धनगढी न्यूज

अन्तर्राष्ट्रिय

आफ्ना बोइङ विमानहरूको इन्धन स्विच जाँच गर्दा समस्या नपाइएको एयर इन्डियाको खुलासा

आफ्ना बोइङ विमानहरूको इन्धन स्विच जाँच गर्दा समस्या नपाइएको एयर इन्डियाको खुलासा

एयर इन्डियाले आफ्ना बोइङ विमानहरूको इन्धन स्विचमा केही पनि समस्या नपाइएको जनाइएको छ। गत महिना भारतको अहमदावादमा भएको एयर इन्डियाको जहाज दुर्घटनाको अनुसन्‍धानमा इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू बन्द भएको देखिएपछि भारतले आफ्ना वायुसेवा कम्पनीहरूलाई बोइङ जहाजको इन्धन स्विच जाँच गर्न निर्देशन नै दिएको थियो। एयर इन्डियाले आफ्ना सबै बोइङ विमानहरूको जाँच गर्दा इन्धन स्विचमा केही पनि समस्या नभेटिएको भनेको छ। १२ जुनमा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडेको केहीबेरमै मेघनीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त  भएको थियो।एयर इन्डियाको त्यो बोइङ ७८७ ड्रिमलाइनर जहाजमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये २४१ जना र आवासीय क्षेत्रका सर्वसाधारण समेत गरी २७०…
Read More
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । 'यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद–अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,' इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।उनलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ । सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतङ्कवादी…
Read More
अक्टोबर ७ को हमास हमलापछि मध्यपूर्वको शक्ति सन्तुलनमा आएको उथलपुथल

अक्टोबर ७ को हमास हमलापछि मध्यपूर्वको शक्ति सन्तुलनमा आएको उथलपुथल

आणविक हतियार कार्यक्रम रोक्न अमेरिकाले पनि इरानमाथि हमला गरेको छ। इसराइलले १० दिनअघि गरेको आक्रमणलाई सघाउन अमेरिकाले आइतबार फर्दोसहित तीनवटा इरानी आणविक भट्टीमा प्रहार गरेको हो। मध्यपूर्वको यो युद्ध शृंखलाको सुरूआत सन् २०२३ अक्टोबर ७ मा भएको थियो, जब हमासले इसराइलमाथि हमला गर्‍यो।उक्त हमलापछि जे–जस्ता घटनाक्रम विकसित भए, त्यसले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो उथलपुथल ल्याएको छ।मौसम विज्ञानमा 'बटरफ्लाई इफेक्ट' भन्ने एउटा सिद्धान्त छ, जसले भन्छ — संसारको एउटा कुनामा पुतलीले पखेटा हल्लाउँदा हावामा पर्ने प्रभावले अर्को ठाउँमा आँधी ल्याउन सक्छ।हमासले इसराइलमाथि गरेको हमला पुतलीले पखेटा हल्लाएजस्तो साधारण घटना थिएन। त्यो घटनाले मध्यपूर्वको शक्ति सन्तुलनमा यति धेरै परिवर्तन ल्याउँछ भन्ने हमास, इसराइल वा अरू कसैले पनि सोचेका थिएनन् सायद। तर त्यही घटनाले मध्यपूर्वमा एकपछि अर्को प्रभाव…
Read More
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ।   अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिएका छन्, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिएका छन्। सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए।इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ। इरानले तेल अभिवका बासिन्दाहरूलाई…
Read More
नेपालले बिर्सन नसक्ने १००‌औं टी-२० अन्तर्राष्ट्रिय खेल

