Skip to main content

धनगढी न्यूज

Year: 2025

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बागमतीमा ३ मन्त्री नियुक्त, लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

१४ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको…
Read More
रास्वपाले भैरहवामा किन राख्यो संसदीय दलको बैठक?

रास्वपाले भैरहवामा किन राख्यो संसदीय दलको बैठक?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा संसदीय दलको बैठक राखेको छ। बुधबार दिउँसो १ बजे भैरहवाको रमादा होटलमा संसदीय दलको बैठक राखिएको दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए। उनका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बस्न लागेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै छन्। त्यसो त उनीहरूले भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटेर परामर्श पनि लिइरहेका छन्। मंगलबार पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले पार्टी सभापति लामिछानेलाई भेटेर सल्लाह गरेका थिए।रूपन्देही–३ को चुनाव लक्षित कार्यक्रमका लागि सांसदहरू भैरहवामै भएकाले बैठक…
Read More
सार्वजनिक जग्गामा प्रजिअको चासो : संरक्षण कि ‘बार्गेनिङ’ ?

सार्वजनिक जग्गामा प्रजिअको चासो : संरक्षण कि ‘बार्गेनिङ’ ?

संरक्षणमा बेवास्ता : धमाधम पत्र काट्दै, मौन बस्दै बारा । वीरगञ्ज औद्योगिक करिडोरमा रहेको हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज प्रालिलाई वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय बाराले पत्र काट्यो । २४ घण्टाभित्र उपस्थित हुनेगरी स्थानीय प्रशासनले उद्योगलाई पत्र काट्नुको मुख्य कारण थियो– उद्योगले कब्जा गरेको सार्वजनिक जग्गा । ‘हामा आइरनले साबिक कुलो तथा नाला अतिक्रमण गरी १७ कट्ठा ५ धुर जग्गा उपभोगमा ल्याएको भन्ने सूचना आएकोले उद्योगको भोगचलनमा रहेको जग्गाको विवरणसहित उद्योगको प्रतिनिधि उपस्थित हुन आदेश छ,’ जिप्रका बाराले उद्योग प्रशासनलाई पठाएको पत्रमा उल्लेख छ, ‘साथै सोही कम्पनीमा काम गर्ने रामबहादुर श्रेष्ठको छोरा धनबहादुर श्रेष्ठले कर्मचारीको रूपमा रकम बुझे/नबुझेको, सम्पूर्ण…
Read More
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प

  जापान र अमेरिकामा सुनामीको चेतावनी   रूसमा शक्तिशाली भूकम्प गएको छ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कामाचाट्कास्थित प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले अत्यन्त शक्तिशाली धक्का महशुस भएको बताए।   'यो दशकौंयताकै सबैभन्दा गम्भीर भूकम्प हो,' उनले भने। उनका अनुसार भूकम्पबाट एउटा विद्यालय ध्वस्त भएको छ। समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन। भूकम्पपछि चार मिटरसम्मको सुनामी आएको छ। शक्तिशाली भूकम्पपछि त्यसका शक्तिशाली पराकम्पन पनि गइरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पहिलो…
Read More
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट

ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको छ भने गत असार २४ गतेको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ । १४ साउन, काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी  र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको…
Read More
देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताएका छन। कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत् गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम गर्नेगरी काम गरिरहेको बताए। प्रधानमन्त्री ओलीले भने, “देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ।” रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणबाट सरकारको विकासप्रतिको चाहाना एवं तीव्रता दिने कुरालाई झल्काएको उल्लेख गर्दै उनले यो आयोजनाको तेस्रो चरणको काम पनि…
Read More
वर्षमा १ सय श्रमिक पनि पठाउन नसक्ने म्यानपावर अब के गर्छन् ?

वर्षमा १ सय श्रमिक पनि पठाउन नसक्ने म्यानपावर अब के गर्छन् ?

