Skip to main content

धनगढी न्यूज

Month: November 2025

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के छन् विशेषता ?

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के छन् विशेषता ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएकाे छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ । नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै…
Read More
१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स

१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स

हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको…
Read More
कांग्रेसमा चुलियो आन्तरिक संकट

कांग्रेसमा चुलियो आन्तरिक संकट

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र संकट चुलिएको छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा सहमति खोजेर पुनः बैठक बस्ने निर्णयहरू सार्वजनिक गरिएको थियो । केन्द्रीय समितिको बैठक बस्नु अघिल्लो रात बुधबारसम्म सहमति जुट्न नसकेसँगै केन्द्रीय समितिको बैठक एकदिन पर सारिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार छलफल गरेका थिए । नेताहरू सहमतिमा पुग्न नसकेपछि मंसिर ११ को बैठक एकदिन पर सारिएको…
Read More
धनगढीमा सयौं प्रहरीकै अगाडि युवा संघबाट दर्जन बढी जेन्जी कुटिए

धनगढीमा सयौं प्रहरीकै अगाडि युवा संघबाट दर्जन बढी जेन्जी कुटिए

धनगढी: धनगढीमा युवा संघका कार्यकर्ताले जेन्जी युवाहरूमाथी  कुटपिट गरेका छन्। धनगढी कभर्डहल अगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका करिब दुई दर्जन जेन्जीहरूलाई युवा संघका सयौं कार्यकर्ताले आक्रमण गरेका हुन्। एमाले नेता महेश बस्नेतको बिरोधमा सडकमा प्लेकार्ड समातेर  शान्तिपूर्ण प्रदर्शनमा रहेका जेन्जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका युवाहरू प्रहरीकै अगाडि कुटपिट गरेका हुन्। कुटपिटमा धनगढी-४ की जेन्जी लिडर सरिता जोशीको हात भाँचिएको भनिएको छ। जोशीको हातमा चोट लागेपछि उनलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा परेर गोपाल बोहरा लगायतका युवाहरूलाई पनि सामान्य चोटपटक लागेको जेन्जी प्रदर्शनकारीले बताएका छन्। विज्ञापन जेन्जीहरूले प्रहरीले आफ्नो सुरक्षा नगरेको आरोप लगाएका छन्। उनीहरूले युवा संघका केटाहरूलाई आफूहरूमाथी आक्रमण गर्न…
Read More
प्रधानमन्त्रीलाई कुलपतिको भारी : भो धेरै नबोकाऊ

प्रधानमन्त्रीलाई कुलपतिको भारी : भो धेरै नबोकाऊ

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय सभामा एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने टिप्पणी गरिन् । उनको सार थियो- प्रधानमन्त्री कुलपति हुने प्रावधान ठिक छैन । ‘एउटै प्रधानमन्त्रीले डोकोभरि भारी बोकेर हिँड्न सक्दैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । कतिवटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति छ भन्ने स्वयं प्रधानमन्त्रीलाई नै थाहा नहुने अवस्था छ । प्रधानमन्त्रीलाई नभई प्राज्ञलाई नै कुलपतिको जिम्मेवारी बोकाउनुपर्ने धारणा प्रधानमन्त्री कार्कीको छ । ‘१९ कि १७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्,’ उनले भनिन् । गत…
Read More
प्रदर्शनमा घाईते सरिता जोशीको हात भाँचियो,अन्य केहि सामान्य घाईते, घटनाको छानविन गर्न माग

प्रदर्शनमा घाईते सरिता जोशीको हात भाँचियो,अन्य केहि सामान्य घाईते, घटनाको छानविन गर्न माग

धनगढीः धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि एमाले निकट युवा संघले आक्रमण गर्दा धकेलाधकेलमा लडेर घाइते भएकी धनगढी-४ की सरिता जोशीको हात भाँचिएको पुष्टि भएको छ। जोशीको देब्रे हातको हड्डी भाँचिएको छ। त्यस्तै बविता जोशी र गोपाल बोहरा पनि  घाइते भएका छन्। उनिहरु निसर्ग अस्पतालमा उपचाररत छन्। विज्ञापन बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि तनाव भएको थियो।  आफुहरुले  शान्तिपूर्ण आन्दोलन गर्दा पनि आक्रमण भएको भन्दै घटनाको छनबिन गर्न माग गर्दै युवाहरु उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका छन्। दिनेश खबर बाट साभार  
Read More
लुम्बिनी प्रदेश सभा: तीन वर्षमा यी हुन् धेरै बोल्ने सांसद

