Skip to main content

धनगढी न्यूज

Year: 2025

प्रहरीले भन्यो- टिकट सोल्ड आउट भइसक्यो, त्रिवि मैदान वरपर भिड नगर्नू

प्रहरीले भन्यो- टिकट सोल्ड आउट भइसक्यो, त्रिवि मैदान वरपर भिड नगर्नू

 सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सुरूवाती खेलको टिकट सबै बिक्री भइसकेको हुँदा त्रिवि मैदान वरपर नजान प्रहरीले अनुरोध गरेको छ। सोमबार अपराह्न ४ बजे पहिलो संस्करणको बिजेता जनकपुर बोल्ट्स र काठमाडु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना जारी गर्दै खेल स्थल बाहिर भीड नगर्न अनुरोध गरेका हुन्। ‘आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व…
Read More
आजदेखि एनपीएल सुरु हुँदै, यस्ता छन् सहभागी ८ टिम

आजदेखि एनपीएल सुरु हुँदै, यस्ता छन् सहभागी ८ टिम

१ मंसिर, काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक सिटमा बसेर फ्लडलाइटमूनी खेल । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ । क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे-नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ । त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे-नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ । आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट…
Read More
कञ्चनपुरका नौ वटै स्थानीय तह ‘कृषि पकेट क्षेत्र’

कञ्चनपुरका नौ वटै स्थानीय तह ‘कृषि पकेट क्षेत्र’

कञ्चनपुरः कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्र निर्धारण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्थानीय तह विशेष पकेट क्षेत्र निर्धारण गरेर बाली र पशुपन्छी विशेष कार्यक्रम सञ्चालन गरेको हो। यहाँ स्थानीय तहहरुलाई उत्पादनका दृष्टिले भौगोलिक विभाजनका आधारमा विशेष उत्पादन क्षेत्र निर्धारण गरिएको छ। कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सुचना अधिकारी धर्म साउँले चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह विशेष पकेट क्षेत्रअनुसार प्रत्येक स्थानीय तहका लागि ४० लाख बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ। विज्ञापन त्यसैगरी बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पूर्नवास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र…
Read More
कैलाली बहुमुखी क्याम्पसका पाँच जनाले ल्याए ४ जिपिए

कैलाली बहुमुखी क्याम्पसका पाँच जनाले ल्याए ४ जिपिए

सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान संकाय (B.Sc.) आठौँ सेमेस्टरमा कैलाली बहुमुखी क्याम्पसका पाँच जना विद्यार्थीले समग्र ४.०० जिपिए ल्याउँदै विश्वविद्यालयभरि नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। स्नातक तहको विज्ञान संकाय आठौँ सेमेष्टरको बुधबार प्रकाशित नतिजामा कैलाली बहुमुखी क्याम्पसमा भौतिक शास्त्रबाट विद्यार्थीहरु सुवास गिरी, विनोद साउद, निराजन चौधरी, र अभिषेक जोशी तथा जीव विज्ञानबाट भुमिका चौधरीले समग्रमा समान ४.०० जीपिए प्राप्त गरेका हुन्। त्यस्तै वनस्पति बिज्ञानमा ३.५१ जीपिए सहित आरति भट्टले उकृष्ट स्थान हाँसिल गरेको कैलाली बहुमुखी क्याम्पसको विज्ञान संकायकी विभागीय प्रमुख डा।रमा देवि जोशीले बताईन। प्राध्यापक र विद्यार्थीहरुको कडा परिश्रमबाट उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको उनले बताईन। क्याम्पसले विद्यार्थीहरुको यस किसिमको…
Read More
नविल एसएसई कार्यक्रम : उद्यमी बन्न प्रेरित गर्ने एक अवसर

नविल एसएसई कार्यक्रम : उद्यमी बन्न प्रेरित गर्ने एक अवसर

देशमै , अझ आफ्नै समाजमा उद्यमी बनेर सामाजिक सवा गर्ने एक अवसरको पखाईमा तपाई हुनुहुन्छ भने नविल एसएसई(School of Social Entrepreneurship) कार्यक्रम एक महत्वपुर्ण कसी बन्न सक्नेछ । पौरखी हातहरुलाई उद्यमका विभिन्न आयामहरुमा विज्ञहरुमार्फत अन्यौलता दूर गर्ने नविल बैंकद्धारा देशभर सञ्चालित कार्यक्रम हो नविल एसईई सर्टिफिकेट कोर्ष । यस कोर्षले उद्यमीलाई व्यवसायमा आउने दुविधा , समस्या , चुनौतीहरु लाई दृष्टिगत गर्दै सम्भावनाको खोजी गर्न सिकाउँछ । १८ वर्ष उमेर पुगेका नेपालीहरु सहभागी हुन सक्ने यस कार्यक्रम अन्तूर्गत फेलोशिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसंगको सहकार्यमा संचालन हुँदै आएको छ । त्यसैगरी सातै प्रदेशका ११ वटा शैक्षिक संस्था संगको सहकार्यमा सर्टिफिकेट कोर्ष…
Read More
यो वर्षको वर्षामा १४० जनाले गुमाए ज्यान, ६ हजार परिवार विस्थापित

