Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2290 Posts
अर्थले वित्तीय समानीकरण अनुदान कतौती गरेपछि बिच्कियो वित्त आयोग

अर्थले वित्तीय समानीकरण अनुदान कतौती गरेपछि बिच्कियो वित्त आयोग

१८ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा वित्तीय समानीकरण अनुदान कतौतीको निर्णय गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बिच्किएको छ । आयोगले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण सिफारिस गर्ने व्यवस्था आयोगमा निहीत रहेको स्पष्ट पारेको छ । साथै प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने अधिकार समेत आयोगमा रहेको बताएको छ । सो अधिकार प्रयोग गरी आयोगले सिफारिस गरेको अनुदान कतौतीको निर्णय अर्थ मन्त्रालयले गरेसँगै आयोग बिच्चिएको हो । चालु आवका लागि आयोगबाट भएको सिफारिस र संसदबाट पारित बजेट अनुसारको रकम हस्तान्तरण गर्न आयोगले अर्थ मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण…
Read More
पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

१८ फागुन, नेपालगञ्ज । ठूलो भनिएका पार्टीमै मधेशी नेताले टिकट पाउन छाडेपछि बुझ्नुपर्छ, मधेशवादी आन्दोलनको मर्म, शक्ति र औचित्य अब पश्चिम तराईमा रहेन। आजभन्दा १९ वर्षअघि मधेश आन्दोलनको विस्फोट हुँदा सलाईको पहिलो काँटी बाँकेले कोरेको थियो। मध्य तराई, जहाँका आठ जिल्ला मधेश प्रदेशका रूपमा अंकित हुन पुगेका छन्, त्यहाँ त्यसको उत्कर्ष देख्न पाइएको थियो। नेपालमा आज संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली संविधानकै आधारस्तम्भ भएर बसेको छ। यो मधेश आन्दोलनकै देन थियो। नेपालगञ्जले त्यसलाई शानदार थालनी गराइदिएको थियो। तर मधेश आन्दोलनको इपिसेन्टरको रूपमा रहेको नेपालगञ्ज सहित यो बाँके जिल्लाका निर्वाचन क्षेत्रहरूमा नेपाली कांग्रेस, नेकपा र रास्वपा जस्ता प्रमुख दलबाट मधेशी…
Read More
मध्यपूर्वमा ट्रम्पको अहिलेसम्मकै सबैभन्दा ठुलो ‘जुवा’

मध्यपूर्वमा ट्रम्पको अहिलेसम्मकै सबैभन्दा ठुलो ‘जुवा’

इरानमाथि आक्रमण गर्दै त्यहाँका सर्वोच्च नेताको हत्या गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ठुलो दाउ खेलेका छन्: त्यो हो, अमेरिकी सैन्य बलको प्रयोग गरेर मध्यपूर्वको नक्सा बदल्ने, जसमा विगतका राष्ट्रपतिहरू असफल भएका थिए। यदि अमेरिकाले हवाई आक्रमणको भरमा मात्रै इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न र तेहरानमा सत्ता परिवर्तन गर्न सफल भयो भने ट्रम्पले यसलाई युगान्तकारी जितको रूपमा दाबी गर्नेछन्। यद्यपि, इस्लामिक गणतन्त्रको अन्त्यपछि त्यहाँ के हुन्छ भन्नेबारे वासिङ्टनसँग कुनै स्पष्ट योजना देखिँदैन। तर, पेन्टागनले ‘अपरेशन इपिक फ्युरी’ नाम दिएको यो सैन्य प्रहार असफल भयो वा यसले क्षेत्रीय युद्धको रूप लिएर अमेरिका लामो समयसम्म फस्नुपर्ने अवस्था आयो भने, ट्रम्पको विरासतमा…
Read More
आज मध्यरातिदेखि माैन अवधि सुरु हुँदै

आज मध्यरातिदेखि माैन अवधि सुरु हुँदै

काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन। त्यसैले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन्। मौन अवधि आज मध्यराति १२ बजेदेखि सुरु भएर मतदानको नसकिएसम्म लागु हुन्छ। मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। शान्त वातावरणमा निर्वाचन गर्न, अनि उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण बनाउन मौन अवधिको व्यवस्था गर्ने प्रचलन छ। मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि शान्त हुने भएकाले…
Read More
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदानका लागि लाइन बस्नुनपर्ने

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदानका लागि लाइन बस्नुनपर्ने

काठमाडौंः निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ। आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलगायतले सहज मतदान गर्नेगरि व्यवस्थापन गरिएको जनाएको हो। निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिइन्। उनले भनिन्, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृत र सुक्ष्म अनुगमनको व्यवस्था गरेका छौं, कुनैपनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्नेकुरामा आयोग दृढ रहेको र सोहीअनुसार नै मतदान केन्द्र तथा मतदान स्थलको व्यवस्थापन गरेकाछौं।’ आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान…
Read More
इरान–इजरायल संघर्षका बीच संसारभर कच्चा तेलको मूल्यमा उछाल

