Skip to main content

धनगढी न्यूज

धनगढी विशेष

कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि निःशुल्क साइकल वितरण

कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि निःशुल्क साइकल वितरण

धनगढी : कैलालीका ३० किसानलाई तरकारी बिक्रीका लागि साइकल वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र कैलालीले ३० जना महिला किसानहरूलाई साइकल, एक तराजु, २ वटा क्यारेट र कार्डहरू वितरण गरिएको हो। विज्ञापन कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले पाँच लाख २८ हजार मूल्य बराबरका सामाग्री वितरण गरिएको बताए। उनले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापामार्फत सामाग्री वितरण गरिएको बताए। उनले भने, “घर–घरमा तरकारी पुगाउने दिदी बहिनीहरूलाई पेसागत मर्यादा र प्रोत्साहनका लागि निःशुल्क वितरण गरेका हौ।” कृषि ज्ञान केन्द्र, कैलालीले २४ जना एकल महिलालाई निःशुल्क साइकल, एक तराजु, दुई क्यारेट…
Read More
एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

एसपीए कलेजका निशान्त ‘मिस्टर नेपाल २०२५’ मा सहभागी

कैलालीको धनगढीस्थित एसपीए कलेजमा बिएचएम अध्ययनरत निशान्त बुढाऐर 'मिस्टर नेपाल २०२५' मा सहभागी भएका छन् । कृष्णपुर नगरपालिका ७, कलुवापुर घर भएका निशान्त पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२५’ मा सहभागी हुने भएका हुन् । आफ्नो व्यक्तित्व, शारीरिक तन्दुरुस्ती, बौद्धिक क्षमता र सामाजिक उत्तरदायित्व प्रदर्शन गर्ने अवसर यस प्रतियोगितामार्फत प्राप्त गर्ने गरिन्छ । प्रतियोगिताको मुख्य उद्देश्य प्रतिभाशाली र जिम्मेवार युवालाई पहिचान गर्नुका साथै स्वास्थ्य, फिटनेस र अनुशासनको महत्व समाजमा प्रवर्द्धन गर्नु पनि हो। बिएचएम चौथो सेमेष्टरमा अध्ययनरत निशान्त हस्पिटालिटी क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएर पनि उनी टाइटल नजिक पुग्ने प्रबल सम्भावना रहेको विश्वास राख्दै एसपीए कलेजका बिएचएम विभागिय प्रमुख रविन्द्र परियारले शुभकामना…
Read More
धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल

धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल

धनगढीः सहरी विकासले धनगढी डुबाउने वर्षातको पानी मोहना नदीमा फाल्ने योजना सफल भएको बताएको छ। धनगढी उपमहानगरपालिका–२ र ३ को ६ लेन सडकको दुबै क्षेत्रमा निर्माण थालिएको नालीमा पानी बगेको हो। विज्ञापन माघ ९ गतेबाट निर्माण सुरु भएको नालीमा बर्सातको पानी बगेको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले बताएको छ। तर, निर्माणको ३५ प्रतिशत मात्र काम मात्र पूरा भएको छ। मोहना नदीदेखि धनगढी चौराहसम्मको ६ लेन सडकमा दोहोरो नाली निर्माणको काम पूरा नहुँदै बर्सातको पानी बगेको सहरी विकासका इन्जिनियर पुष्प भट्टले बताए। उनले भने, “हामीले पानी बग्नेसम्मको नाली बनाएका थियौ। यो बर्सातमा पानी बगेको छ। वर्षा…
Read More
एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक महिना नपुग्दै विभिन्न ठाउँमा उप्किएको थियो । गोदावरी नगरपालिका वडा नम्बर- ६ स्थित लालपुर र ८ स्थित स्याउलेमा गत असारमा गरिएको कालोपत्रे उप्किएको थियोे । ती ठाउँहरुमा निर्माण कम्पनीले कालोपत्रे उप्किँदा दुई ठाउँमा गरी करिब ४ सय मिटर उक्त सडकमा खाल्डुखुल्डी बनेका छन् । उप्किएको भागमा निर्माण कम्पनीले फेरि टालटुल गरिरहेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले कालोपत्रे उप्किएको ठाउँमा निर्माण कम्पनीले मर्मत गरिरहेको बताए…
Read More
कैलाली कारागारमा आफन्त भेट्नेको भीड

कैलाली कारागारमा आफन्त भेट्नेको भीड

धनगढी : कैलाली कारागारमा आफन्तहरु भेट्नेको भीड लागेको छ। जिल्ला कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको हो। विज्ञापन कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो। आफन्तले शनिवार पनि भेटघाट गरेका थिए। घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको आज कारागारमा लाइन नै लागेको थियो। शुक्रवार मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गरेका थिए। सो घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो। ४७ जना कैदी घाइते छन्।कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरूका आफन्तहरूको…
Read More
कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश

कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश

कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ कैलाली । कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारमा सुरक्षाकर्मीको टोली हतियारसहित प्रवेश गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित मानव अधिकार आयोगको टोली पनि कारागार प्रवेश गरेको छ । प्रशासन स्रोतका अनुसार, अहिले मानव अधिकार आयोगको टोलीले काम गरिरहेको छ । “मानव अधिकारको टोलीले काम गरिरहेको छ । प्रहरी त्यहाँको सुरक्षाका लागि हतियारसहित गएको हो,” । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले कारगारको अवस्था सामान्य बनेको जानकारी दिए । शुक्रबार भएको हिंसात्मक घटनापछि प्रहरीले कारागारभित्र प्रवेश गर्न सकेको थिएन । ब्लक ‘ए’का कैदीबन्दीले…
Read More
धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढी: धनगढीस्थित सुदूर पश्चिमााञ्चल एकेडेमी(एसपिए) बाट भखरै प्रकाशित कक्षा १२ को एसएलसी परीक्षाको नतिजामा यस क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११/१२ मा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा र कानून संकायमा अध्ययन हुने उक्त एकेडेमीबाट यस वर्षको कक्षा १२ मा धनगढी क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले बताउनुभयो । विभिन्न संकाय अन्तर्गत विज्ञान संकायमा १३७ जना , व्यवस्थापन संकायमा २५६ , होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी , शिक्षा र कानून संकायमा ५१ जना गरी कूल जम्मा ५४८ जना विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका…
Read More
धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

कैलालीको धनगढीमा Hungry Mouth नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरस्थित एक्सिस विद्याश्रम (प्लस टु) नजिक उक्त रेष्टुरेन्ट अवस्थित छ । धनगढीकै दुई युवा उद्यमी नेत्र राज पाण्डे र तिर्थ कठायतले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा अहिले उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । गुणस्तरिय परिकारसँगै प्रशस्त पार्किङ्ग क्षेत्र , एकान्त शान्त बस्ने वातावरण सहित छिटो छरितो सेवा प्रदान गरिरहेको हुँदा आफूहरु यहाँ आउने गरेको स्थानिय उपभोक्ताले बताएका छन् । "शुक्रबार विशेष" अन्तर्गत केही नौलो परिकार बनाएर उपभोक्तालाई फरक स्वादसहित सत्कार गरिदै आएको सञ्चालक पाण्डेले बताए । घरमै रेष्टुरेन्टका परिकारको स्वाद लिन चाहनेहरुका लागि माग अनुसार होम…
Read More

कैलालीमा झोलुङ्गे पुलले डुङ्गा विस्थापित

बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ धनगढी। बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ । मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो । मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए । नदी वारपार गर्न ठुलो कष्ट भोग्दै आएका ती गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको गाउँका भलमनसा शीतलदास चौधरीले बताए । पुल नबनेसम्म सबैभन्दा बढी दुःख विद्यार्थी, बिरामी, गर्भवतीले भोग्दै आएका थिए । बर्खामा बाढी आएपछि डुङ्गा चलाउन नसकेका…
Read More
“धनगढीको “ड्रिम फाप्ला” अर्काे पञ्चेश्वर नबनोस”

“धनगढीको “ड्रिम फाप्ला” अर्काे पञ्चेश्वर नबनोस”

धनगढीः कैलालीको धनगढीमा रहेको फाप्ला क्रिकेट रङ्गशाला तथा खेलग्रामको भौतिक निर्माणको काम अगाडी बढ्नेमा आसङ्का व्यक्ति गरिएको छ। नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नै “ड्रिम फाप्ला”को सपना पूरा हुनेमा आशङ्का व्यक्त गरेका हुन्। विज्ञापन धनगढीमा आइतवार पत्रकार सम्मेलनमा उनले “ड्रिम फाप्ला” अर्को पञ्चेश्वर बनाउन खोजिएको आरोप लगाएका छन्। सुदूरपश्चिम प्रदेशका नेताहरुले लामो समयदेखि पञ्चेश्वर जलविद्युत् परियोजना निर्माण गर्ने भन्दै आश्वासन दिने गरेको भएपनि पूरा नभएको बताउदै चन्दले फाप्लामा क्रिकेट रङ्गशालाका पूर्वाधार निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्ला क्रिकेट रङ्गशाला र खेलग्रामका लागि २६ अर्ब बढी बजेटको आवश्यकता देखिएकाले निर्माणमा आशङ्का व्यक्त गरेका हुन्। उनले फाप्लामा क्रिकेट रङ्गशाला मात्र…
Read More