Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

१००० दिन : सुकुम्बासीले लालपुर्जा पाउने डेडलाइन

१८ चैत, काठमाडौं । सरकारले ६० दिनभित्र देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण सम्पन्न गर्ने घोषणा गरेको छ । चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूमा एक हजार दिनभित्र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उल्लेख छ । सरकारको कार्यसूचीमा ‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या १००० दिनभित्र समाधान गर्न स्थानीय तहको समन्वयमा घर परिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड (कट अफ मिति, आयस्तर, अन्य सम्पत्ति स्वामित्व) लागु गर्ने, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्साङ्कन तथा जीआईएस आधारित डिजिटल…
Read More
एसईई २०८२ : जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण

एसईई २०८२ : जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण

१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए । ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ,’ एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने । जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा…
Read More
हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न- महामन्त्री पौडेल

हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न- महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकढिक्का राख्नुपर्नेमा जोड दिएका छन्। उनले एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका हुन्। देशका हरेक संकटमा पार्टी एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता हासिल गरेको बताएका छन्। ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्न भिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अपिल गरेका छन्। महामन्त्री पौडेलले पार्टीका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताएका छन्। ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ उनको भनाइ छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १४ औं…
Read More
कांग्रेसमा कलह : १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आज

कांग्रेसमा कलह : १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आज

काठमाडौं  : नेपाली कांग्रेस औपचारिक विभाजन उन्मुख भएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि नेपाली कांग्रेस औपचारिक फुटको संघारमा पुगेको हो। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति आमनेसामने भएको छ। पूर्वसभापति देउवा पक्षले आज १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ। तत्कालीन मुख्यसचिव कृष्ण पौडेलले बैठकमा उपस्थित हुन सबैलाई टेलिफोन गरेर बोलाएका हुन्। बैठक मंगलबार र बुधबार दुई दिनसम्म चल्ने छ। देउवा पक्षीय नेता रामहरि खतिवडाका अनुसार टेलिफोनबाट बैठकमा…
Read More
‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ’

‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ’

दुखान्त ! जे–जे नहुनु थियो, सबै भएको थियो । बेचैनी, निराशा र दुखान्तले हरेकको मन पिरोलिएको थियो । रगतको टाटो सुकेको थिएन, खरानीको थुप्रो सेलाएको थिएन, धुँवाको मुश्लो हराएको थिएन । कुनै एक्सन थ्रिलर सिनेमाको क्लाइमेक्सजस्तै थियो त्यो त्रासद याम । अनौठो सन्नटा र अनिश्चयको घडीमा सुस्ताएर बस्ने छुट थिएन, प्रहरीलाई । जसोतसो तंग्रिएर उनीहरू सडकमा आउनैपर्थ्यो, छरपस्ट सरसामन हटाउनैपर्थ्यो, हराएका मालमत्ता खोज्नैपर्थ्यो, भग्न संरचनामा पस्नैपर्थ्यो । आफ्नो ड्युटी जो छ, गर्नैपर्थ्यो । हिजो लखेटिएका र मारिएका साथीभाइ सम्झिएर उनीहरू हतासिएका त थिए । आफ्नो कार्यस्थल उजाडिएको देखेर उनीहरू विरत्तिएका त थिए । तर मन निचोरिएरै उनीहरू आ-आफ्नो ठाउँमा तैनाथ…
Read More
‘जय महाकाली, आयो गोरखाली !’

‘जय महाकाली, आयो गोरखाली !’

