Skip to main content

धनगढी न्यूज

बागमती प्रदेश

सुनको मूल्य तोलामा  सात हजार ५०० घट्यो

सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो

सुनको मूल्य तोलामा सात हजार ५०० घटेको छ। मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।   त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।दिनेश खबर बाट साभार  
Read More
प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिनुुभएको थियो । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका…
Read More
काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले विज्ञप्ति निकालेर समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो । प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको छ । आयोगले काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाण्डाै र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्नसमेत निर्देशन दिनुभएको…
Read More
सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ।     सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन्। उनले सोमबार बेलुकी मन्त्रिपरिषद बैठकपछि जानकारी दिने क्रममा यो निर्णय लुकाएका थिए।  उनका अनुसार घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पनि भएको छ।थाहा खबर बाट शभार  
Read More
वसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली

वसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली

काठमाडौं : काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याएसँगै फागु (होली) सुरु भएको छ।   शुभ साइत अर्थात् बिहान ८ः३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो। फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ। योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ। चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो। भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ। यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको…
Read More
अमेरिकाबाट निकालिएका नेपाली बोकेर आइपुग्‍यो जहाज,तस्वीरहरू

अमेरिकाबाट निकालिएका नेपाली बोकेर आइपुग्‍यो जहाज,तस्वीरहरू

काठमाडौं : अमेरिकाबाट निकालिएका नेपालीहरूलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ। अहिले बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरूलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउनेछ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएको अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक  नेपाली फर्काइएका थिए। थाहा खबर बाट साभार
Read More
वसन्त ऋतुको आगमनसँगै फूल्न थाले चेरी

वसन्त ऋतुको आगमनसँगै फूल्न थाले चेरी

 वसन्त ऋतुको आगमन भइसकेको छ। यसको सङ्केत राजधानी काठमाडौंका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छ।   धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ। थाहा खबर बाट साभार  
Read More
क्रिकेट प्रवर्धक शाही सम्मानित

क्रिकेट प्रवर्धक शाही सम्मानित

सुदूरपश्चिम क्रिकेटको प्रवर्धक सुवास शाही सोमबार सम्मानित भएका छन् । एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा शाहीसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सोमबार राजधानीमा सम्मानित गरेको हो । एसपीए कपबाट सुदूरपश्चिममा क्रिकेटको रौनक ल्याएका शाहीले सन् २०१६ मा धनगढीमा अक्सनमार्फत सिटीबेस फ्रेन्चाइज क्रिकेटको नेपालमा पहिलो पटक सुरु गराएका थिए । त्यसपछि शाहीको नेतृत्वमा धनगढी क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको थियो । शाहीलाई एलआरआईमा लक्ष्मण राजवंशी अवार्डसहित १ लाख रुपैयाँबाट सम्मानित गरिएको हो । यसै वर्षदेखि उनको संस्था गो ड्रिमर्समार्फत अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता गरिएको छ । सरकारले शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको बोर्ड…
Read More
धरौटी बुझाएर रवि आज छुट्ने

धरौटी बुझाएर रवि आज छुट्ने

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर,…
Read More
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा  निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए । ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। अन्त्येष्टिअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८…
Read More