इरान–इजरायल संघर्षका बीच संसारभर कच्चा तेलको मूल्यमा उछाल

बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य लगभग नौ प्रतशित बढेर ७९.३० डलर प्रति ब्यारेल आसपास थियो । यस्तै नायमेक्स झण्डै ८.५ प्रतिशतको वृद्धिका साथ ७२.७० डलर प्रति ब्यारेलको आसपास रह्यो । ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल तेलका दुई प्रमुख प्रकारका कच्चा (क्रुड) तेल हुन् । यी दुवैको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक रूपमा व्यापार हुन्छ । तेलको मूल्य निर्धारणका लागि यिनीहरूले मानक विन्दुका रूपमा काम गर्छन् । इरान र इजरायलबीच संघर्ष जारी छ । दुवै देशहरू एक–अर्कामाथि हमला गरिरहेका छन् । सबैभन्दा पहिलो इजरायल र अमेरिकाले शनिबार बिहान इरानमाथि हमला गरेको थियो । अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च…
Read More
कांग्रेसका ‘सदाकालीन लाभार्थी’हरूको आत्मघाती मौनता

कांग्रेसका ‘सदाकालीन लाभार्थी’हरूको आत्मघाती मौनता

नेपाली राजनीतिको मियो मानिने नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा रोचक मोडमा उभिएको छ। यो मोड केवल सत्ता प्राप्तिको प्राविधिक लडाइँ मात्र होइन, पार्टीभित्र दशकौँदेखि जकडिएको ‘जडता’ र भर्खरै मौलाउँदै गरेको ‘नवीनता’ बीचको एक भीषण वैचारिक महासङ्ग्राम हो। फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसभित्रका केही नेताहरूले जुन किसिमको रहस्यमयी सन्नाटा र दृश्यहरू देखाएका छन्, त्यसले उनीहरूको राजनीतिक भविष्य कता जान्छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ। विशेषगरी पार्टीका ती अनुहारहरू, जसले दशकौँसम्म सत्ता र शक्तिको ‘तर’ मात्र मारे र पार्टीलाई आफ्नो निजी पेवा सम्झे, उनीहरूको मौनताले कांग्रेसभित्रको अन्तर्घात र प्रतिशोधको कुरूप चित्रलाई छर्लङ्ग पारेको छ। विश्व राजनीतिक इतिहासलाई फर्केर…
Read More
एस.पी.ए कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर

एस.पी.ए कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर

एस.पी.ए. कलेज र CloudTech Solutions बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ। एसपिए कलेजको २७औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सम्झौता गरिएको हो । विगत १२ वर्षदेखि आईटी क्षेत्रमा कार्य गर्दै आएको कम्पनी क्लाउडटेकले अबदेखि S.P.A College मा अध्ययनरत BITM का विद्यार्थीहरूलाई प्रत्येक सेमेस्टरमा अतिरिक्त व्यावसायिक तालिम तथा प्रोफेशनल कोर्सहरू प्रदान गर्ने भएको छ। यस पहलले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप विकास गर्ने अवसर प्रदान गर्नेछ। समझदारीअनुसार विद्यार्थीहरूले क्लाउडटेकका देशभर रहेका विभिन्न शाखाहरूमा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, उनीहरूको कार्यसम्पादनका आधारमा रोजगारी समेत उपलब्ध गराइनेछ। यस सहकार्यपछि आईटी विद्यार्थीहरू विभिन्न आधुनिक प्रविधि, प्रोग्रामिङ, AI, डिजिटल समाधान तथा उद्योगसँग प्रत्यक्ष…
Read More
खाडीका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्नेछौँ : नेपाल सरकार

खाडीका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्नेछौँ : नेपाल सरकार

काठमाडौँ : सरकारले अरबका विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नेपालीलाई त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाएको बताएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको हो। ‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन। अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए। मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए।थाहा खबर बाट साभार
Read More
भ्रष्टाचार अन्त्यका लागि मतदाताले मलाई जिताउनुहुन्छ : कमल थापा [अन्तरवार्ता]

भ्रष्टाचार अन्त्यका लागि मतदाताले मलाई जिताउनुहुन्छ : कमल थापा [अन्तरवार्ता]

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो र भेटघाटमा व्यस्त छन्। प्रचारप्रसारको अन्तिम घडीमा दलहरू आफ्ना एजेण्डा र प्रतिबद्धता मतदातासमक्ष राख्दै समर्थन जुटाउने प्रयासमा छन्। यही सन्दर्भमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ- ५ का उम्मेदवार कमल थापासँग चुनावी अभियान, क्षेत्र परिवर्तन, सम्भावित गठबन्धन, राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा तथा समसामयिक राजनीतिक अवस्थाबारे थाहाखबरकर्मी डाकमान राईले गरेको कुराकानीको सम्पादित अंश- घरदैलो कार्यक्रम सकियो कि बाँकी छ?  घरदैलो करिब करिब सकिसकेको छ। भोलि राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाइने भएको हुनाले हामी तीव्र गतिले भेटघाटमा नै व्यस्त छौँ। घरदैलो अब सक्दै गर्दा निष्कर्ष के रह्यो?  म अत्यन्तै उत्साहित छु। यसपटक जनताले परिवर्तन खोजेका छन्।…
Read More