जय महाकाली, आयो गोरखाली विश्व जित्छु यसपाली डराउँदैन यो नेपाली हात हातमा राँको बाली फैलिन्छ यो नेपाली ।। … देखेर गोरखाली दुश्मनलाई पर्नेछ हृदयघात … चिनिन्छु हजारौंमा, जीत विश्व एक ठाउँमा राखुँला.. .. विश्व झुकी बोल्नेछ, हेर नेपाल रहेछ फरक नै ..विश्वमा झण्डा फहराउने छ एकदिन…। म जस्तै अरू पनि छन् भने चैं हाम्रो पुस्ताले र्‍याप कमै बुझ्छ । म परें गण्डकी क्षेत्रको; चुट्का, भजन, रोइला, घुमाउने भाका, ठाडो भाका, घँसिया गीत र श्लोकहरू सुनेर हुर्केको । त्यसकै वरपर जान्छ स्मृति अहिले पनि । जुग–जमाना बदलिए र एक जना र्‍यापर मुलुकको प्रधानमन्त्रीको पदमा आसीन भए त्यो पनि अहिलेसम्मकै लोकप्रिय जनसमर्थन सहित । र्‍यापबारे सुनेको र…
Read More
धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ

धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ

काठमाडौँ : धितोपत्रसम्बन्धी कसुरमा सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार अर्यालले कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरकफरक देखिएको उल्लेख छ। उक्त काम धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिएकाले पक्राउ गरिएको उनले बताए।थाहा खबर बाट साभार
Read More
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिस गरेको थियो । गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो । अन्लाईन खबर बाट साभार
Read More
सम्भव छ विद्यार्थी संगठनहरूको खारेजी ?

सम्भव छ विद्यार्थी संगठनहरूको खारेजी ?

१६ चैत, काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि आफ्ना ‘बोल्ड निर्णय’ र तिनको कार्यान्वयनका लागि बालेन शाह प्रशंसित र आलोचित दुवै हुँदै आइरहेका छन्। १३ चैतमा बालेनको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले १०० वटा कामको सूची स्वीकृत गरेको थियो। उक्त सूचीमा सरकारले ६० दिन भित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यक्रम पनि समावेश थियो। बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गर्‍यो। दलीय संगठनले शैक्षिक गुणस्तरको गिरावट रोक्नका लागि उक्त कदम चाल्ने संकेत दिएको हो। सरकारले यस्ता दलीय संगठनको वैकल्पिक प्रारूपको रूपमा ९० दिन भित्र गैरदलीय ‘विद्यार्थी काउन्सिल’ वा ‘स्टुडेन्ट भ्वाइस’ जस्ता वैकल्पिक संरचना स्थापना गर्ने योजना बनाएको छ। सामाजिक सञ्जालहरूमा धेरैजसो नागरिकले यस…
Read More
‘पपुलिजम’ कहाँबाट आउँदैछ ?

‘पपुलिजम’ कहाँबाट आउँदैछ ?

पश्चिमा लोकतन्त्रहरूमा लोकप्रियतावादी पार्टीहरूको जगजगी छ, तर अहिलेसम्म हामीले तिनीहरूको सफलताको कारणबारे चर्चा गर्न छुटाइरहेका छौँ । त्यसको पछाडि भद्रगोलबाट फाइदा उठाउने उच्चस्तरको उद्यमी–व्यापारिक मोडल छ । दक्षिणपन्थी पपुलिजमको ‘माग पक्ष’बारे हामीले मसिनो गरी पर्गेलिसकेका छौँ । अनगिन्ती सङ्ख्यामा भएका सर्भेक्षणहरूले भविष्यबारे निराश तथा अस्तव्यस्त राजनीतिप्रति असन्तुष्ट मतदाताहरू एवं वैकल्पिक नेताहरूले केही गर्न सक्छन् भन्ने आशा राख्नेहरूबारे विस्तारमा बताएका छन् । जसमा अर्थतन्त्र तथा सामाजिक सदभाव नै खत्तम पार्नसमेत सक्ने नीतिगत जोखिम लिन तयार मानिस पनि देखिएका छन् । पपुलिष्टहरूको ‘आपूर्ति पक्ष’ भने ज्यादै न्यून अध्ययन भएको छ । खासगरी पपुलिजमको सन्देश, त्यसलाई प्रचार गर्ने सञ्चारमाध्यम र आवश्यक पैसा कसरी…
Read More