Skip to main content

धनगढी न्यूज

Year: 2025

केराखेतीबाट १५ लाख आम्दानी गर्ने टेकेन्द्र भन्छन,‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

केराखेतीबाट १५ लाख आम्दानी गर्ने टेकेन्द्र भन्छन,‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट १५ लाख आम्दानी गरे। उनले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाखको केरा बिक्री गरेका थिए। “समयमै उत्पादन हुँदा ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन”, उनले भने, “एक बिघामा १५ लाखसम्म कमाएको छु।” विज्ञापन धामीले १९ बिघामा केराखेती गरेका छन्। यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन्। चौध वर्षदेखि केराखेतीमा संलग्न उनले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन्। यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले…
Read More

कोशीमा डिजिटल घुस काण्ड : अप्ठ्यारो परेपछि मन्त्रीले आफ्नै सहयोगी चिनेनन्

आफ्नो सचिवालयमा नभएको दाबी गर्दा उनले आफ्नै सहयोगीलाई नचिनेको शैलीमा प्रस्तुत भएका थिए । सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् । कोशी प्रदेश सभामा डिजिटल घुसकाण्डमा छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सांसद गणेश उप्रेती (बायाँ) र वन तथा वातावरणमन्त्री सदानन्द मण्डल ( दायाँ)। सोमबार प्रदेशसभा बैठकमै माओवादी केन्द्र गणेश उप्रेतीले मण्डलमाथि छानविनको माग गरेका हुन् । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पनि जवाफ माग गरे । सचिवालयका कर्मचारी अमृत मेहताले कर्मचारीलाई पठाएको क्युआर कोड सार्वजनिक भएपछि मन्त्री मण्डल विवादमा छन् । उनले घुस मागेको कुनै प्रमाण भए…
Read More
मधेसमा सामान्य वर्षा, २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

मधेसमा सामान्य वर्षा, २४ घण्टामा कहाँ कति पर्‍यो पानी ?

बारा । मनसुनमै खडेरी झेलेको मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा केही वर्षा भएको छ । २४ घण्टा यता मधेसमा सबैभन्दा धेरै वर्षा सर्लाहीको कर्मैयामा र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा भएको छ । सिमरा विमानस्थल, जल तथा मौसम कार्यालयको समन्वयमा विभिन्न जिल्लाबाट लिइएको तथ्याङ्क अनुसार आइतबार बिहान ८ः४५ देखि सोमबार बिहान ८ः४५ सम्मको विवरणमा सर्लाहीको कर्मैया बजारमा २१ दशमलव ६ मिलीमिटर र सबैभन्दा कम वर्षा सिराहाको गोलबजारमा ५ दशमलव ४ मिलीमिटर भएको छ । मधेस प्रदेशका ८ जिल्लामध्ये महोत्तरी जिल्लामा भने छिटफुट मात्रै वर्षा भएको छ । सप्तरीको कपानी बजारमा २१ दशमलव ४ मिलीमिटर, रौतहटको चन्द्रपुरमा १६ दशमलव ६ मिलीमिटर,…
Read More
गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता, खोजीका लागि सेनासहित सुरक्षाकर्मी पठाइयो

गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता, खोजीका लागि सेनासहित सुरक्षाकर्मी पठाइयो

१२ साउन, रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।अन्लाईन खबर बाट साभार बाट साभार
Read More
विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

विपक्षी समूहका दुई कार्यकर्तालाई इरानले दियो मृत्युदण्ड

इरान सरकारले प्रतिबन्धित विपक्षी समूह मोजाहिदिन-ए-खलक (एमइके) का दुई सदस्यलाई मृत्युदण्ड दिएको छ। घरेलु हतियार प्रयोग गरेर सर्वसाधारण र सार्वजनिक संरचनामा आक्रमण गरेको आरोपमा दोषी ठहर भएका बेहरुज एहसानी-इस्लामलु र मेहदी हसनीलाई इरानले आइतबार मृत्युदण्ड दिएको हो। ६९ वर्षका बेहरूज र ४८ वर्षका मेहदीलाई इरानी अदालतले २०२४ को सेप्टेम्बरमै दोषी ठहर गरेको थियो। फैसला पुनरवलोकनका लागि उनीहरूले गरेको माग उच्च अदालतले अस्वीकार गरिदिएको थियो। सरकारी सञ्चारमाध्यम मिजानका अनुसार, उनीहरूले समूहको निर्देशनमा मोर्टार र प्रक्षेपक बनाएर नागरिक, आवासीय भवन, सेवा केन्द्र, विद्यालय र च्यारिटी संस्थामा आक्रमण गरेका थिए। अदालतले उनीहरूलाई 'मोहरबेह' अर्थात् ईश्वरविरुद्ध युद्ध छेडेको, आतङ्ककारी समूहको सदस्यता लिएको र सार्वजनिक सम्पत्ति नष्ट…
Read More
अछाममा एक वर्षमा ४५ सवारी दुर्घटना

