Skip to main content

धनगढी न्यूज

Year: 2025

उषाकिरण भन्छिन्– एमालेमा अहिले ‘सिंगल म्यान शो’ चलिरहेको छ

उषाकिरण भन्छिन्– एमालेमा अहिले ‘सिंगल म्यान शो’ चलिरहेको छ

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि परिवर्तित सन्दर्भमा हुन लागेको यो महाधिवेशन विशेष महत्त्वको पनि छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर नीति तय गरिसकेको छ। आगामी महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुनेछ। विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा तेहेरिन सजिलो हुने गरी नीति (विधान) तय गरेको छ। भदौ २३ र २४ को आन्दोलनपछि एमालेभित्रको शक्ति सन्तुलनमा फेरबदल आइसकेको छ। विगतमा ओलीकै समूहमा रहेकाहरू उनीसँग प्रतिस्पर्धा गर्ने 'मुड' मा पुगेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नै अध्यक्ष ओलीलाई चुनौती दिने र…
Read More
शेखर–गगन बैठक : ‘केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम’

शेखर–गगन बैठक : ‘केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम’

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेको संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको छ । काठमाडौंको विशालनगरमा मंगलबार नेता डा. शेखर कोइरालाले बोलाएको अनौपचारिक छलफलमा इतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको हो । कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता कोइरालासहित महामन्त्री गगनकुमार थापा, सहमन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, विशेष महाधिवेशन पक्षधर देवराज चालिसे र गुरु घिमिरे सहभागी थिए । कोइरालाले उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि छलफलमा बोलाएका थिए । तर, उपसभापति गुरुङ उपत्यका बाहिर र महामन्त्री शर्मा काम…
Read More
गहुँ छर्ने समयमा कैलालीका किसानलाई मल अभाव

गहुँ छर्ने समयमा कैलालीका किसानलाई मल अभाव

घोडाघोडीः कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिन्छिन। जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छन्। बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन। “जति पटक आएँ, पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ”, उनले दुखेसो पोखिन्। विज्ञापन उनिसँगै घोडाघोडी–३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसकेकी छन्। धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन्। एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन, “तीन बोरा डीएपी र…
Read More
बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

मिति २०८२।०८।०२ गते यस जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरुबाट खटिगएको प्रहरी टोलीले विभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयन अन्तर्गत सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कैद, जरिवाना भुक्तान गर्न बाँकी रहेका ४२ जना फरार प्रतिवादीहरुलाई कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तत्पश्चात निजहरुलाइ पक्राउ गरी निजहरुलाई सम्मानित जिल्ला अदालत कैलालीमा बुझाईएको पनि कार्यालयले जनाएको छ ।
Read More
कर्णालीमा विज्ञको सुझावभन्दा भिन्न तरिकाले हुँदैछ प्रशासनिक पुनर्संरचना

कर्णालीमा विज्ञको सुझावभन्दा भिन्न तरिकाले हुँदैछ प्रशासनिक पुनर्संरचना

सुर्खेत । कर्णाली प्रदेशमा प्रशासनिक पुनर्संरचनाको महत्त्वपूर्ण कार्य प्रारम्भ भएको छ । विज्ञ टोलीले आफ्नो अध्ययन प्रतिवेदन बुझाएको चार महिनापश्चात् यसको कार्यान्वयन प्रक्रिया अगाडि बढेको हो । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको प्रशासनिक संरचनालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए । उक्त समितिमा कर्णालीकै पूर्वप्रमुखसचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए । समितिले गत असार १५ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, प्रतिपक्षी दल माओवादीदेखि कर्मचारीतन्त्रले समेत विरोध जनाएका थिए । यसै कारण मुख्यमन्त्री…
Read More
जसले छोरा विदेश नजाऊन् भनेर ३ करोडमा खोलिदिए ‘द मसल ग्यारेज’

जसले छोरा विदेश नजाऊन् भनेर ३ करोडमा खोलिदिए ‘द मसल ग्यारेज’

