Skip to main content

धनगढी न्यूज

बागमती

फोहोरमा संघीय सरकार र काठमाडौं महानगरबीच फेरि बिवाद

फोहोरमा संघीय सरकार र काठमाडौं महानगरबीच फेरि बिवाद

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनको काममा थप अन्यौल सिर्जना हुने भएको छ । लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनको ठेक्का पाएको नेपवेस्टसँग सम्झौता अगाडि बढाउने निर्णय गरेपछि अन्यौलता देखिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा २२ चैत २०८० मा बसेको लगानी बोर्ड बैठकले ‘पहिलो परियोजनाका लागि सम्बद्ध स्थानीय तहबीच समझदारीमा समन्वय गरी लगानी बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ तथा नियमावली २०७७ बमोजिम नेपवेस्ट प्रालिसँग गरिने परियोजना विकास सम्झौता प्रक्रिया अघि बढाउन’ निर्देशन दिएको थियो ।अनलाईन खबर बाट साभार
Read More
लामो सफल कार्यकालको निरन्तरता वापत कंकाली मा.वि.का प्र.अ. विष्णु पनेरु सम्मानित

लामो सफल कार्यकालको निरन्तरता वापत कंकाली मा.वि.का प्र.अ. विष्णु पनेरु सम्मानित

लामो सफल कार्यकालको निरन्तरता वापत चन्द्रागिरि नगरपालिका १३ स्थित कंकाली मा.वि.का प्रधानाध्यापक विष्णु प्रसाद पनेरु सम्मानित भएका छन् । नेपाल प्रधानाध्यापक संघले राष्टिय सम्मेलनको अवसरमा आज एक कार्यक्रमवीच उक्त सम्मान प्रदान गरेको हो । प्रत्येक प्रदेशबाट एकजना प्र.अ. सम्मानित भएकोमा बाग्मती प्रदेशबाट प्र.अ. पनेरु सम्मानित भएका हुन् । लामो समय सेवा गरेवापत सम्मानित हुनेहरुमा कोशी प्रदेशबाट श्री आर्दश माध्यमिक विद्या मन्दिरका प्र.अ. हेमराज बस्नेत , लुम्बिनी प्रदेशबाट सूर्योदय आधारभुत विद्यालयका प्र.अ. धर्म भटराई , मधेश प्रदेशबाट यज्ञवल्क्य संस्कृत मा.वि.का प्र.अ. संजय कुमार झा , बाग्मती प्रदेशबाट कंकाली मा.वि.का प्र.अ. विष्णु प्रसाद पनेरु र चिरिखर्क आधारभूत विद्यालयका प्र.अ. लिलाधर भुषाल ,…
Read More
अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्।   शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने जानकारी गराए। उनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताउँदै भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरूले त्यसको अन्त्य गर्ने बताए। उनले नजिक र टाढाको नभनी दोषी उपर कारबाही गरिने पनि बताए। अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै…
Read More