धनगढी न्यूज

बागमती

रास्वपाले सदन अवरोध जारी राखेपछि प्रमुख दलसँग छलफलमा सभामुख

रास्वपाले सदन अवरोध जारी राखेपछि प्रमुख दलसँग छलफलमा सभामुख

काठमाडौं : रास्वपाले संसद अवरोध जारी राखेपछि के कसरी अघि बढ्ने भन्ने सन्दर्भमा सभामुख देवराज घिमिरेले अहिले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्।  छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन्। सभामुखले संसदमा जारी अवरोध खुलाउने विषयमा आजै गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग अलग छलफल गरेका थिए। ​ यसैबीच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद् प्रवेश गरेकोबारे सभामुखको ध्यानाकर्षण गराएका छन्।…
Read More
संसदमा रास्वपाको अवरोध कायमै, बैठक स्थगित

संसदमा रास्वपाको अवरोध कायमै, बैठक स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पनि सदनमा अवरोध जारी राखेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै निरन्तर सदन अवरोध गर्दै आएको हो । मंगलबार बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय सभामुखले दिए । धारणा राख्दै उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीले देशको शिर अन्तर्राष्ट्रिय स्तरमै निहुरिएको धारणा राखिन् । साथै उनले यसमा छानबिन गर्न आफूहरूले माग गर्दा रोष्ट्रमबाट धम्क्याइएको भन्दै आत्ति पनि जनाइन् । त्यहीबिचमा सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापति जनाए। उनले मानव तस्करीविरुद्ध विरोध गर्न रास्वपा सांसदले…
Read More
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अध्ययन संस्थानमा परिणत हुँदै

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अध्ययन संस्थानमा परिणत हुँदै

काठमाडौँ :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्न विधेयकको मस्यौदा तयार पारेको छ।   स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि नै मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक स्वीकृति लिई विधेयक मस्यौदा तयार गरी कानुन तर्जुमा सहमतिका लागि कानुन मन्त्रालय पठाएको थियो। कानुन मन्त्रालयले आफ्नो काम सकेर उक्त विधेयकको मस्यौदालाई स्वास्थ्य मन्त्रालय पठाएपछि मन्त्रालयले आफ्नो तरिकाले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्ने विधेयकको मस्यौदा तयार गरेर सार्वजनिक गरेको हो।मन्त्रालयले विधेयकको मस्यौदा सार्वजनिक गरेसँगै उक्त मस्यौदामाथि सुझाव दिन सार्वजनिक सूचना समेत जारी गरेको छ। जसमा मन्त्रालयले १५ दिनभित्र विधेयकको मस्यौदामाथि सुझाव दिन समेत आग्रह गरेको छ। हाल सार्वजनिक भएको उक्त विधेयकको मस्यौदा अनुसार छुट्टाछुट्टै ऐनबाट सञ्चालित चिकित्सा…
Read More
असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर

काठमाडौँ : असार ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ। सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिए।साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ। उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए। साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनका लागि आगामी असार ५, ६ र ७ गते तोकिएको सभामुख घिमिरेले जानकारी दिए।थाहा खबर बाट साभार
Read More
धवल शमशेर अदालतमा उपस्थित

धवल शमशेर अदालतमा उपस्थित

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।  यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए । २०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।रतोपती बाट साभार
Read More
जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

जेब्रा क्रसिङ मिचेर रोकिन्छन् गाडी, पैदल यात्रुले कहाँबाट काट्ने बाटो ?

काठमाडौं : ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ। जेब्रा क्रसिङको लाइन शुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ। ट्राफिक नियमको उल्लंघन गरेमा जरिवाना लाग्ने सूचना पनि ठाउँठाउँमा टाँगिएका हुन्छन्। त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन्। जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ। जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी हेरिरहेका देखिन्छन्। अझ कुनै-कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै बस रोकेर यात्रु चढाएको समेत देखिन्छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख…
Read More
भूमे पर्व मनाउँदै मगर समुदाय

भूमे पर्व मनाउँदै मगर समुदाय

मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा। सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजदेखि तीन दिनसम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ। वर्षायामको सुरुवातसँगै खाद्यबालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन स्वरूप भूमि पूजा गर्ने गरिन्छ। पृथ्वीमा कुनैपनि प्रलय नआउने जनविश्वासका कारण भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गरिन्छ। प्राकृतिक तथा दैवी प्रकोप रोक्न भूमे पर्वको महत्त्व रहेको छ।थाहा खबर बाट साभार
Read More
संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजी

संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजी

प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् ।सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।रतोपती बाट साभार
Read More
रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन, बानेश्वरबाट आठ जना पक्राउ, तस्वीरहरू

रेविकाको न्यायका लागि विद्यार्थीको प्रदर्शन, बानेश्वरबाट आठ जना पक्राउ, तस्वीरहरू

गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन्। प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन्। आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन्।थाहा खबर बाट साभार
Read More
धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र (तस्वीरहरू)

धादिङको थाक्रेमा पुल भ्वाङ परेपछि यात्रु अलपत्र (तस्वीरहरू)

१३ जेठ, धादिङ। थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेर यातायात ठप्प भएपछि यात्रु अलपत्रमा परेका छन् । पुलमा भ्वाङ परेर पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द गन्तव्यतर्फ हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका हुन् । बाटो अवरुद्ध भएपछि केही यात्रुहरु भने आफ्ना झोला बोकेर गन्तव्यतर्फ लम्किँदै अगाडि बढ्न थालेका छन् । पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि वारितर्फका गाडी वारि नै र पारीतर्फका सवारीहरु पारी नै छन् । जसकारण हिँडेर पुल क्रस गरेर केही यात्रुहरु भने पारि तर्फका गाडी चढेर गन्तव्यमा जाने तरखरमा अघि बढेका छन् । पुलमा क्षति भएर आवगमन पूर्ण रुपमा रोकिएकाले डाइभर्सनको काम सुरु गरिएको बागमती प्रदेश…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×