालसम्म नेपालमा टिकटकसहित तीनवटा सामाजिक सञ्जाल तथा एपहरू मात्र सूचीकृत भएको अधिकारीहरूले जानकारी दिए।गत मङ्गलवार टिकटक आधिकारिक रूपमा सूचीकृत हुनुअघि भाइबर र वीटक सूचीकृत भएका थिए। यद्यपि नेपालमा प्रयोग भइरहेका सामाजिक सञ्जाल तथा सर्च इन्जिनलगायतका कैयौँ प्रविधि कम्पनीहरू कर प्रणालीमा भने यसअघि नै दर्ता भइसकेको अधिकारीहरू बताउँछन्। तीन वर्षअघिको बजेटमार्फत् सरकारले त्यस्ता प्रविधि कम्पनी सञ्चालकहरूलाई…
Read More
छठको समापनः उदाउँदो सूर्यलाई अर्घ्य

छठको समापनः उदाउँदो सूर्यलाई अर्घ्य

धनगढीः कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज (शुक्रबार) अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ। कैलालीको धनगढीको मोहना नदी घाट , अत्तरियाको गोदावरी नदी घाट लगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठको बिदाइ गरिएको हो। देशभर बौद्धस्थित बागमतीघाट, पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटसँगै तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै समापन गरिएको छ। छठको मुख्यदिन बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। यसपछि उनीहरू रातभर छठघाटमै जाग्राम बसेका थिए। छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै…
Read More