20
Nov
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेस जहानियाँ राणा शासन ढाल्नेदेखि पछिल्लो संविधान जारी हुँदासम्म भएका हरेक परिवर्तनको नेतृत्व गर्दै आएको पुरानो राजनीतिक दल हो । कांग्रेसलाई नै कमजोर बनाउने गरी सुरू भएका माओवादी विद्रोह, मधेश आन्दोलनलाई समेत नेपालको सामाजिक र राजनीतिक सुधारका लागि आवश्यकता महसुस गरेर आफूलाई त्यसैअनुरूप ढालेको कांग्रेसको विगत छ । तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई आत्मसात गरेर कांग्रेसले आफूलाई अझै पनि लयमा भने ल्याउन सकेको छैन । कांग्रेसको अहिलेको अवस्थाबारे राजनीतिक विश्लेषक उद्धव प्याकुरेल टिप्पणी गर्छन्, ‘कांग्रेसको अहिलेको पारा न हाँसको चाल, न कुखुराको चालजस्तो देखिन्छ ।’ प्याकुरेलले भनेजस्तै कांग्रेस…






