19
Feb
काठमाडौँ : चाडपर्वका बेला नेपालमै उत्पादित केराले माग धान्ने भन्दै उत्पादक किसानहरूले आग्रह गरेपछि भारतबाट केराको आयातमा कडाइ गरियो। चाडबाडलगत्तै सुरु भयो जाडो मौसम, जुनबेला सामान्यतः केराको माग र भाउ दुवै घट्ने गर्थ्यो तर यसपटक त्यसो भएन, न बजारमा प्रशस्त केरा आयो, न त मूल्य सामान्य भयो। व्यापारीहरू भारतबाट केरा नआएकाले अभाव रहेको बताउँछन्। बल्खु नजिक कुलेश्वर क्षेत्रमा पुग्दा पाँच पसल चहार्दा एउटामा पकाउन राखेको केराको घरी देखियो। पाकिनसकेको केरा, जुन देख्दा आकर्षक पनि थिएन र व्यापारीका अनुसार त्यो नेपाली केरा थियो। ‘चिसोले गर्दा होला पाकिनहाल्ने, कोसा साना छन्, एक दुई दिनमा पाक्ला’‚ बेच्नै नचाहेका व्यापारी भन्दै थिए, ‘केरा आउनै छाड्यो, बल्ल…