यो वर्षको वर्षामा १४० जनाले गुमाए ज्यान, ६ हजार परिवार विस्थापित

काठमाडौँ । यस वर्षको मनसुनी विपद्का घटनामा १४० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत जेठ १५ देखि असोज १४ सम्म सो बराबरको मानवीय क्षति भएको हो । यो अवधिमा मनसुनजन्य प्रभाव परेको आशङ्का गरिएकामध्ये ३० जना बेपत्ता भएका छन् । यस्तै, मनसुनजन्य विपद्का कारण देशभर ५ हजार ९ सय ९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्राधिकरणको ‘मनसुन २०८२’ अनुसार बाढी, पहिरो, भारी वर्षा र चट्याङजस्ता घटनाबाट मात्र १४० जनाको मृत्यु भएको र ३०० जना घाइते भएका छन्। मनसुनमा पहिरो सबैभन्दा घातक यस वर्षको मनसुनी तथ्याङ्क हेर्दा पहिरोका घटना सबैभन्दा घातक देखिएका छन्…
Read More
दिल्ली विस्फोटको कनेक्सन जोडियो २९ सय किलो विस्फोटक पदार्थसँग

दिल्ली विस्फोटको कनेक्सन जोडियो २९ सय किलो विस्फोटक पदार्थसँग

दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको विस्फोटमा प्रयोग गरिएको कार जम्मु–कश्मीरका एक चिकित्सकसँग सम्बन्धित रहेको पत्ता लागेको छ। कम्तिमा १३ जनाको मृत्यु र २१ जना घाइते भएको यो घटना 'आत्मघाती' हमला हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। हिन्दुस्तान टाइम्सका अनुसार विस्फोट भएको कार पुलवामाका बासिन्दा डा. उमर उन नबीको हो। विस्फोट बेला उनले नै कार चलाइरहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। हालै हरियाणाको फरिदाबादमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थसँग पनि उमरको कनेक्सन जोडिएको हिन्दुस्तान टाइम्सले लेखेको छ। कारको स्वामित्व खोज्दै जाँदा फरिदाबादमा फेला परेको विस्फोटक पदार्थसँग कनेक्सन जोडिएको एक अनुसन्धान अधिकारीले बताए। ती अधिकारीका अनुसार विस्फोट भएको कार पहिलो पटक सलमान भन्ने व्यक्तिको नाममा दर्ता थियो। उनले देविन्दर नामका व्यक्तिलाई त्यो कार बेचिसकेको बयान दिए।…
Read More
त्रिविका पदाधिकारीसँग प्रधानमन्त्रीको चासो- जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

त्रिविका पदाधिकारीसँग प्रधानमन्त्रीको चासो- जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी, रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी छिन् । छलफलमा छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी…
Read More
प्रदेश मन्त्रालयले आज कर्मचारी सरुवा गर्दै, मालदार अफिस जान तछाडमछाड

प्रदेश मन्त्रालयले आज कर्मचारी सरुवा गर्दै, मालदार अफिस जान तछाडमछाड

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालयले कर्मचारी सरुवा गर्ने आज अन्तिम दिन हो। सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली, २०८१ को नियम ४६ मा भएको संशोधनअनुसार आज कर्मचारी सरुवा हुने भएको हो। नियमावली संशोधन गरेर आर्थिक वर्ष २०८२/८३ का लागि कात्तिक २५ गते कर्मचारी सरुवा गर्ने मिति तय गरिएको थियो। विज्ञापन मुख्यमन्त्री कार्यालयले यसअघि नै कर्मचारी सरुवा गरिसकेको छ। प्रदेशका अन्य मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी र सवारी चलाक बाहेक समय पुगेको कर्मचारीको सरुवा हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ। प्रदेश मन्त्रालयहरूले सहायक चौथोदेखि अधिकृत आठौं तहको कर्मचारीको सरुवा गर्ने छन्। तर राम्रो र मालदार ठानिएको कार्यालयमा सरुवा माग्न कर्मचारीहरूले तीव्र लबिङ गरेको कर्मचारी स्रोतको…
Read More
मुख्यमन्त्री बानियाँको १०० दिन : ‘लोकप्रिय’ निर्णय, फितलो कार्यान्वयन

मुख्यमन्त्री बानियाँको १०० दिन : ‘लोकप्रिय’ निर्णय, फितलो कार्यान्वयन

हेटौँडा । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । यस अवधिमा सरकारले केही ‘लोकप्रिय’ निर्णय गरेपनि कार्यान्वयनमा भने कमजोर देखिएको छ । गत साउन २० मा बानियाँ मुख्यमन्त्री नियुक्त भएका थिए । पदभार ग्रहण गर्दै उनले गत असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको सङ्कल्प प्रस्तावलाई ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका थिए । आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने बानियाँ नेतृत्वको सरकारले निर्णय गरेको थियो । सरकारले अनावश्यक र फजुल खर्चहरू कटौती गर्ने र सरकारी कोषको दुरुपयोग हुन नदिन गरेको उक्त निर्णय पूर्णरुपमा…
Read More