09
Apr
काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको हो। उनीहरू सहोदर दाजुभाइ हुन्। इमाडोलमा पनि उनीहरूको घर छ। पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न जाँदा त्यसअघि कहिल्यै नभेटेका युवकले उनीहरूलाई छुरा प्रहार गरेका हुन्। गलत नम्बरमा फोन जाँदा विवाद बढेपछि छुरा प्रहार गरेर उनीहरूको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। चैत २५ मा मध्याह्न १२ बजेतिर नेम्बाङ दाजुभाइ र अरू दुई जना पाटन र मङ्गलबजार क्षेत्रमा घुम्न गए। सँगै जानेमा काका नाता पर्ने एक जना…






