16
Feb
४ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ । यो बजेटलाई कार्यगत खर्च अनुसार तुलना गर्दा सबैभन्दा बढी सामान्य प्रशासनिक सेवामा खर्च हुने गरेको देखिएको छ । कार्यगत खर्च तुलनाभित्र चालु र पूँजीगत दुवै प्रकृतिको खर्च जोडिएको हुन्छ । अर्थ मन्त्रालयका अनुसार यस क्षेत्रमा मात्र ४ खर्ब ३ अर्ब ६९ करोड ९९ लाख खर्च भएको छ । जुन कुल बजेट खर्चको साढे ५८ प्रतिशत हाराहारी हो । यस शीर्षक अन्तर्गत विभिन्न तहका सरकारलाई गरिएको हस्तान्तरण समेत समावेश छ । पुस मसान्तसम्म १ खर्ब ९० अर्ब हस्तान्तरण भएको तथ्यांक…