  १३ साउन, काठमाडौं । वार्षिक १ सय श्रमिक पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने ३ सय ५४ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार लगातार १ साउनदेखि उनीहरूको इजाजतपत्र निलम्बनमा परेको हो । २०७५ सालमा ऐन संशोधन गर्दै दुई वर्षसम्म वार्षिक १ सय कामदार नपठाउने म्यानपावर कम्पनीको इजाजतपत्र रद्ध गर्ने प्रावधान राखिएको थियो । ऐनमा उक्त प्रावधान राखिए पनि सरकारले बाधा अड्काउ फुकाउ मार्फत इजाजतपत्र नवीकरण गर्दै आएको थियो । अबदेखि भने उक्त बाध्यताबाट म्यानपावर कम्पनीहरूलाई मुक्ति मिलेको छ । तर, उनीहरूमाथि अर्को नैतिक संकट भने यथावत छ । ‘बिजनेस गर्छु’ भनेर करोडौं रुपैयाँ धरौटी राखेका उनीहरूले…
Read More
धनगढीको गुरही चोकमा ठडियो थारु संस्कृतिको प्रतीक

धनगढीको गुरही चोकमा ठडियो थारु संस्कृतिको प्रतीक

धनगढी । धनगढीको क्याम्पस चोकलाई अहिले ‘गुरही चोक’ भनेर चिनिन्छ । ‘गुरही’ अर्थात् गाइने किराको नामबाट चोकको नामकरण गरिएको हो । चोकको बिच भागमा गुरहीको मूर्तिसमेत बनाइएको छ । यो एउटा मूर्तिका नाममा मात्र सीमित छैन, थारु समुदायको पहिचान, प्रकृतिप्रतिको आस्था र वर्षौं लामो संघर्षको जीवन्त प्रतीक पनि हो यो । गुरही पर्वको अवसर पारेर बुधबार यस मूर्तिको अनावरण गरिँदैछ, जसले एउटा चोकको नामकरणदेखि सांस्कृतिक पहिचान स्थापना गर्नेसम्मको लामो यात्रालाई साकार पारेको छ । थारु समुदायलाई प्रकृतिपूजक समुदायका रूपमा चिनिन्छ । उनीहरूको जीवनशैली, संस्कृति र परम्परा प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ । यही प्रकृतिको एउटा जीव हो ‘गुरही’, जसलाई थारु…
Read More
दैनिक ७ हजार पाइला हिँड्दा पनि दीर्घ जीवन, कम हुन्छ मुटु र बिर्सिने रोगको जोखिम

दैनिक ७ हजार पाइला हिँड्दा पनि दीर्घ जीवन, कम हुन्छ मुटु र बिर्सिने रोगको जोखिम

स्वस्थ रहन कम्तीमा दिनको १० हजार पाइला हिँड्नुपर्छ भन्ने मान्यता हामीले धेरै समयदेखि सुन्दै आएका छौं। विश्वव्यापी रूपमा प्रचलित यो मान्यता पछ्याउनेहरू नेपालमा पनि प्रशस्तै छन्। काठमाडौं लगायत सहरी क्षेत्रमा धेरै कामकाजी महिला तथा पुरूषहरू दैनिक १० हजार पाइला हिँड्नुपर्छ भनेर लागिपरेको पाइन्छ। नियमित व्यायाम गर्न नभ्याउनेहरू पनि सकभर यति चाहिँ हिँडौं भनेर प्रयत्न गरिरहेका हुन्छन्। यसको निम्ति मोबाइल एपको मद्दतले पाइला गन्ती गर्ने चलन बढ्दो छ। तर के यो मान्यता सही छ? वैज्ञानिक रूपले प्रमाणित छ? एक नयाँ वैज्ञानिक अनुसन्धानले दिनको १० हजार पाइला हिँड्नुपर्छ भन्ने मान्यतामा प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय मेडिकल जर्नल 'द ल्यान्सेट पब्लिक हेल्थ' मा गत साता प्रकाशित वैज्ञानिक अनुसन्धानले…
Read More
नेपालले धान्नसक्ने बाघको संंख्या ४०० !

नेपालले धान्नसक्ने बाघको संंख्या ४०० !

१३ साउन, काठमाडौं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संंख्या ३५५ पुगेको छ । नेपालमा बाघको संंख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन्…
Read More