22
Dec
धनगढीः दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माण गर्न विषयमा नेपाल र भारतीय पक्षबिच विवाद भएको छ। दार्चुला सदरमुकाम क्षेत्रमा भारतीय पक्षले नेपालतर्फ महाकालीको धार फर्काउन लाग्दा विवाद भएको हो। भारतीय पक्षले दार्चुला सदरमुकामको गल्फै क्षेत्रमा नदी नेपालतर्फ फर्काएको छ भने नेपालतर्फको श्रीबगर क्षेत्रमा तटबन्ध निर्माण गर्न अवरोध गर्दै आएको छ। विज्ञापन भारतीय पक्षले श्रीबगर क्षेत्रमा काम रोकेपछि नेपाली पक्षले गल्फै क्षेत्रमा भारतीय पक्षको कामलाई अवरोध पुगाएका छन्। नदी डाइभर्सन गर्न प्रयोग भएको भारतीय एक्स्काभेटर नेपाली भूमिमा प्रवेश गरेको छ। भारतीय पक्षले नेपाली भूभाग भारततर्फ पर्ने गरी तटबन्ध निर्माण र नदी डाइभर्सन गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका छन्। महाकाली नदीमा भारतीय थिचोमिचो…






