10
Feb
रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो। प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। एक जनाको सनाखत गर्न बाँकी छ। ज्यान गुमाएका १२ जनामध्ये ७ जना पुरूष र ५ जना महिला छन्। उनीहरूको शव मन्थली अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। मृतक दोलखा भिमेश्वर-७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर-८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु-४ का २८ वर्षीय दिपेश…