यही कात्तिकमा दाङको तुलसीपुरमा 'द मसल्स ग्यारेज' खुलेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँमा खुलेको यो ग्यारेज सवारी साधन बनाउने ठाउँ होइन, शरीर बनाउने ठाउँ हो। अर्थात्, यो हो जिम क्लब। तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ललितजंग शाह र उनकी श्रीमती यमुना कँडेल शाहले आफ्ना छोराका निम्ति यो क्लब खोलिदिएका हुन्। विदेश जान तम्सिएका छोरा प्रतीकजंगलाई स्वदेशमै रोक्न आधुनिक क्लब खोलिदिएको ललितले बताए। प्रतीक भारतको बैंगलुरूबाट कम्प्युटर इन्जिनियरिङ सकेर दुई वर्षअघि घर फर्किएका थिए। त्यसपछि उनको सोच विदेश जाने थियो। छोराले म यहाँ बस्दिनँ, यहाँ के गर्नु, अमेरिका जान्छु भन्थ्यो। मैले विदेश नजा, बरू आफ्नै ठाउँमा केही काम गर्, त्यो कामले अरूलाई पनि रोजगारी दिन्छ भनेँ,'…
Read More
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले अनलाइनखबरसँग भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’ जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं…
Read More
दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुरः कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। पछिल्लो समय उन्नत नश्लका गाई र भँैसीको व्यावसायिक पालन हुन थालेपछि जिल्ला दूधमा आत्मनिर्भर भएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी खड्कबहादुर पाण्डेयले सरकारले व्यावसायिक पशुपालनमा अनुदान दिन थालेपछि मासुमा समेत आत्मनिर्भर भएको जानकारी दिए। उहाँका अनुसार कञ्चनपुरमा एक लाख ४८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। यसमा भैँसीको ४३ हजार पाँच सय पाँच मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने गाईको ५४ हजार आठ सय १७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ। विज्ञापन जिल्लामा वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूधको आवश्यकता भए पनि…
Read More
पालिका प्रमुख भन्छन् ‘प्रदेश सरकारले कमिसन खाएर योजना दिन्छ’

पालिका प्रमुख भन्छन् ‘प्रदेश सरकारले कमिसन खाएर योजना दिन्छ’

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कमिसन खाएर मात्रै बजेट दिने गरेको गुनासो गरिएको छ। सुदूरपश्चिमका केही पालिका प्रमुखहरूले मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित कार्यक्रममै यस्तो गुनासो गरेका छन्। कात्तिक २५ गते डोटीको दिपायलमा मुख्यमन्त्री उपस्थित कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्काले प्रदेश सरकारले कमिसनमा व्यक्तिगत योजना दिने गरेको बताएका हुन्। उनले झोला र झ्यालबाट परेका योजना आउने तर पालिकाले आश्यकताका आधारमा माग गरेका कार्यक्रममा बजेट नपर्ने गरेको बताएका छन्। विज्ञापन डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले प्रदेश सरकारले बेइमानी गर्दै आएको बताएका छन्। उनले कमिसन दिएको योजनामा बजेट पर्ने, व्यक्तिका योजना आउने तर पालिकाले संस्थागत निर्णय गरेर माग गरेका योजना नपर्ने…
Read More
काल बन्दै कर्णालीका भिरपाखा र रूख : साढे चार वर्षमा २५२ को मृत्यू

काल बन्दै कर्णालीका भिरपाखा र रूख : साढे चार वर्षमा २५२ को मृत्यू

सुर्खेत । कर्णालीका जोखिमपूर्ण भिरपाखा र रूखबाट लडेर पछिल्लो साढे चार वर्षमा २५२ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये २१८ जना भिरबाट लडेका हुन् भने ३४ जनाले रूखबाट खसेर ज्यान गुमाएका छन् । यो तथ्यांक आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्ष ०८२/०८३ को असोज मसान्तसम्मको हो । तथ्यांकले कर्णालीको भौगोलिक विकटता, अप्ठ्यारा गोरेटो र जीवन निर्वाहका लागि गरिने जोखिमपूर्ण गतिविधिले गर्दा यस्ता दुर्घटनाहरू बढेको देखाउँछ । विशेषगरी घाँस, दाउरा, निगुरो र अन्य वन पैदावार संकलन गर्न जाँदा वा भिरालो जमिनमा काम गर्दा मानिसहरू लड्ने गरेका प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयको…
Read More