Skip to main content

धनगढी न्यूज

धनगढी विशेष

धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ का सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको छ। गत वर्षदेखि पुष्पखेती गरिरहेकी बिष्टले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन्। बिष्टले दसैंदेखि नै फूल तथा माला बिक्री गर्न थालेकी हुन्। डेढ विघामा लगाइएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने किसान सुशीला बिष्टले बताइन्। उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन्। ’यो वर्ष हामीले डेढ बिघामा पुष्पखेती गरेका छौँ,’ उनले भनिन्, ‘दसैंदेखि नै फूल बिक्री गर्न थालेका छौँ र तिहारलाई लक्षित गरेर पाँच किसिमको सयपत्री तयार भइरहेको छ।’ फूल अन्यत्र पठाउन…
Read More
एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज ‘एजुकेसन लिडर अवार्ड २०२४ बाट पुरस्कृत

एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज ‘एजुकेसन लिडर अवार्ड २०२४ बाट पुरस्कृत

धनगढी : धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी, एस.पी.ए कलेका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ‘एजुकेसन अर्वाड २०२४’ बाट पुरस्कृत भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न एक समारोहका बिच सक्सेस मिडिया र यात्रा प्लस संस्थाले एस.पी.ए. का क्याम्पस प्रमुखलाई पुरस्कृत गरेको हो । सक्सेस मिडिया र यात्रा प्लसको आयोजनामा सम्पन्न उक्त अर्वाड सेरीमनीमा हाल एस.पी.ए कलेजको क्याम्पस प्रमुखको भूमिका निर्वाह गर्दै शैक्षिक विकासमा अहम् भूमिका खेलेको, युग सुहाउँदो र प्रविधि मैत्री शिक्षा आजको आवश्यकतालाई मध्यनजर गर्दै कलेजमा एन.एम.एस.टी प्रविधि अङ्गाल्दै द्रुत प्रयोग लगायतका विभिन्न सकारात्मक सामाजिक कार्यक्रमहरू मार्फत आम जनमानसमा प्रविधि मैत्री एवं गुणस्तरीय शिक्षाको आवश्यकता बारे सचेतना फैलाउने जस्ता प्रशंसनीय कार्यहरू गरेको…
Read More
नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

नाकामा “नागरिक” लाई प्रहरी बाटै सास्ती

धनगढी । भारतबाट दसैं तिहारको अवसर पारेर घर फर्किरहेको सर्वसाधारणबाट सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले हैरानी मात्रै होइन घुस लिने गरेको पाइएको छ । भारतसँग जोडिने सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको धनगढी त्रिनगर क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीबाटै भारतबाट भित्रिने यात्रुले अनेक हैरानी खेपिरहनु परेको हो । भारतीय सुरक्षाकर्मीलाई अनाहकमा नगद बुझाउनुपर्ने, त्यसमाथि अनेक हप्कीदप्की सहन गर्दै आफ्नै देशको भूमिमा पुगेका उनीहरूमध्ये कतिपयले नेपाली सुरक्षाकर्मीलाई पनि अनावश्यक रूपमा नगद रकम बुझाउनुपर्ने बाध्यता रहेको बताएका छन् । बिहीबार भारतको दिल्लीबाट दसैं मनाउन घर फर्किंदै गरेका बाजुराको त्रिवेणी नगरपालिकाका शंकर विकको समूहले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीलाई ठाउँठाउँमा पैसा दिनु परेको बताएको छ ।…
Read More
कैलाली कञ्चनपुरबाट १० लाख बढीको अवैध सामान बरामद

कैलाली कञ्चनपुरबाट १० लाख बढीको अवैध सामान बरामद

प्रहरीले कैलाली कञ्चनपुरका छुट्टाछुटै पालिकाबाट १० लाख बढीको अवैध सामान बरामद गरेको छ । शुक्रवार धनगढी उपमहानगरपालिका – १९ पच्चिस घरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९० हजार बराबरको ट्याक्टरको ब्यरिङ ७१ थान सहित एक भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत लखिमपुर निनासन का २५ वर्षीय ईरफान खान रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले उनको साथबाट युपी ३१ ई ९२७३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । यसैबिच शुक्रबार नै धनगढी उपमहानगरपालिका – ३ ट्राफिक चौराहा र चटकपुर, धनगढी उपमहानगरपालिका – १० घुयाँघाट, धनगढी उपमहानगरपालिका – १२…
Read More
धनगढी बस्दै आएकी थापामगरको जबरजस्ती करणीपछि हत्या, २ जना पक्राउ

धनगढी बस्दै आएकी थापामगरको जबरजस्ती करणीपछि हत्या, २ जना पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ। डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो। धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो। कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवालाई आइतवार सार्वजनिक गरेको छ। जनक देउवाको घरमा २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले…
Read More
सुदूरपश्चिमको बजेटप्रति निजी क्षेत्र असन्तुष्ट

सुदूरपश्चिमको बजेटप्रति निजी क्षेत्र असन्तुष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। आइतबार नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेश, कैलाली च्याम्बर अफ कमर्श र सम्वृद्ध सुदूरपश्चिम अभियानले संयुक्त रुपमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रका कुरा कति पुरा कति अधुरा विषयमा निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। प्यानल डिस्कन, छलफल र अन्तक्रियामा सहभागि उद्योगी व्यवसायीले सुदूरपश्चिम प्रदेशको बजेटले निजी क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्। प्याप्सन केन्द्रिय उपाध्यक्ष जगवीर थापाले शिक्षा क्षेत्रमा प्रदेश सरकारले ठोसठोस रुपमा बजेट विनियोजन गर्न नसकेको बताएका छन्। निजी विद्यालयको हितमा हुने गरी बजेट आउन नसकेको उनले बताएका हुन्। सेती महाकाली इँटा व्यवसायी संघ कैलालीका…
Read More
सुदूरपश्चिममा २८६ टुक्रे तटबन्धनका योजनामा सवा ३२ करोड बजेट विनियोजन

सुदूरपश्चिममा २८६ टुक्रे तटबन्धनका योजनामा सवा ३२ करोड बजेट विनियोजन

धनगढीः सुदूरपश्चिममा नदी तटबन्धनका लागि सवा ३२ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ र १० लाख गरेर नदी तटबन्धन गर्न सवा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। टुक्रे योजनामा बजेट नहाल्ने बताएको सुदूरपश्चिम सरकारले २८६ तटबन्धका टुक्रे योजनाका लागि बजेट विनियोजन गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले कार्यान्वयन गर्ने योजनामा ५ लाख, १० लाख र २० लाख बजेट छुट्याइएको छ। १० लाख बजेटमा तटबन्धका सबैभन्दा बढी योजना पहाडी ७ जिल्लामा परेका छन्। टुक्रे योजनामा बजेट नहाल्ने घोषणा गरेको प्रदेश सरकारले तटबन्धका २८६ योजनामा ३२ करोड २२ लाख…
Read More