Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2290 Posts
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने निश्चित

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने निश्चित

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद २५ दिन थप भएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो,’ सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने। यसअघि सरकारले आयोगको म्याद २० दिन म्याद थप गरेको थियो। आयोगको म्याद माघ २८ गते सकिँदै थियो। म्याद थप भएसँगै अब फागुन २४ सम्ममा आयोगले सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ।…
Read More
सर्वोच्चको व्याख्या : अन्तिम फैसला सधैं निर्विकल्प हुँदैन

सर्वोच्चको व्याख्या : अन्तिम फैसला सधैं निर्विकल्प हुँदैन

काठमाडौं । सर्वोच्च अदालतले अन्तिम फैसला भइसकेका मुद्दामा पनि गम्भीर कानुनी त्रुटि वा प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको पाइएमा ‘असाधारण अधिकार क्षेत्र’ (रिट) अन्तर्गत सुनुवाइ हुन सक्ने नजिर स्थापित गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बेकुलक्ष्मी श्रेष्ठको निवेदनमा सुनुवाइ गर्दै आफ्नो आदेशमा न्यायको मान्य सिद्धान्त ’डक्ट्रिन अफ फाइनालिटी’ को चर्चा गरेको छ । सामान्यतया कुनै मुद्दामा माथिल्लो अदालतसम्म पुनरावेदन गरेर वा ‘दोहोर्‍याइ हेर्ने’ प्रक्रिया सकिएपछि त्यसलाई ‘अन्तिम फैसला’ मानिन्छ र त्यो विवाद सधैंका लागि सकिएको ठानिन्छ । यसलाई कानूनी भाषामा न्यायिक अन्तिमता (डक्ट्रिन अफ फाइनालिटी) भनिन्छ । तर सर्वोच्चले यसका केही अपवाद…
Read More
ओलीलाई ‘गुइँठा’ नै भारी

ओलीलाई ‘गुइँठा’ नै भारी

विराटनगर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि आफू निर्वाचन लड्दै आएको झापा–५ सफा सुग्घर रहेको र त्यहाँ महोत्तरी, धनुषाजस्तो गुइँठा बाल्ने अवस्था नभएको बताएका थिए । ओलीका ती अभिव्यक्ति उनी आफैँलाई भारी पर्ने देखिएको छ । ओलीले केही समय अगाडि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफ्नो क्षेत्रमा गुइँठा बाल्ने अवस्था नभएको आशय व्यक्त गरेका थिए । ‘दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एड्भान्स छ,’ उनले आफ्ना प्रतिस्पर्धी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति इङ्गित गर्दै भनेका थिए, ‘सफा–सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा...…
Read More
नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्डविरूद्धको खेल

नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्डविरूद्धको खेल

आइसिसी टी-२० विश्वकप २०२६ मा जित नजिक पुगेर पनि नेपालले इंग्ल्यान्डविरूद्धको खेल गुमाएको छ। समूह 'सी' को आफ्नो पहिलो खेलमा भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले इंग्ल्यान्डविरूद्ध ४ रनले खेल गुमाएको हो। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन चाहिदा ५ रन मात्र जोड्न सक्यो भने कुनै बाउन्ड्री प्रहार गर्न सकेन। नेपालका ओपनरद्वय आशिफ शेख ७ रन र कुशल भुर्तेल २९ रनमा आउट भए। आशिफ र भुर्तेलबीच पहिलो विकेटका लागि ३.५ ओभरमा ३७ रनको साझेदारी गरे। यो विश्वकपमा नेपालको अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि नेपालका लागि सन् २०१४ मा सागर…
Read More
तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ। फागुन २१ गते हुने मतदान स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको तयारी तीव्र छ। निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ। सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको छ। प्रत्यक्षतर्फ शुक्रबारसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ। समानुपातिक तर्फको मतपत्रको छपाइ यसअघि नै सकिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइएको छ। शनिबारसम्म मतपेटिका पनि तयार भइसकेको आयोगले जनाएको छ। आयोगका कर्मचारीहरूले मतपेटिकाहरूलाई जिल्ला जिल्लामा पठाउनका लागि तयारी अवस्थामा राखेका छन्। केही जिल्लामा शनिबार नै मतपेटिका पठाइएको छ। सेतोपाटी बाट साभार हेर्नुस् तस्बिरमाः  
Read More
इस्लामावादमा नमाज भइरहेको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

