22
Jul
'अध्यक्ष ओली आफ्नै विचारबाट पछि फर्कनुभयो, म राष्ट्रपति हुँदा घरमा खुसीयाली थिएन' पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने बताएकी छन्। पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर नेकपा (एमाले) केन्द्रीय कमिटीमा घनघोर छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपतिले प्रष्ट रूपमा भनिन्- म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ। उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साउन ४ गते भेटेको प्रसंगबाट कुराकानी सुरू गरेकी थिइन्। त्यसअघि उनले नयाँ वर्षका अवसरमा आफूले शुभकामना सन्देश दिएको र त्यसले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली चिढिएकोसमेत बताइन्। ‘म…






