Skip to main content

धनगढी न्यूज

Year: 2025

कैलालीमा १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक सेकुवा कर्नरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ। बर्दगोरिया गाउँपालिका–१ स्थित ’राजधानी सेकुवा एण्ड म:म सेन्टर’मा कार्यरत सोही गाउँपालिका–३ की याचना सेजवालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, शनिबार बिहान करिब १० बजेतिर सेजवालमाथि सोही सेकुवा सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटलमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिने तयारी भइरहेको छ।…
Read More
जहाँ घरको आँगनमै बनाइन्छ चिहान

जहाँ घरको आँगनमै बनाइन्छ चिहान

  स्कुल पढ्दा हामीले धेरै पटक प्रशान्त महासागरको नाम सुनेका थियौँ। पाठ्यपुस्तकमा, हाजिर जबाफमा र कथा–कविता–निबन्धका भावनात्मक उपमाहरूमा — प्रशान्त महासागर बारम्बार दोहोरिन्थ्यो। 'संसारकै सबैभन्दा विशाल र गहिरो महासागर कुन हो?' हामी तत्काल उत्तर दिन्थ्यौं — प्रशान्त महासागर! कविता, कथाहरूमा कतिपटक पात्रलाई प्रशान्त महासागरसँग तुलना गरेको छु। 'ऊ प्रशान्त महासागरजस्तै शान्त, विशाल र गहिरो स्वभावको।' कहिल्यै नदेखिए पनि, कहिल्यै नछोए पनि त्यो विशाल जलराशी, मेरो कल्पनामा मेटाफोर बनेर बारम्बार आइरहन्थ्यो। मनमनै सोच्थेँ — 'कहिल्यै भेट होला त त्यो मेटाफोरसँग, कहिले छुला मैले त्यो महासागरलाई?' र अन्ततः त्यो कल्पनाले जीवनको आकार लियो – अस्ट्रेलिया आएको केही समयपछि, मैले पहिलोपटक आफ्ना आँखाले प्रशान्त…
Read More
धनगढीको शिवगंगामा आठ वर्षसम्म पुल बनेन, जनतालाई सास्ती

धनगढीको शिवगंगामा आठ वर्षसम्म पुल बनेन, जनतालाई सास्ती

धनगढी : कैलालीको धनगढीमा सम्झौताको आठ वर्षसम्म पुलको जगको काम पनि पूरा भएको छैन। धनगढी उपमहानगरपालिका–१७ पथरी र वडा नम्बर १६ रामपुर जोड्ने पक्की पुल निर्माणको काम अलपत्र पारिएको हो। विज्ञापन सडक डिभिजन कार्यालय, महेन्द्रनगरले २०७४ असार २७ गते पुल निर्माणको सम्झौता गरेको थियो। धनगढीबाट बेहडाबाबा मन्दिर जाने मुख्य सडकको शिवगंगामा पुल निर्माणका लागि सम्झौता भएको आठ वर्ष हुँदा पनि जग निर्माणको कामसमेत पूरा भएको छैन। पुल निर्माणको काम पूरा नभएकाले नागरिकले सास्ती पाउँदै आएका छन्। कैलालीको गेटाका विनोद चौधरी भने, “बेहडाबाबा मन्दिरबाट धनगढी फर्किदा समस्या छ। बाढीले गर्दा समस्या हुने गरेको छ। दुःख छ। धेरै पानी हुन्छ। ठेक्का भएको…
Read More

सुदूरपश्चिमका भौतिक मन्त्री पालद्धारा जलस्रोत,सिंचाइ भवनको उद्घाटन

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन्। धनगढी।सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन्।मन्त्री पालले शुक्रबार प्रदेश सरकार अन्तरगत रहेको पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय कैलाली र भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै निरीक्षण समेत गरेका छन्। दुबै कार्यालयका भवन शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले गत आर्थिक वर्षको वार्षिक योजनाअनुसार ठेक्का प्रक्रिया मार्फत निर्माण गरेको थियो। शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख डम्बर धितालले एउटा कार्यालयको एक करोड ९२ लाख ६० हजार बराबरको लागत…
Read More
सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

१६ साउन, काभ्रपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो । रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो । त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।…
Read More
चक्रे मिलन समूहलाई कुन मुद्दा चल्छ ?

चक्रे मिलन समूहलाई कुन मुद्दा चल्छ ?

