25
Nov
भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका घटनाक्रम छानबिन गर्न बनेको जाँचबुझ आयोग घटना विवरण संकलनको काम पूरा गरेर बयानको चरणमा प्रवेश गरेको छ। आयोग सम्बद्ध स्रोतका अनुसार सरकारका उच्चपदस्थ व्यक्तिमध्ये अहिलेसम्म मुख्यसचिव एकनारायण अर्यालको बयान लिइएको छ। अर्यालले मंगलबारबाट अवकाश पाएका छन्। आन्दोलन क्रममा ड्युटीमा खटिएका प्रहरी अधिकारीहरूको पनि धमाधम बयान सुरू भएको छ। त्यसै क्रममा आयोगले डिआइजी ओम रानाको बयान लिइसकेको छ। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख थिए। आयोगले ड्युटीमा खटिएका प्रहरी अधिकारीहरूको बयान लिने उद्देश्यले भदौ २३ र २४ गते फिल्डमा खटिएका कमान्डर तथा प्रहरीहरूको विस्तृत विवरण मागेको थियो। त्यही विवरणका आधारमा फिल्डमा खटिएका डिएसपी…






