22
Mar
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्यो। कैलाली-१ बाट ४७ वर्षीया कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी चुनाव जितिन्। कुल १८ प्रतिस्पर्धीमध्ये १५ पुरुष र थप दुई महिला उम्मेदवारलाई पछार्दै ज्ञवाली निर्वाचित भएकी हुन्। रास्वपाले सुदूरपश्चिममै एक जना महिला अर्थात् ज्ञवालीलाई मात्रै प्रत्यक्षतर्फको टिकट दिएको थियो। ज्ञवालीले त्यो अवसर खेर जान दिइनन्। यहाँ दोस्रो स्थानमा नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७, तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ८,३९२, चौथो स्थान हासिल गरेका नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौंपानेले ४,४९५ मत प्राप्त गरेका थिए।…






