Skip to main content

धनगढी न्यूज

Day: March 27, 2025

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले विज्ञप्ति निकालेर समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो । प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको छ । आयोगले काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाण्डाै र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्नसमेत निर्देशन दिनुभएको…
Read More
गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट शल्यक्रिया

धनगढीः कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको सफल शल्यक्रिया भएको छ। धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो। ती बिरामीलाई सेती प्रादेशिक अस्पताल धनगढीबाट रेफर गरिएको थियो। गेटा अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार गिरीको घुँडाको एसिएल इन्जुरीको शल्यक्रिया गरिएको हो। अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा.मोहन नाथ र मोहनचन्द्र जोशी तथा एनेस्थेसिया विशेषज्ञ डा.आशीष तिवारी र ओटी नर्सहरु रोशिना शाही, रेबिका विष्टको समूहले दूरबिन प्रविधिबाट शल्यक्रिया गरेको हो। सेती प्रादेशिक अस्पतालबाट काठमाडौं रेफर गरिएपछि काठमाडौं या भारत कता जाने भन्ने सल्लाह गरिरहेका बेला गेटामा त्यो उपचार सम्भव भएको जानकारी पाएपछि गेटामै उपचार गराएको गिरीले बताए। उनी…
Read More
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा चर्चित गायक एवं परफमर दुर्गेश थापाले प्रस्तुति दिने

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा चर्चित गायक एवं परफमर दुर्गेश थापाले प्रस्तुति दिने

धनगढी : १९ चैतमा कैलालीको धनगढीमा हुने छैठौं संस्करणको एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा गायक दुर्गेश थापाले प्रस्तुति दिने भएका छन् । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अनुसार गायक थापाले अवार्ड कार्यक्रममा प्रस्तुति दिने तय भएको हो । थापा पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्‍यै’को कारण चर्चामा छन् । उनको यो गीत युट्युबलको ग्लोबल ट्रेन्डिङमा समेत परेको छ । चैत १९ गते धनगढी रंगशालामा हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिनेमा वर्ष खेलाडी महिला, सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र…
Read More