Skip to main content

धनगढी न्यूज

Day: February 25, 2026

गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुधबार सर्लाही-४ पुगेर सम्बोधन गरेका छन् । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन् यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक जितेका अमरेशकुमार सिंहलाई रास्वपाले गगनविरुद्ध उतारेको छ । यही कारण सर्लाही-४ यसपटकको निर्वाचनको ‘हटसिट’ पनि हो । सर्लाही-४ मा पुगेर मतदातालाई सम्बोधन गर्दा रास्वपा सभापति लामिछानेले कांग्रेस सभापति थापामाथि आक्रोश पोखे । नामै नलिएर उनले थापालाई ‘मधेशको बेटा’ भन्दै सर्लाही आएको टिप्पणी पनि गरे । ‘मलाई थाहा छ अमरेश जी जित्नुहुन्छ । तर, यदि यो ठाउँमा अमरेश जी नभएपनि एउटा मधेशको मान्छे जित्थ्यो, मधेशीले…
Read More
चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

चुनावको मुखमा रास्वपा छोडेर कांग्रेस फर्किएका यी नेता

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेससँग असन्तुष्ट भएर विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका धेरै नेता-कार्यकर्ता पुनः कांग्रेसमै फर्केका छन् । उनीहरूले विशेष महाधिवेशनबाट कांग्रेस परिवर्तन भएकोले रास्वपा परित्याग गरी पुरानै दलमा फर्किएको जिकिर गरेका छन् । रास्वपा स्थापनाकालीन मूल्य, मान्यताविपरीत चल्न थालेकोले पार्टी परित्याग गरेको उनीहरूको भनाइ छ । उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सनको नाममा पैसा उठाएर फरक तरिकाले उम्मेदवार चयन गरिएको भन्दै उनीहरूले चरम असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको सिद्धान्त र विधान कुल्चिएर निर्णय हुने गरेको एवं आर्थिक अनियमितता भएको आरोप रास्वपा परित्याग गर्नेहरूले लगाएका छन् । चुनावी प्रचारकै क्रममा जिल्लादेखि प्रदेशसम्मका उच्च तहका नेताहरूले रास्वपा…
Read More
नारायणगढ कसरी बन्यो रास्वपाको गढ ?

नारायणगढ कसरी बन्यो रास्वपाको गढ ?

१२ फागुन, नारायणगढ । भरतपुर महानगरपालिका–११ का सीएम पौडेल नेपाली कांग्रेसमै फर्किएर चितवन–२ का उम्मेदवार मीना खरेललाई जिताउन सक्रिय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उनी निर्वाचन क्षेत्रीय सचिव थिए । तीन वर्षअघि पौडेलसँगै कांग्रेस छोडेका अरू चार जना भने रास्वपाका सभापति रवि लामिछानेलार्ई जिताउने अभियानमै छन् । ‘यो वडामा रास्वपा बनाउने हामी पाँच जना अगुवा थियौं, सीएम फर्केपनि अरू रास्वपामै छौं,’ स्थानीय रमेशबाबु विष्ट भन्छन् । रविले सचिवालय कार्यालय राखेको यो वडामा रास्वपाको बलियो प्रभाव छ । ‘पहिले हामी कांग्रेस नै हो, तर परिवर्तनलाई साथ दिने भनेर रास्वपा भयौं,’ विष्ट भन्छन् । ०७९ को स्थानीय चुनावसम्म विष्ट…
Read More
बदलिएको कांग्रेस अब आफ्नै धरातलमा उभिन्छ : गुरुराज घिमिरे

बदलिएको कांग्रेस अब आफ्नै धरातलमा उभिन्छ : गुरुराज घिमिरे

मोरङ : संघीय निर्वाचनको माहोल तातेको यो समयमा मतदाताको मनोभाव उम्मेदवारले र उम्मेदवारका एजेण्डा र दृष्टिकोण मतदाताले बुझ्ने प्रयास गरिरहेका छन्। उम्मेदवारको घरदैलो चलिरहेको छ। मतदाता उम्मेदवारलाई मूल्यांकन गरिरहेका छन्। यसै सन्दर्भमा मोरङ जिल्ला अन्तर्गतको निर्वाचन क्षेत्र नम्बर ४ मा का उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेसँग निर्वाचनका मुद्दा, स्थानीय अपेक्षा र पार्टीको समग्र राजनीतिक दृष्टिबारे थाहाखबरका लागि डाकमान राई र राजु पौडेलले गरेको कुराकानीको सम्पादित अंश : तपाईँ उम्मेदवार मात्रै होइन्, पार्टीको प्रमुख जिम्मेवार पदमा (महामन्त्री) पनि हुनुहुन्छ। त्यसकारण विशेष महाधिवेशनअघि र विशेष महाधिवेशन पछिको कांग्रेसमा के फरक छ? भदौ २३/२४ को अघिको नेपाल र पछिको नेपाल भनेर युग विभाजन भएको स्थिति छ। त्यस्तै स्थिति नेपाली कांग्रेसमा…
Read More
बाल यौन दुराचार मुद्दामा सर्वोच्चको फैसला : पीडक नाबालक भए पनि क्षतिपूर्ति अनिवार्य

बाल यौन दुराचार मुद्दामा सर्वोच्चको फैसला : पीडक नाबालक भए पनि क्षतिपूर्ति अनिवार्य

काठमाडौँ । सर्वोच्च अदालतले बालबालिका संलग्न जबरजस्ती करणी (बाल यौन दुराचार) मुद्दामा नयाँ नजिर स्थापित गरेको छ । सर्वोच्चले ‘अपराध गर्ने व्यक्ति (पीडक) नाबालक नै भए पनि उसले अपराधबाट पीडितलाई तिर्नुपर्ने क्षतिपूर्तिबाट उन्मुक्ति नपाउने’ फैसला सुनाएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले जबरजस्ती करणी सम्बन्धी एक मुद्दामा तल्लो अदालतका फैसलाहरूलाई उल्ट्याउँदै पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो । यस फैसलाले फौजदारी न्याय प्रणालीमा पीडकको उमेरभन्दा पीडितको न्याय र राहतलाई प्राथमिकता दिएको छ । कपिलवस्तुमा २०७४ साल असार २३ गते १३ वर्ष ८ महिनाका एक बालकले ७ वर्षीया…
Read More
निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो। सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन्। त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ। सेतोपाटी बाट साभार
Read More
०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारको निर्णय

१३ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । ‘वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने,’ उनले भने । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।अन्लाईन खबर बाट साभार  
Read More
४० अर्ब निक्षेप खिच्दै राष्ट्रबैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्रबैंक

काठमाडौँ : नेपाल राष्ट्रबैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दै छ। अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्रबैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप ७७ खर्बभन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। बोलकबोलमा राष्ट्रबैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँड गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। निक्षेप…
Read More