Skip to main content

धनगढी न्यूज

लुम्बिनी

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

१६ साउन, काभ्रपलाञ्चोक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो । रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो । त्यसले ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।…
Read More
‘१७ वर्ष अघि र पछिको परिस्थिति तुलना गरेर हेरौँ न, उपलब्धि प्रष्ट देखिन्छ’

‘१७ वर्ष अघि र पछिको परिस्थिति तुलना गरेर हेरौँ न, उपलब्धि प्रष्ट देखिन्छ’

लुम्बिनी : चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारको नेतृत्व सम्हालेको करिब १० महिना भएको छ। देशका मुख्य दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेससहितको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिएका मुख्यमन्त्री आचार्यले शुरुदेखि नै सुशासन, पारदर्शिता र नागरिक अधिकारका विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन।   उनलेसुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचारलाई निषेध गर्ने, सेवा प्रवाहलाई अझ जनमैत्री बनाउने र विकासलाई सबैको पहुँचमा पुर्‍याउने सङ्कल्प राखेका  छन्। प्रस्तुत छ, निरङ्कुश राजतन्त्रको अन्त्य गरेर जनताको शासन स्थापित गरेको दिन गणतन्त्र दिवसका अवसरमा समग्र प्रदेशको अवस्था र गणतन्त्रमा जनताका अधिकार स्थापित गर्ने, संविधान र संघीयता कार्यान्वयनको अवस्था र दलहरूको प्रतिवद्धतालगायतका विषयमा गरिएको कुराकानी-…
Read More
गुल्मी: ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेद मुद्दा दर्ता

गुल्मी: ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेद मुद्दा दर्ता

तम्घास,साउन १८ गते । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा  फर्छ्यौट भएको र ७३ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।  पुरुष वादी भएका ६५ मध्ये ४३ र महिला वादी भएका ३१८ मध्ये २६७ मुद्दा  फर्छ्यौट भएका छन् । आर्थिक वर्ष २०७९।०८० मा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा…
Read More
त्रिशूलीमा हराएको बसको खोजी अभियान स्थगित गर्ने तयारी

त्रिशूलीमा हराएको बसको खोजी अभियान स्थगित गर्ने तयारी

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको शनिबार १६ दिन पुग्यो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बस लेदो माटोसहितको पहिरोले बगाएर त्रिशुलीमा खसालेको थियो । दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँच्न सफल भए भने २० जनाको शव भेटियो, खोजीका क्रममा भेटिएका ४ वटा शवको अझै सनाखत भएको छैन । बाँकी यात्रु बेपत्ता छन् । दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसके । परिवारजनले १३ औं दिनको काजकिरिया गरिसक्दा पनि सुरक्षा निकायले शव खोजी जारी राखेका छन् । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली…
Read More
सिमलताल पहिरो : बसका बेपत्ता यात्रुको खोजीमा सेना र प्रहरी[तस्बिरहरू]

सिमलताल पहिरो : बसका बेपत्ता यात्रुको खोजीमा सेना र प्रहरी[तस्बिरहरू]

चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । बसबाट हाम फालेका यात्रुहरूका अनुसार माथिबाट खसेको पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसबाट ३ जना यात्रु हाम फालेको प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।  
Read More