अछाममा एक वर्षमा ४५ सवारी दुर्घटना

अछाम : पछिल्लो एक वर्षमा अछाममा ४५ वटा सवारी दुर्घटना भएका छन् गत आर्थिक वर्षमा भएका उक्त दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन्। विज्ञापन जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला छन्। दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् भने ६७ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गराएको छ। ‘‘सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही हो,’’ ट्राफिक कार्यालय प्रमुख पदम सिंह महराले भने। महराका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने दुई हजार आठ सय ४२ वटा सवारी साधनहरुलाई कारबाही गरिएको छ।…
Read More
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

११ साउन, काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था…
Read More
गाउँ फर्केर गरे डेढ करोड लगानी, भन्छन्– ३० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेँ

गाउँ फर्केर गरे डेढ करोड लगानी, भन्छन्– ३० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेँ

यसपालि मेघनाथ अर्यालले विद्युतीय मोटरबाट खोलाको पानी तानेर एकै दिनमा सय रोपनी खेतमा धान रोपे। गुल्मीको धुर्कोट गाउँपालिका–६, रजस्थलका किसान मेघनाथले यही साउन ३ गते रोपाइँ गरेका हुन्। रोपाइँका दिन खेतमा तीन वटा ट्र्याक्टर चलेका थिए। रोपाहार १०२ जना र खनखोरस गर्ने ठिँगारे १७ जना गरी जम्मा ११९ जना श्रमिक थिए। मेघनाथको घर रजस्थल गाउँमा र खेत अलि पर सिस्तुङ भन्ने ठाउँमा छ। उनको खेतमा रोपाइँका दिन सिंगो सिस्तुङ उल्लासमय बनेको थियो। एकातिर खेतमा चलिरहेका ट्याक्टर र पम्पिङ सेटको आवाज, अर्कातिर स्थानीय बाजाको तालमा कलाकारहरूले गाएको गीत। खेतमा रोपाहार र ठिँगारेको नाच पनि चलेको थियो। मेघनाथले पाँच वर्षदेखि आफ्नो ७२ रोपनी र स्थानीय एक जनाको २८ रोपनी…
Read More
एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

एक वर्षमा साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

कैलालीः गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। विज्ञापन आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ५३ हजार चार सय ६८ जना आन्तरिक पर्यटकले टीकापुर पार्कको अवलोकन गरेका हुन्।   टीकापुर नगरपालिकाको मातहतमा रहेको टीकापुर पार्कबाट नगरपालिकाले गत आवमा रु ९३ लाख ४४ हजार चार सय १०  राजस्व सङ्कलन गरेको छ । आ.व. २०८०/८१ मा नगरपालिकाले पार्कबाट रु ६३ लाख ९७ हजार एक सय ७५ राजस्व सङ्कलन गरेको थियो। विज्ञापन टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द केसीले दिएको जानकारीअनुसार गतवर्ष दुई लाख १८ हजार दुई सय ८ जना स्वदेशी पर्यटकले पार्कको अवलोकन गरेका थिए। जसबाट…
Read More
मीनकृष्ण महर्जन भन्छन् :  मुख्यमन्त्री लामाले नैतिकताको आधारमा दलको नेताबाट राजीनामा दिनुपर्छ

मीनकृष्ण महर्जन भन्छन् : मुख्यमन्त्री लामाले नैतिकताको आधारमा दलको नेताबाट राजीनामा दिनुपर्छ

हेटौँडा । बागमती प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ । प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको पक्षमा समर्थन जनाउँदै पदबाट राजीनामा दिएका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले २०५६ सालमा कृष्णप्रसाद भट्टराईको प्रसङ्ग स्मरण गराउँदै मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुपर्ने बताएका हुन् । कांग्रेस संसदीय दलको नेता परिवर्तनको पक्षमा उभिएर मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले शुक्रबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएर ह्वाट्स एपबाट राजीनामा पत्र पठाएका थिए भने मुख्यमन्त्री लामाले उनलाई पदबाट…
Read More