Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

सुर भयो होली, वसन्तपुरमा चीर ठड्याइयो

सुर भयो होली, वसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं :  होली पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व शुरू भएको हो। आज बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएको छ। रङ्गीचङ्गी धजा झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो। त्यसपछि चीरलाई परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न थालिएको छ। गुरुजुको पल्टनले हर्षबढाइँ गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएपछि फागुन शुक्ल अष्टमीदेखि काठमाडौं उपत्यकालगायत देशभर होलीको रौनक शुरू हुन्छ। तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली…
Read More
रौतहट घटनामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक पक्राउ

रौतहट घटनामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक पक्राउ

९ फागुन, रौतहट । रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं. ६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व अध्यक्ष पनि हुन् । बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो । तर आज बिहानबाटै पुन: सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले रौतहटका विभिन्न क्षेत्रमा प्रशासनले…
Read More
प्रधानमन्त्री कार्कीको निर्देशन : निर्वाचनमा झडप र बहिष्कारकर्ताप्रति सतर्क रहनू

प्रधानमन्त्री कार्कीको निर्देशन : निर्वाचनमा झडप र बहिष्कारकर्ताप्रति सतर्क रहनू

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन्। उनले एक हप्ताभित्र फागु पूर्णिमा (होली) पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुमपूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन्। उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गरिन्। पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने बताइन्। यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उनले यस्ता बहिष्कारकर्ताहरूको…
Read More
बुटवल पुगिन् प्रधानमन्त्री, लुम्बिनी प्रदेशमा चुनावी तयारीबारे जानकारी लिने

बुटवल पुगिन् प्रधानमन्त्री, लुम्बिनी प्रदेशमा चुनावी तयारीबारे जानकारी लिने

काठमाडौँ : चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की बुटवल पुुगेकी छिन्। गण्डकी प्रदेशको भ्रमण सकेर प्रधानमन्त्री कार्की लुम्बिनी झरेकी हुन्। शनिबार उनले बुटवलमा चुनावी तयारी र सुरक्षा योजनाको विषयमा लुम्बिनी प्रदेशस्तरीय छलफल गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्री कार्कीले हिजे मुस्ताङसहित गण्डकी प्रदेशस्तरीय निरीक्षण र छलफल गरेकी थिइन्। त्यसअघि उनले कोशी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर, इटहरीलगायतका जिल्लामा पुगेर चुनावी तयारी अध्ययन गरी फर्किएकी थिए। थाहाखबर बाट साभार
Read More
‘देउवा नहुँदा विकल्पको ढोका खुल्यो’

‘देउवा नहुँदा विकल्पको ढोका खुल्यो’

डडेलधुरा । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू चुनाव प्रचार अभियानमा सक्रिय देखिन्छन् भने मतदातामा पनि केही संशय, केही आशा र केही विश्वास पाइन्छ । २०४८ साल यता हरेक संसदीय निर्वाचन (दुई वटा संविधान सभा निर्वाचनसहित)मा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यस पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छैनन् । देउवाले कांग्रेसको गढका रूपमा स्थापित गरेको यो जिल्लाले ३४ वर्षपछि देउवाविहीन चुनाव सामना गर्दैछ । निरन्तर निर्वाचित हुँदै आएका देउवा उम्मेदवार नबन्दा प्रतिस्पर्धी दलहरूमा एक प्रकारको उत्साह देखिन्छ भने कांग्रेसलाई यो जिल्लामा आफ्नो गढ कायम राख्न चुनौती बढेको छ ।…
Read More
दाङमा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्। गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको अनुसन्धानलाई निरन्तरता दिने क्रममा प्रहरीले यी दुई जनालाई नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिसकेको थियो। योसँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। प्रहरीका अनुसार हालसम्म पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ भने…
Read More
दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

९ फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको छ । रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो । कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्रप्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ । आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, एमाले अध्यक्षविरुद्ध असभ्य शब्दहरू प्रयोग गरी नारावाजी भएको हो वा होइन भन्ने बारे…
Read More
आर्थिक एजेण्डामा केन्द्रीत दलहरू: समृद्धिको दौडमा घोषणापत्र!

आर्थिक एजेण्डामा केन्द्रीत दलहरू: समृद्धिको दौडमा घोषणापत्र!

काठमाडौं : आसन्न फागुन २१ को प्रतिनिधि सभा चुनावलाई लक्षित गरेर कांग्रेस, एमाले, नेकपा, रास्वपासहित प्रायः सबै दलहरूले सावर्जनिक गरेको घोषणापत्रमा आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाएको छ। दलहरूले ल्याएको घोषणापत्रमा मुलुकलाई सुशासनको बाटोमा डो-याउँदै आर्थिक समृद्धिको मार्गमा डोर्‍याउने योजनाहरू अघि सारिएको छ। नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपासहितका दलहरूले ल्याएको घोषणापत्रमा अर्थतन्त्रलाई जोडतोडले घोषणापत्रमा समेट्न खोजिएको छ। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा उदार, उत्पादनमुखी, न्यायमुलक अर्थतन्त्रको अबधारणालाई अघि सारेको छ। २०४६ सालपछि नेपाली कांग्रेसले शुरु गरेको पहिलो पुस्ताको आर्थिक सुधारले निरन्तरता पाएको भए आज नेपालीको प्रतिव्यक्ति आय २५०० डलर नाघिसक्ने थियो। सशस्त्र द्वन्द्व र अस्थिरताका कारण गुमेको त्यही ‘आर्थिक लाभ’ पुनः प्राप्त गर्न…
Read More
स्वास्थ्य बीमा संकट : ७५ करोड रकमान्तर, १ अर्ब बाँड्ने तयारी

स्वास्थ्य बीमा संकट : ७५ करोड रकमान्तर, १ अर्ब बाँड्ने तयारी

८ फागुन, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेपछि स्वास्थ्य बीमा बोर्डलाई जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेको छ । बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेपछि मन्त्रालयले चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै उक्त रकम उपलब्ध गराएको हो । बोर्डका अनुसार पुस मसान्तसम्मको मात्रै सेवा प्रदायक अस्पताललाई तिर्न बाँकी दायित्व १२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । भुक्तानी नपाउँदा ठूला सरकारी अस्पतालहरू समेत आर्थिक संकटमा परेको जनाउँदै बीमा कार्यक्रमबाट हात झिक्न थालेपछि सरकार दबाबमा परेको थियो । स्वास्थ्यमन्त्री र अर्थसचिवबीच नोकझोक यही परिस्थितिमा…
Read More
एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं : नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन्। उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे। पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।थाहा खबर बाट साभार
Read More