12
Aug
चमार समुदायबाट पहिलो महिला डाक्टर स्मृति भन्छिन्, ‘छोरी भएर किन पढ्ने भन्ने मान्यता तोडेँ ’ काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरूसँग अन्तर्क्रिया गर्दै विविधताको उत्सव–डाइभर्सिटी कार्निभल कार्यक्रम सम्पन्न भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको आयोजनामा प्यानल डिस्कसन, युवाहरूबिच संवाद, वैचारिक प्रशिक्षण र साङ्गीतिक प्रस्तुतिसँगै विविधताको उत्सव मनाइएको हो । यस उत्सवमा चमार समुदायकी पहिलो महिला मेडिकल डाक्टर स्मृति हरिजनले कि नोट स्पिच दिएकी थिइन् । छलफलको सेसनमा नेपाली फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बाप्पो सुब्बा, अभिनेता नाजिर हुसेन, विश्वका आप्रवासीका नेतृत्वकर्ताको रूपमा क्रियाशील महेन्द्र पाण्डे, मुसहर समुदायबाट नेपाल सरकारको उपसचिव पदमा पुगेका सुनिल कुमार पासवान र बोल्न…