नेपालले बिर्सन नसक्ने १००‌औं टी-२० अन्तर्राष्ट्रिय खेल

सन् २०१४ को जुन २८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो। नेपालले आइसिसी टी-२० विश्वकप २०१४ मा उत्कृष्ट प्रदर्शन गरेपछि टी-२० मान्यता दिइएको थियो। यद्यपि नेपालले टी-२० मान्यता पाउनुअघि नै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको थियो। किनभने आइसिसीले सन् २०१४ को टी-२० विश्वकपका सबै खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गरेको थियो। सो विश्वकपमा हङकङविरूद्ध खेलेको पहिलो खेल नेपलको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। बंगलादेशमा भएको सो खेलमा नेपाल ८० रनले विजयी भएको थियो। तर, सन् २०१६ को टी-२० विश्वकपमा छनोट हुन असफल भएपछि नेपालले जुलाई २०१५ मा यो मान्यता गुमाउन पुग्यो।आइसिसीले सन् २०१९ को…
Read More
ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'बेस्ट फ्रेन्ड' भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही दिनयता आफ्ना मित्रसँग रूष्ट देखिन्छन्। पुटिनले युद्ध रोक्न अस्वीकार गर्दै युक्रेनमाथि आक्रमण तीव्र बनाएपछि दिक्क भएका ट्रम्पले केही दिनयता उनीविरूद्ध कडा अभिव्यक्ति दिन थालेका छन्। पुटिनले युक्रेनी सहरहरूमा मिसाइल र ड्रोन प्रहार गरेर अनावश्यक रूपमा मान्छे मारिरहेको औंल्याउँदै ट्रम्पले गत आइतबार उनलाई 'पागल' समेत भने। 'उनले धेरै मानिस मारिरहेका छन्,' ट्रम्पले भने, 'मलाई थाहा छैन, उनलाई के भएको छ।' पुटिनले त्यसपछि पनि युक्रेनमाथि प्रहार गर्न नरोकेपछि ट्रम्पले सोमबार भने, 'पुटिनले के महसुस गरेका छैनन् भने म नभएको भए रूसलाई धेरै नराम्रो भइसक्थ्यो। मेरो मतलब अत्यन्तै नराम्रो! उनी आगोसँग खेलिरहेका छन्।'पुटिनसँग ट्रम्पको मित्रता उनी राष्ट्रपति हुनुअघिदेखिको हो। उनीहरूको यो सम्बन्धलाई पुरूषहरूबीचको घनिष्ठ मित्रता जनाउने 'ब्रोमान्स' भनिन्छ। राजनीतिमा आउनुअघि ट्रम्प रियल स्टेट व्यापारी र रियालिटी…
Read More
लखनउलाई हराएको आरसीबी पहिलो क्वालिफायरमा

लखनउलाई हराएको आरसीबी पहिलो क्वालिफायरमा

लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्समाथि ६ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इण्डियन प्रिमियर लिग आइपीएलको पहिलो क्वालिफायरमा पुगेको छ।   खनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा २ सय २८ रनको विशाल लक्ष्य आरसीबीले १८ दशलमव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। आरसीबीको जितमा कप्तान जितेश शर्मा र विराट कोहलीले अर्धशतकीय इनिङ खेले। कप्तान शर्माले ३३ बलमा ८ चौका र ६ छक्काको सहयोगमा अविजित ८५ रनको योगदान गरे। कोहलीले ३० बलमा १० चौका सहित ५४ रन जोडे। मंयक अग्रवाल २३ बलमा ५ चौकाको सहयोगमा ४१ रनमा नट आउट रहे। पाँचौ विकेटका लागि कप्तान शर्मा र अग्रवालले १ सय ७ रनको…
Read More
अमेरिकामा आठ लाख ५० हजार आप्रवासीको बिचल्ली हुँदै, कति छन् नेपाली?

अमेरिकामा आठ लाख ५० हजार आप्रवासीको बिचल्ली हुँदै, कति छन् नेपाली?

काठमाडौं : अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासी समस्यामा पर्ने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै उनीहरू केही महिनापछि अवैध हुने भएका हुन्। टीपीएस वाहकलाई अमेरिकाभर काम गर्ने अनुमति प्राप्त हुँदै आएकोमा ट्रम्प प्रशासनको खारेजीको निर्णय गरेसँगै ती आप्रवासी आफैँ स्वदेश फर्किनुपर्नेछ वा अमेरिकाले अवैध आप्रवासीसरह व्यवहार गरेर जबर्जस्ती स्वदेश फर्काउनेछ। टीपीएस वाहकले अमेरिकी अध्यागमन विभागसमक्ष आफ्नो स्थितिका बारेमा प्रत्येक वर्षजस्तो पुनः दर्ता गर्नुपर्छ। तर हाल पुनः दर्ताको प्रक्रिया रोकिएको छ।
Read More
भारतमा छात्राको रहस्यमय मृत्युः राष्ट्रियसभाले गरायो सरकारको ध्यानकर्षण

भारतमा छात्राको रहस्यमय मृत्युः राष्ट्रियसभाले गरायो सरकारको ध्यानकर्षण

काठमाडौँः राष्ट्रियसभाले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रियसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले लम्सालको रहस्यमय मृत्युका बारेमा प्रश्न उठाएपछि अध्यक्ष नारायण दाहालले सभाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले भने, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’ साथै उनले कलेजमा अध्ययनरत नेपाली छात्र छात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेका छन्। दलम्सालको सोमबार मृत्यु भएको थियो।दिनेश खबर बाट साभार  
Read More
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

धनगढी : रियल मड्रिडलाई ५–२ ले  पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।  खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। ३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×