Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस

८ वैशाख, काठमाडौं । सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक सुरक्षाको लागि अब्बल मानिने देशमा कसरी सहायता सेवाहरू नाकाम भइरहेको छ भन्ने अवस्था देखाउन यो घटनाले सहयोग गरेको विश्लेषण भइरहेको छ । न्यूज डट कम डट एयूमा प्रकाशित एक रिपोर्टका अनुसार, ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ‘कसैले पनि चाल नपाएपछि’ यो विषय बाहिर आएको हो। ‘द गार्जियन’ले महिनौँ लगाएर गरेको अनुसन्धानले कम्प्युटर साइन्स पढ्न अस्ट्रेलिया पुगेका, तर पछि दुःखद रूपमा सडकमा पुगेर सिड्नीको सेन्ट जेम्स सुरुङमा सुत्ने गरेका मकवानपुरका युवा विक्रम लामाको हृदयविदारक मृत्युको कथा बाहिर ल्याएको…
Read More
राप्रपाले बोलायो अनुशासन समितिको बैठक

राप्रपाले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनुशासन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिए । बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने उनको भनाइ छ । पार्टीभित्र विवाद बढिरहेको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीलाई लिएर प्रश्न उठाउँदै आएका छन् । विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र तरङ्ग उत्पन्न हुँदै आएको छ । सोसहित अनुशासनको दायराभित्र पर्ने समग्र विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ…
Read More
ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोली १ तृत राज दास २ देव खनाल ३ शङ्कर राना ४ ईशान पाण्डे ५ अरनिको यादव ६ विवेक राना मगर ७ अनिल कुमार साह ८ अर्जुन घर्ती मगर ९ नारायण जोशी १० रसिद खान ११ सन्तोष यादव १२ हेमन्त धामी १३ रिजन ढकाल १४ आकाश चन्द १५ विशाल पटेल १६ अर्जुन साउद १७ प्रतिष जी सी १८ कुशल मल्ल १९ युवराज खत्री २० विपिन खत्री २१ दिपेस कँडेल २२ शेर मल्ल २३ रुपेस सिंह २४ सुभ कंसकार…
Read More
अमेरिका–इरान वार्ता निष्कर्षबिहीन

अमेरिका–इरान वार्ता निष्कर्षबिहीन

काठमाडौंः अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास ग¥यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन।’ भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे। अमेरिकी टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ…
Read More
पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच १५ घण्टाभन्दा लामो प्रत्यक्ष वार्ता, महत्त्वपूर्ण विषयमा अझै मतभेद

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच १५ घण्टाभन्दा लामो प्रत्यक्ष वार्ता, महत्त्वपूर्ण विषयमा अझै मतभेद

२९ चैत, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो। तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ताहरू सुरु भएका हुन्। ४७ वर्षपछिको ऐतिहासिक आमनेसामने सन् १९७९ को इरानी…
Read More
हिमाली क्षेत्रमा सेवा गरिरहेकी जुनु हमाल

हिमाली क्षेत्रमा सेवा गरिरहेकी जुनु हमाल

२९ चैत, डोल्पा । हिमालपारिको विकट भूगोल, कठिन प्रशासनिक चुनौती र सीमित अवसरबीच अहिले डोल्पाको प्रशासनिक नेतृत्व सम्हालिरहेकी छन् जुनु हमाल ढकाल । तर, उनको यो यात्राको कथा केवल सरकारी पदसम्म पुग्नुको कथा मात्र होइन, कर्णालीकी एक छोरीले संघर्ष, आत्मविश्वास र पारिवारिक साथको बलमा बनाएको प्रेरणादायी जीवनयात्रा हो । उनै हमालले आफ्नो जीवनका संघर्ष, अवसर र सिकाइका अनुभव सुनाइन् । जुम्लामा जन्मिएकी उनले आफ्नो बाल्यकालको सम्झना गर्दै भनिन्, ‘म जुम्लाकी छोरी हुँ । मेरो कागजपत्रमा अझै स्थायी ठेगाना जुम्ला नै छ । अहिले डोल्पामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै छु, तर मेरो पहिचान कर्णालीकै छोरीको हो ।’ उनको बाल्यकाल जुम्लामै…
Read More
प्रधानमन्त्रीको कूटनीतिक मिटिङ : कसले राख्यो राजदूतका अगाडि प्लास्टिकका बोतल ?

प्रधानमन्त्रीको कूटनीतिक मिटिङ : कसले राख्यो राजदूतका अगाडि प्लास्टिकका बोतल ?

२६ चैतमा प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित  आफ्नो कार्यकक्षमा नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक मिसनका प्रमुखहरूसँग सामूहिक भेटघाट गरे। यस खालको पारदर्शी र सामूहिक भेटघाटले कूटनीतिमा सकारात्मक प्रभाव पार्छ नै। साथै, यसरी भेट्दा समय त बच्छ नै, आफ्नो सन्देश पनि सबै मित्रराष्ट्रहरूलाई एकैसाथ दिन सकिन्छ। यो प्रशंसनीय कार्य हो। उक्त बैठकको सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियो तथा तस्वीरहरूमा हेर्दा टेबुलभरि लहरै पानीका बोतलहरू सजाइएको देखिन्छन् ! अझ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेका फोटोहरूमा त प्रत्येक राजदूतको अगाडि एक–एक वटा बोतल राखेको देख्दा त, कुनै पानी कम्पनीको विज्ञापन जस्तो लाग्छ। झट्ट हेर्दा यो सानो कुरा जस्तो लाग्छ, तर कूटनीतिमा ‘पहिलो छाप’ र प्रस्तुतिले ठूलो अर्थ…
Read More
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। आज हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनसँगै अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ। प्रतिनिधिसभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। उपसभामुख पदको निर्वाचन आज हुँदैछ। तर, प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत भएकाले उसको समर्थन पाएकी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ।थाहाखबर बाट साभार      
Read More
हिरासतबाट छुटेपछि ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

हिरासतबाट छुटेपछि ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेको भन्दै आफ्नो रिहाइका लागि आवाज उठाउनेहरूलाई आभार प्रकट गरेका छन् । उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञ रहेको बताएका छन् । साथै, ओलीले रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचार…
Read More
नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

नेतन्याहूद्वारा ट्रम्पको निर्णयमा समर्थन

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेका छन् र युद्धविराम ‘लेबनानमा लागू नहुने’ बताएका छन्। इजरायली प्रधानमन्त्री कार्यालयले युद्धविरामबारे एक वक्तव्य जारी गरेको छ। इजरायली सञ्चारमाध्यमका अनुसार उक्त वक्तव्यमा भनिएको छ, ‘इजरायल राष्ट्रपति ट्रम्पको इरानविरुद्धका आक्रमण दुई हप्ताका लागि स्थगित गर्ने निर्णयलाई समर्थन गर्दछ—तर यो सर्तमा कि इरानले तुरुन्त जलघाँटी खोलोस् र अमेरिका, इजरायल तथा क्षेत्रका अन्य देशमाथिका सबै आक्रमण रोकियोस्।’ नेतन्याहूको कार्यालयले इजरायलले अमेरिकाको प्रयासलाई समर्थन गर्ने पनि जनाएको छ, जसको उद्देश्य इरानले ‘अब आणविक, मिसाइल र आतङ्ककारी खतरा उत्पन्न गर्न नसकोस्’ भन्ने सुनिश्चित गर्नु हो। साथै, आगामी वार्तामा यी लक्ष्य हासिल गर्न अमेरिका प्रतिबद्ध रहेको…
Read More