Skip to main content

धनगढी न्यूज

Day: June 16, 2025

असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

काठमाडौँ : असार ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ। सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिए।साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए। साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनका लागि आगामी असार ५, ६ र ७ गते तोकिएको सभामुख घिमिरेले जानकारी दिए।थाहा खबर बाट साभार
Read More
‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कमिसन आउने योजना मात्र प्राथमिकताका साथ सार्वजनिक गरेको आरोप लागेको छ। प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारले सार्वजनिक गरेको कार्यक्रमहरू कमिसनमा बिक्री भएका भन्दै आलोचना गरेका हुन्। सुदूरपश्चिम सरकारले आइतवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम समृद्धिको दिशाभन्दा पनि राजनीतिक सन्तुलन र कार्यकर्ता व्यवस्थापनमा केन्द्रित रहेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले प्रदेश सकारले ल्याएको बजेटको कडा आलोचना गरेको छ। माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल)ले बजेट कार्यान्वयन गर्न नसकिने गरी ल्याइएको बताए। उनले स्रोत सुनिश्चित नभएको, सिद्धान्त र दीर्घकालीन योजना नभएको, २५ लाखभन्दा कमको…
Read More
धवल शमशेर अदालतमा उपस्थित

धवल शमशेर अदालतमा उपस्थित

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।  यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । २०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।रतोपती बाट साभार
Read More
जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

काठमाडौं : ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ। जेब्रा क्रसिङको लाइन शुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ। ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचना पनि ठाउँठाउँमा टाँगिएका हुन्छन्। त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन्। जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ। जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी हेरिरहेका देखिन्छन्। अझ कुनै-कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै बस रोकेर यात्रु चढाएको समेत देखिन्छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख…
Read More
शुक्लाफाँटामा सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

शुक्लाफाँटामा सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण

कञ्चनपुरः सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि नगरपालिकाले उच्च प्राथमिता दिएको छ। यसैक्रममा शुक्लाफाँटा–११ कलुवापुरमा निः शुल्क रगत परीक्षण आयोजना गरिएको छ। निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ। ती मध्ये १४ जनामा सिकलसेलको ट्रेट (वाहक) फेला परेको छ। सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए। उनका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँचजना पुरुष रहेका छन। 'छ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ' उनले भने, 'यस अघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल…
Read More