लुम्बिनी प्रदेश सभा: तीन वर्षमा यी हुन् धेरै बोल्ने सांसद

बुटवल । लुम्बिनी प्रदेशसभामा निर्वाचित भएको तीन वर्षको अवधिमा शून्य, विशेष र सैद्धान्तिक विषयमा बोल्ने सांसदहरूको सूची हेर्दा गुल्मीकी सांसद तारा थापा सबैभन्दा अगाडि छिन् । २०७९ मङ्सिर १८ गतेदेखि २०८२ असार १८ गतेसम्म लुम्बिनी प्रदेशसभामा थापाले सर्वाधिक बोलेको पाइएको छ । लुम्बिनी प्रदेशसभाको अधिवेशन भदौमा अन्त्य भए पनि बजेट पारित भएपछि बैठक नबसेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताएका छन् । भदौ अन्त्यमा घोषणा गरिएको प्रदेशको सातौँ अधिवेशन हिजोबाट मात्र सुरु भएको छ । यस अर्थमा, निर्वाचन भएको तीन वर्षको अवधिमा भएका छ वटा संसद् अधिवेशन भए । जहाँ  रातोपाटीलाई प्राप्त सूचीअनुसार सदनमा सबैभन्दा बढी बोल्ने १० सांसदहरूको सूची…
Read More
२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोधियो स्पष्टीकरण

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोधियो स्पष्टीकरण

भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो। भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ। सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात…
Read More
सडक दस्तुर संकलन थालिएपछि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

सडक दस्तुर संकलन थालिएपछि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं । सडक बोर्ड नेपालले यसपटक आफैंले सडक उपभोग दस्तुर (रोड टोल) संकलन थालेको छ । विगतमा ठेकेदारमार्फत् संकलन हुँदै आएको थियो । तर कतिपय ठेकेदारले रकम जम्मा नगरेपछि आफैंले दस्तुर संकलन थालेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए । सडक दस्तुर विद्युतीय भुक्तानी प्रणाली (क्युआर कोड) मार्फत् सिधै बोर्डको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइएको केसीले बताए । कोभिड महामारीपछि रोकिएको सडक दस्तुर संकलनको काम भैरहवा–भूमही सडकखण्डबाट पुन: सुरु गरिएको छ । केहीदिनमै नारायणगढ–मुग्लिन, वीरगञ्ज–पथलैया र धरान–विराटनगर सडकखण्डमा पनि सुरु हुने गर्ने तयारी छ । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्ड, अरनिको राजमार्गको धुलिखेल–तातोपानी खण्ड, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–लमही, लमही–कोहलपुर,…
Read More
कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब!

कैलालीमा एमालेका १३ नेताको सदस्यता गायब!

धनगढी: नेकपा (एमाले) कैलालीको आन्तरिक विवाद सतहमा आएको छ। ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटको तयारी भइरहँदा आन्तरिक कलह बाहिरिएको हो। एमाले जिल्ला कमिटी कैलालीको सदस्यता नवीकरणको विवरणमा १३ नेताको सदस्यता नै गायब भएपछि विवाद झनै चर्किएको नेताहरु कुमार बडैला, दीपक रावल, प्रकाश खड्का, नवराज कुँवर, सावित्रादेवी सापकोटा, बसन्ती गिरी, गजेन्द्र स्वार, पवित्रादेवी गौतम, उदयराम जैशी, सुरतबहादुर बिष्ट, छत्रबहादुर खत्री, प्रेम कँडेल र जयनारायण जोशीको सदस्यता विवरणमा छैन। विज्ञापन सदस्यता विवरणमा छुटेका रावलले तल्ला कमिटीबाट सदस्यता नवीकरण गरेको रसिद प्रमाण हुँदाहुँदै पनि जिल्लाबाट प्रदेशमा नामावली पठाउँदा छुटाइएको बताए। उनले आइतबार बसेको जिल्ला कमिटी बैठकले यो गल्ती सच्याउन केन्द्रीय कमिटीलाई पत्राचार गर्ने…
Read More