Skip to main content

धनगढी न्यूज

Day: October 31, 2025

अपडेट : मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

अपडेट : मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।अन्लाईन खबर बाट साभार
Read More
के विदेश बस्ने नेपालीका लागि दूतावासहरूले भोट हाल्ने व्यवस्था मिलाउन सक्छन्?

के विदेश बस्ने नेपालीका लागि दूतावासहरूले भोट हाल्ने व्यवस्था मिलाउन सक्छन्?

विदेशमा भएका नेपालीलाई मताधिकार विदेशमा भएका नेपालीहरूलाई मतदानको अधिकार व्यवस्था गर्न सकिने/नसकिनेबारे सरकारले विभिन्न मुलुकमा रहेका दूतावासहरूसँग राय तथा सुझाव मागेको छ। परराष्ट्र मन्त्रालयले दूतावासहरूलाई पत्र पठाएर विदेशबाट मतदानको सम्भावनाबारे सोधेको हो। मन्त्रालयले अहिले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गर्नेबारे अध्ययन गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सेतोपाटीलाई बताए। केही दूतावासले यस विषयमा जबाफ समेत पठाइसकेको मन्त्रालय स्रोतले बताएको छ। तीमध्ये केहीले मतदानको व्यवस्था मिलाउन सकिने तर त्यसको लागत र व्यवस्थापन चुनौतीपूर्ण हुने जबाफ पठाएको स्रोतले बतायो। प्रवक्ता क्षेत्रीले भने दूतावासहरूले पठाएको जबाफबारे केही खुलाएनन्। स्रोतका अनुसार सरकारको पत्र पाएपछि नेपाली दूतावासहरूले सम्बन्धित देशहरूलाई पनि पत्र पठाएर मतदान व्यवस्थापन, अनुमति लगायतबारे सोधपुछ…
Read More
विश्वविद्यालयमा विद्यार्थी सङ्कट : कुनै कलेजमा शून्य, कुनैमा जम्मा सात जना

विश्वविद्यालयमा विद्यार्थी सङ्कट : कुनै कलेजमा शून्य, कुनैमा जम्मा सात जना

विराटनगर । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीको चरम अभाव देखिएको छ । ५० जनाको कोटामा रोल्पाको कृषि कलेजमा कोही पनि विद्यार्थी भर्ना नै भएनन् भने बाराको खजुरा कलेजमा सात जनाले मात्रै भर्ना लिएका ती कलेजहरूले जनाएका छन् । ‘यो वर्ष क्याम्पस खाली भयो,’ रोल्पाका एक सञ्चालकले भने, ‘भर्ना हुनका लागि विद्यार्थी नै पुगेनन् । विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा कम विद्यार्थी पास भए, त्यसैले विद्यार्थी नआएका हुन् ।’ यो वर्ष क्याम्पस खाली नै हुने उनले बताए । ‘पहिलो सेमेस्टरका लागि विद्यार्थी भएनन् । अब अर्को वर्षलाई नै कुर्नुपर्‍यो,’ नाम उल्लेख नगर्दिने सर्तमा उनले भने, ‘अरू सेमेस्टर त चलिरहेका…
Read More
हमास आक्रमणमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई इजरायलको आजीवन सहयोग

हमास आक्रमणमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई इजरायलको आजीवन सहयोग

धनगढीः विपिन जोशीसँगै इजरायलमा हमासको आक्रमणबाट मारिएका दस जना नेपाली विद्यार्थीको परिवारलाई इजरायल सरकारले आर्थिक सहयोग गर्दै आएको छ।२०८० असोज २० गते हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सो घटनामा बन्धक बनाइएका विपिन जोशीको हमासकै नियन्त्रणमा रहदा मृत्यु भएको थियो। सूदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययन गरिरहेका ती विद्यार्थीहरू ११ महिने “लर्न एण्ड अर्न“ कार्यक्रम अन्तर्गत घटना हुनुभन्दा केही दिन अगाडि मात्रै इजरायल पुगेका थिए। विज्ञापन हमासको आक्रमणमा परेर मृत्यु हुनेमा कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जोशीपुर–५ का आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, दार्चुलाको लेकम–५ का दीपेशराज विष्ट, मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकार,…
Read More