१६ साउन, काठमाडौं । विगतमा गुन्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे प्रहरीले परामर्श सुरु गरेको छ । पक्राउ परेका ४७ जनाका बारेमा अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कुन मुद्दा चलाउने भन्नेबारे छलफल सुरु भएको छ । रानीपोखरीका एआईजी टेकबहादुर तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीलाई बोलाएर यसबारे गृहकार्य सुरु गरेका छन् । त्यसपछि मात्रै के मुद्दा चल्ने भन्ने यकिन हुने परिसरका एक अधिकारीले बताए । ‘अहिले एआईजी कार्यालयमा यसबारे छलफल भइरहेको छ । त्यसपछि मात्रै कुन कसुरमा…
Read More
कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी

कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा तालबन्दी गरिएको छ। टीकापुर नगरपालिदका–१ का विभिन्न शिविरमा रहेका भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका हुन्। विज्ञापन टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्या मन्दिर माविको जग्गामा बसिरहेका भूमिहीन सुकुम्वासीले जग्गा नापजाँचको माग गर्दै प्रदर्शन गरेका छन्। विहीवार दिनभर नगरपालिका कार्यालयमा धर्ना दिएका उनीहरूले साँझपख कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दी गर्ने क्रममा मूल ढोकाको छेउमा लगाएको ठूलो सीसा फुटाएका छन् भने सीसा फुटदा नगर प्रहरी रिमा साउँदको हात काटिएको छ। नगर प्रमुख रामलाल डगौरा थारुले कानुनअनुसार पाउनु पर्नेले जग्गा पाउने तर तत्काल दिन नसकिने बताएका छन। जग्गा अतिक्रमण गरी बसे पनि नगरपालिकाले हटाउन नसक्ने हटाउनु परे सङ्घीय सरकारबाट मात्रै…
Read More
सरूवा भएको ठाउँमा नखटिएका २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू

सरूवा भएको ठाउँमा नखटिएका २३ कर्मचारीलाई गृहले भन्यो- २४ घण्टाभित्र हाजिर हुन जानू

गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ। शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन जान भनिएको हो। ‘यस मन्त्रालयको विभिन्न मितिको निर्णयानुसार सरूवा/पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरूलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन जाने सम्बन्धी सूचना,’ सूचनामा उल्लेख छ। गृह मन्त्रालयमा कार्यरत ती कर्मचारीहरू मध्ये १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा छन्। उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा पठाइएको छ।सेतो पाटी बाट साभार  
Read More
शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

युक्रेनसँग युद्ध लडिरहेको रूसबाट ठूलो परिमाणमा तेल र हतियार किनेकोमा पनि आलोचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुनेछ।   राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र अमेरिकी सामानको आयातमा भारतले अनावश्यक बाधा पुर्‍याएको आरोप लगाउँदै आएका छन्। भारतले उच्च भन्सार लगाएका कारण भारतीय बजारमा अमेरिकी कम्पनीहरूले धेरै निर्यात गर्न नसकेको उनको आरोप छ। रूस–युक्रेन युद्ध चलिरहेका बेला भारतले रूसबाट ठूलो परिमाणमा ऊर्जा र सैन्य सामग्री खरिद गरेकामा पनि उनले भारतको आलोचना गरेका छन्। भारतमाथि घोषणा गरिएको २५ प्रतिशत भन्सार एसियाली मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स र…
Read More
धनगढीमा हर्षोल्लासपूर्वक मनाइयो गुरही

धनगढीमा हर्षोल्लासपूर्वक मनाइयो गुरही

धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन्। सखी सञ्जाल लगायत थारु समुदाय सम्वद्ध विभिन्न संघ संगठन तथा संस्थाहरुको संयुक्त आयोजनामा नाचगानसहित गुरही पर्व मनाइएको हो। सो अवसरमा गुरही चौकमा स्थापना गरिएको गुरही (गाइनेकिरा) को मूर्ति अनावरण गरिएको छ। प्रदेशको सामाजिक विकासमन्त्री मेघराज खड्काले गुरहीको मूर्ति अनावरण गरेका छन्। विज्ञापन सो अवसरमा उनले संस्कृति र प्रकृतिको सम्मान सबैले गर्न आवश्यक रहेको चर्चा गरे। उनले थारु समुदायको गुरही पर्वले एकता र मेलमिलाप बढाएको उल्लेख गर्दै मेलमिलापले मात्रै समाजको विकास हुने बताए। त्यस्तै, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले पहिले गाउँघरमा मात्रै सीमित गुरही पर्व अब…
Read More