इस्लामावादमा नमाज भइरहेको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो। घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि देशमै भएको सबैभन्दा घातक आक्रमण हो। त्यसबेला उत्तर–पश्चिमी शहर पेशावरको एक मस्जिदमा भएको विस्फोटमा एक सयभन्दा बढी मानिस मारिएका थिए। शुक्रबार विस्फोट हुँदा मस्जिदमा ४०० जनाभन्दा बढी मानसहरू रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। ‘हामीले नमाज सुरु गरेका थियौं, त्यत्तिकैमा गोली चलेको आवाज आयो, त्यसपछि…
Read More
प्रलोपाका उम्मेदवार सन्तोष विष्टको चुनावी एजेण्डा, गाँजा खेतीलाई वैधानिकता

प्रलोपाका उम्मेदवार सन्तोष विष्टको चुनावी एजेण्डा, गाँजा खेतीलाई वैधानिकता

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट मकवानपुर–२ बाट उम्मेदवार बनेका सन्तोष विष्टले गाँजा खेतीलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा क्षेत्र नं. २ का मतदातासमक्ष विष्टले चुनावी एजेन्डा प्रस्तुत गरेका हुन् । मकवानपुर–२ मा किसानका मुख्य समस्या गाँजा खेती रहेकाले कानुनी दायरामा ल्याएर खुला गर्नुपर्ने उनले बताएका छन् । ‘यहाँ हाम्रो किसानहरूले गाँजा खेती गर्नुहुन्छ । गाँजा औषधीय गुणको रूपमा प्रयोग गरिन्छ भनेर वैज्ञानिक रूपमा पुष्टि भएको छ। तर यहाँ  प्रतिबन्धित लागुऔषधको रूपमा जनतालाई दुःख दिने काम भइरहेको छ’, उनले भने, ‘राज्यद्वारा यहाँ लगभग हरेक हप्ता एक न एक जनालाई समातेर जेलमा लाने गरेको छ । सबैले ओठे…
Read More
सगरमाथाले खाएका म्यालोरी : शताब्दीपछि पुनः उत्खनन

सगरमाथाले खाएका म्यालोरी : शताब्दीपछि पुनः उत्खनन

‘सगरमाथा यसै-उसै हेर्दा त केवल हिउँको थुप्रो जस्तो मात्र छ । तर फरासिलो भएर हेर्ने हो भने केवल आफ्नो विशाल उचाइले मात्र पनि यो अत्यन्त आकर्षक छ, विशाल छ, सुन्दर छ, गज्जबसँग निर्मित छ, र त्यसकारण डरलाग्दो गरी भव्य छ । यो केवल हिमाल मात्र होइन, सबैले आदर र सम्मान गर्नुपर्ने प्राकृतिक धरोहर हो । यसको चहक र चमक-धमक हेर्दै यसको आधारभूमिमा उभिन पाउनु नै पनि सर्वाधिक अलौकिक अनुभूति हो । …सगरमाथा चढ्ने कुरा जति जोखिमयुक्त छ, त्यति नै रहरलाग्दो गरी आकर्षक पनि छ ।’ यो भनाइ उनै जर्ज म्यालोरीको हो जो एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण…
Read More
आयोगले सोध्यो ३४ स्पष्टीकरण, २४ दल र उम्मेदवारले दिए जवाफ

आयोगले सोध्यो ३४ स्पष्टीकरण, २४ दल र उम्मेदवारले दिए जवाफ

काठमाडौँ : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताए। भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताए। आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ। भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ। प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा…
Read More
तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ । कांग्रेस र नेकपाले तालमेलको प्रस्ताव अस्वीकार गरेपछि खासखास क्षेत्रमा चुनावी तालमेल गर्ने एमाले अध्यक्ष केपी ओलीको चाहाना पुरा नहुने भएपछि एमालेलाई अप्ठेरो पर्ने देखिएको हो । ‘खासखास क्षेत्रमा एमालेले चुनावी तालमेलको प्रस्ताव गरेको थियो तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको छ’, नेकपाका नेता प्रकाश ज्वालाले रातोपाटीसँग भने, ‘पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले एमालेको प्रस्तावमा नलाग्ने भन्नु भएको छ ।’ प्रचण्ड र माधवले एमालेबाट आएको तालमेलको प्रस्तावबारे केही दिन अघि बैठकमा ब्रिफिङ गर्दै तालमेल नगर्ने निष्कर्ष…
Read More