20
Feb
काठमाडौं : आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावलाई लक्षित गरेर कांग्रेस, एमाले, नेकपा, रास्वपासहित प्रायः सबै दलहरूले सावर्जनिक गरेको घोषणापत्रमा आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाएको छ। दलहरूले ल्याएको घोषणापत्रमा मुलुकलाई सुशासनको बाटोमा डो-याउँदै आर्थिक समृद्धिको मार्गमा डोर्याउने योजनाहरू अघि सारिएको छ। नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपासहितका दलहरूले ल्याएको घोषणापत्रमा अर्थतन्त्रलाई जोडतोडले घोषणापत्रमा समेट्न खोजिएको छ। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा उदार, उत्पादनमुखी, न्यायमुलक अर्थतन्त्रको अबधारणालाई अघि सारेको छ। २०४६ सालपछि नेपाली कांग्रेसले शुरु गरेको पहिलो पुस्ताको आर्थिक सुधारले निरन्तरता पाएको भए आज नेपालीको प्रतिव्यक्ति आय २५०० डलर नाघिसक्ने थियो। सशस्त्र द्वन्द्व र अस्थिरताका कारण गुमेको त्यही ‘आर्थिक लाभ’ पुनः प्राप्त गर्न…






