08
Apr
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साता युद्धविरामको सहमति गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ। ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम गर्न राजी भएको बताएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका हुन्। मे महिनाका लागि डेलिभरी हुने डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ। कारोबारका क्रममा यो मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो। ट्रम्पले इरानलाई दिएको समयसीमा…






