Skip to main content

धनगढी न्यूज

राजनीति

‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

‘जबसम्म स्पष्ट रूपमा संविधान लेख्नुहुन्न, तबसम्म समानुपातिक प्रणाली सुधार गर्न सक्नुहुन्न’

निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीलाई लिएर राजनीतिक दलहरूमा हलचल मच्चिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ११० जना उम्मेदवारको बन्दसूची दलहरूले पुस १४ गते आयोगमा बुझाएका थिए । बन्दसूचीमा पार्टीको विधि, विधान, भूगोल र समावेशीलाई बेवास्ता गरी नेताहरूका आफन्त, व्यवसायी घरानादेखि सेलिब्रेटीसम्म समेटिएपछि नयाँ तथा पुराना दलहरूमा रडाको मच्चिएको छ । सुशासन र सुसंस्कृत समाज निर्माण गर्ने भन्दै पुराना दलको विकल्पमा रजानीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको आन्तरिक निर्वाचनमा लोकप्रिय मत ल्याएकालाई लत्याएर बन्दसूची बुझाएपछि असन्तुष्टि बढेको छ । रास्वपाले पनि नातावाद, सेलिब्रेटीलाई समानुपातिकको बन्दसूचीमा राखेर पुरानै दलको बाटो पछ्याएको पार्टीकै नेताहरूले आरोप…
Read More
रास्वपाले भन्यो– समानुपातिक सूचीमा सच्याउनुपर्ने विषय प्रदेश सभापतिलाई वा केन्द्रमा सिधै बुझाउनू

रास्वपाले भन्यो– समानुपातिक सूचीमा सच्याउनुपर्ने विषय प्रदेश सभापतिलाई वा केन्द्रमा सिधै बुझाउनू

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीमा सच्याउनुपर्ने विषय भए प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति पार्टीको ध्यानाकर्षण भएको सचिवालयले जनाएको हो। ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो। उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा…
Read More
सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

धनगढी: काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्। चार पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट काँग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समेटेको छ। नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले १०/१० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ। यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन्। विज्ञापन नेपाली काँग्रेसले प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरेको छ। अन्य दलले भने प्रदेशका सबै जिल्लाबाट उम्मेदवार बनाएका छैनन्। नेकपा र एमालेले भने पाँच/पाँच  जिल्लाबाट मात्रै…
Read More
‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

‘सरप्राइज’ एकता गरेका जसपा नेपाल र लोसपा नेपालले कसरी टुङ्ग्याउँदैछन् समानुपातिक उम्मेदवार ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो ‘सरप्राइज’ दिएका थिए । पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ । दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेदवार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । यद्यपि, दुवै दलका नेता यसमा कुनै ठुलो समस्या नरहेको बताउँछन् । उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको रातोपाटीलाई जनाएका छन् । लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी…
Read More
अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

अशोक राई नेतृत्वको जसपाका कतिपय नेताहरू जसपा नेपालमै फर्किने, हृदयेश त्रिपाठी पनि मिल्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका कतिपय नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमै फर्कने भएका छन्। नेता प्रदीप यादव र रेणु यादवसहित नेताहरू जसपा नेपाल फर्कन लागेका हुन्। आफूहरू जसपा नेपालमै फर्कन लागेको नेता प्रदीप यादवले जानकारी दिए। ‘पार्टीका बहुमत सदस्यहरूसहित हामी ध्रुवीकरणमा लागेका छौं,’ उनले भने। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पनि केही नेताहरू जसपा नेपाल फर्किन लागेको बताए। ‘म जाने होइन, केही नेताहरू जान लागेका छन्,’ उनले भने। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच पार्टी एकता गर्ने हिजो सहमति जुटेको थियो। त्यसपछि जनता समाजवादी पार्टीका कतिपय नेताहरू पनि यो एकतामा जान…
Read More
बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।अन्लाईन खबर बाट साभार  
Read More
कैलालीबाट चार जना पत्रकार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस

कैलालीबाट चार जना पत्रकार प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस

  धनगढीः कैलालीबाट चार जना पत्रकार आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन सिफारिस भएका छन्। कैलालीबाट नेकपा एमालेले दुई तथा नेपाली कम्युनिस्ट पार्टीले दुई जना पत्रकारलाई उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो। नेपाली कम्युनिस्ट पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट पत्रकार प्रकाश मिश्रलाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट हर्कसिंह प्रपलालाई समानुपातिक उम्मेदवारका लागि सिफारिस गरेको हो। विज्ञापन प्रेस सेन्टर नेपालका केन्द्रीय उप-महासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको हो। प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट उम्मेदवार सिफारिस…
Read More
रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बिहान सातबुँदे सम्झौता हस्ताक्षर हुँदा ऊर्जामन्त्री कुलमान घिसिङ उपस्थित थिएनन्। पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै जनाले संवाद अघि बढाइरहेका बेला आइतबारको सम्झौतामा कुलमान नदेखिनुले यो एकतामा उनी कहाँ छुटे भन्ने प्रश्न उठेको छ। ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ शनिबार साँझसम्म पनि रवि र बालेनसँग तारन्तार वार्ता र संवादमा थिए। शनिबार राति ७ बजे बालेन र कुलमानबीच भेटवार्ता भएको थियो। राति अबेरसम्म पनि उनीहरूको कुराकानी जारी थियो। कुलमानसँगको भेटवार्तापछि नै राति साढे ११…
Read More

प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्ने

 प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच आज निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए ।…
Read More
ओली र प्रचण्डले समेत पत्याएका सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्रमन्त्री

ओली र प्रचण्डले समेत पत्याएका सुरक्षा विज्ञ बालानन्द शर्मा परराष्ट्रमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुरक्षा विज्ञ बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । शर्माले शुक्रबारै शपथ पनि लिइसकेका छन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी थिइन् । नेपाली सेनाका अवकाश प्राप्त रथी शर्मा सैन्य रणनीतिकार मानिन्छन् । सुरक्षा विज्ञको रुपमा उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा काम गरिसकेका छन् । शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रुचाएका व्यक्ति पर्छन् । २०७८ सालमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला शर्मालाई कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को…
Read More