Skip to main content

धनगढी न्यूज

Day: February 19, 2026

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं : नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन्। उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे। पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।थाहा खबर बाट साभार
Read More
बजारमा सजिलै पाइँदैन केरा : छोइ नसक्नु छ मूल्य

बजारमा सजिलै पाइँदैन केरा : छोइ नसक्नु छ मूल्य

काठमाडौँ :  चाडपर्वका बेला नेपालमै उत्पादित केराले माग धान्ने भन्दै उत्पादक किसानहरूले आग्रह गरेपछि भारतबाट केराको आयातमा कडाइ गरियो। चाडबाडलगत्तै सुरु भयो जाडो मौसम, जुनबेला सामान्यतः केराको माग र भाउ दुवै घट्ने गर्थ्यो तर यसपटक त्यसो भएन, न बजारमा प्रशस्त केरा आयो, न त मूल्य सामान्य भयो। व्यापारीहरू भारतबाट केरा नआएकाले अभाव रहेको बताउँछन्। बल्खु नजिक कुलेश्वर क्षेत्रमा पुग्दा पाँच पसल चहार्दा एउटामा पकाउन राखेको केराको घरी देखियो। पाकिनसकेको केरा, जुन देख्दा आकर्षक पनि थिएन र व्यापारीका अनुसार त्यो नेपाली केरा थियो। ‘चिसोले गर्दा होला पाकिनहाल्ने, कोसा साना छन्, एक दुई दिनमा पाक्ला’‚ बेच्नै नचाहेका व्यापारी भन्दै थिए, ‘केरा आउनै छाड्यो, बल्ल…
Read More
कृषिमा कांग्रेस : परियोजना धितोमै ऋण, उत्पादन जिम्मा सरकारलाई

कृषिमा कांग्रेस : परियोजना धितोमै ऋण, उत्पादन जिम्मा सरकारलाई

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने निर्वाचन लक्षित गर्दै आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ भन्ने मूल नारासाथ सार्वजनिक गरिएको उक्त घोषणापत्रमा कांग्रेसले कृषिलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मान्दै यस क्षेत्रको कायापलट गर्न आगामी १० वर्षलाई ‘कृषि लगानी दशक’ का रूपमा मनाउने योजना अघि सारेको छ । कांग्रेसले परम्परागत निर्वाहमुखी खेतीलाई आधुनिक उद्यममा रूपान्तरण गर्दै किसानलाई सम्मान र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । कांग्रेसले कृषि क्षेत्रमा राज्यको लगानी बढाउन तिनै तहका सरकारको बजेटमा यसलाई प्राथमिकतामा राखेको छ । घोषणापत्र अनुसार अब स्थानीय सरकारले आफ्नो कुल बजेटको १५ प्रतिशत…
Read More
आज ७६औँ प्रजातन्त्र दिवस

आज ७६औँ प्रजातन्त्र दिवस

काठमाडौं  :आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल…
Read More
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा झण्डै ५ हजार नेपाली कार्यरत

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा झण्डै ५ हजार नेपाली कार्यरत

७ फागुन, लन्डन । संयुक्त अधिराज्य (यूके) को इंग्ल्याण्डमा काम गर्ने नेपाली नर्सहरुको संख्या वृद्धि भएको छ । नोभेम्बरमा प्रकाशित जुन २०२५ सम्मको तथ्यांक अनुसार, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत नेपालीको संख्या ४ हजार ६६७ पुगेको छ । राष्ट्रियताका हिसावले नेपाली १५ औं स्थानमा छन् । एनएचएस डिजिटलको तथ्यांकमा पहिलो स्थानमा ब्रिटेन छ जसमा ११ लाख ९७ हजार ४२१ ब्रिटिश नागरिकले एनएचएसमा काम गर्छन् भने ७९ हजार ४०६ संख्यासहित भारतीय दोश्रोमा पर्छन् । तेस्रो ४० हजार ५७५ सहित नाइजेरियाली र चौंथोमा ३५ हजार ५४३ संख्यासहित फिलिपिनो छन् । पाँचौँमा १३ हजार ८ सय ४४ आइरिस नागरिक छन् ।…
Read More
राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

राणा शासन अन्त्य गर्न विदेशी स्वास्थ्यकर्मीहरूको त्यो योगदान

वि.सं.२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएर प्रजातन्त्रको स्थापना भयो । त्यसैले यस दिनलाई हामीले विशेष दिनका रूपमा महत्वका साथ सम्झने गर्ने गर्छौँ । २००७ सालको राजनीतिक परिवर्तन ल्याउनमा रानजीतिक पार्टी, राजा त्रिभुवन र सचेत नेपाली जनताको प्रत्यक्ष संलग्नता थियो । यसमा भारतीय पक्षले पनि सहयोग गरेको थियो । तर पर्दापछाडि रहेर त्यस राजनीतिक परिवर्तनलाई सहयोग गर्ने व्यक्तित्वहरू थुप्रै थिए । इतिहासमा उनीहरूको खासै चर्चा भएको छैन । राणा शासन अन्त्यको अभियानमा केही विदेशी स्वास्थ्यकर्मीहरूले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूबारे खासै चर्चा भएको पाइँदैन १.एरिका ल्युक्ट्याग एरिका ल्युक्ट्याग जर्मन फिजियोथेरापिस्ट हुन् । हिटलरको निरंकुशताका कारण उनी…
Read More