धनगढी न्यूज

अन्तर्राष्ट्रिय

एसिया कपमा नेपालको ऐतिहासिक जित

एसिया कपमा नेपालको ऐतिहासिक जित

महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि…
Read More
नेपाल विशेष प्राथमिकताको साझेदार : प्रधानमन्त्री मोदी

नेपाल विशेष प्राथमिकताको साझेदार : प्रधानमन्त्री मोदी

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्‍याउन र दुवै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको शुभकामना सन्देशमा जनाउनुभएको छ । प्रधानमन्त्री ओलीको नेतृत्व र बहुमूल्य अनुभवले दुई मित्र राष्ट्रबिचको व्यापक सहकार्य सकारात्मक दिशामा अघि बढ्ने र यो दुवै देशका जनताका लागि लाभदायक हुने विश्वास प्रधानमन्त्री मोदीले सन्देशमा व्यक्त गर्नुभएको छ । भारतको ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपाल विशेष प्राथमिकताको साझेदार रहेको उल्लेख गर्दै सन्देशमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकार नेपालको आर्थिक समृद्धि र विकास प्राथमिकताको खोजीमा स्थिर…
Read More
अमेरिकी राष्ट्रपतिमाथि भएका आक्रमण

अमेरिकी राष्ट्रपतिमाथि भएका आक्रमण

न्यूयोर्क : अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गत आइतबार एउटा र्‍यालीका क्रममा गोली प्रहार भयो। गोली ट्रम्पको दाहिने कानमा लागेर निस्कियो। आक्रमणमा एक व्यक्तिको मृत्यु भयो भने दुईजना घाइते भए। ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको गम्भीर गल्ती मानिएको छ। एफबीआईका अधिकारीहरूले गोली चलाउने २० वर्षका थोमस म्याथ्यु क्रुक्सको तत्काल हत्या गरिएको बताएका छन्। अमेरिकाको राजनीतिक इतिहासमा कुनै राजनेताको ज्यानै जाने गरी आक्रमण भएको यो पहिलो घटना होइन। यसअघि पनि अमेरिकाका अन्य राष्ट्रपतिहरूमाथि यसप्रकारका आक्रमण भइसकेका छन्। आक्रमणमा ज्यान गुमाएका राष्ट्रपतिहरू ​जोन एफ.केनेडी : केनेडी अमेरिकाका ३५ औं राष्ट्रपति थिए। सन् १९६३ नोभेम्बर २५ मा उनको गोली हानी हत्या गरिएको थियो। एउटा खुला कारमा डल्लसको यात्रामा निस्किएका वेला उनीमाथि गोली…
Read More
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

काठमाडौं– फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो । यसअघि उनले आजै मेडिकल समेत गरेका थिए । रियल म्याड्रिडले आजै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरु समक्ष प्रस्तुत गरेको छ । २५ बर्षिया एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् । मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि…
Read More

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । लिसान्द्रो मार्टिनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकलपछि प्राप्त मौकामा उनले गोल गरेका थिए । ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका कारण गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो । सन्‌१९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन…
Read More
स्पेनलाई युरो कप उपाधि

स्पेनलाई युरो कप उपाधि

एजेन्सी – स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी कोल पालमर रहेका थिए । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई…
Read More
अर्जेन्टिनाले कोपा अमेरिका उपाधिका लागि कोलम्बिया विरुद्ध भिड्ने

अर्जेन्टिनाले कोपा अमेरिका उपाधिका लागि कोलम्बिया विरुद्ध भिड्ने

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि रक्षा गर्नका लागि फाइनलमा कोलम्बिया विरुद्ध खेल्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वे माथि १-० को जित निकालेसँगै अर्जेन्टिनाको फाइनल प्रतिद्वन्दी टुंगो लागेको हो । कोलम्बियाका लागि ३९औं मिनेटमा जेफर्सन लर्माले प्रहार गरेको हेडर नै पर्याप्त बन्यो । पहिलो हाफको अन्त्यमा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो हाफ १० जनाले खेलेको कोलम्बियाले गोल भने खाएन । उता उरुग्वेले भने धेरै मौकाहरु सदुपयोग गर्न सकेन । बराबरी गोलको नजिक धेरै पटक पुगेपनि उरुग्वे फाइनल खेल्नबाट वञ्चित भएको छ । फाइनल खेल अब सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले…
Read More
इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्यान्डले युरो-२०२४ मा बुधबार नेदरल्यान्ड्सलाई २–१ ले हराएर फाइनल प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ । इंग्ल्यान्ड प्रतियोगिताको फाइनल पुगेको यो लगातार दोस्रो पल्ट हो । डर्टमन्डमा भएको यसपल्टको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले जाभी सिमोन्सको गोलले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो । यो अग्रता लामो समय टिकेन् र इंग्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीबाट बराबरी गोल फर्काए । केनले १८ औं मिनेटमा गोलपछि खेल बराबरीको स्थितिमा रह्यो र प्रतिस्पर्धा अतिरिक्त समय जाने सम्भावना बढेको थियो । तर वाटकिनसले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट निर्णायक गोल गरे र इंग्ल्यान्डलाई जित दिलाए । अब इंग्ल्यान्डसामु…
Read More

युरो २०२४ : फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा

स्पेनले युरो २०२४ मा मंगलबार फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो । अब फाइनलमा स्पेनले इंग्ल्यान्ड अथवा नेदरल्यान्ड्सको सामना गर्नेछ । स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् । म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो । फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो । आइतबार हुने…
Read More
‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् । काठमाडौँ — सुरुमा कथा बुझ्नै गाह्रो छ । के भइरहेको र किन भइरहेको छ भन्नेमै अलमल छ । त्यसैले सुरुमा दिक्क पनि लाग्न सक्छ । तर एकपल्ट बुझेपछि यो सिनेमाले दिने रोमाञ्चकता बेग्लै छ । कुरा ‘कल्की २८९८ एडी’ को हो । अहिले यो सिनेमाबारे चारैतर्फ चर्चा चलिरहेको छ । प्रत्येक दिन कमाइ बढ्दै छ । खासमा यो तेलगु भाषाको सिनेमा हो । यसलाई अरू भाषामा अनुवाद पनि गरिएको छ र त्यसमा हिन्दी प्रमुख…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×