Skip to main content

धनगढी न्यूज

राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

१ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ । अन्लाईन खबर बाट साभार
Read More
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ

बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ

महिला सांसद गौरी कुमारी यादवकी आमा उनलाई डाक्टर बनाउन चाहन्थिन्। आमाले देखेको सपना गौरीले पूरा गर्न सकिनन्। तर डाक्टरी पढ्ने नीति निर्माणको तहमा उनी आइपुगेकी छन्। फागुन २१ को प्रतिनिधिसभा चुनावमा महोत्तरी–४ बाट ३० हजार भोट ल्याएर गौरी निर्वाचित भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव उठेकी थिइन्। गौरीले सानैदेखि भारतको सीतामढी बसेर पढिन्। उनको गाउँमा माध्यमिक विद्यालय थिएन। जनकपुर पनि जान सकिन्थ्यो, तर उनीहरूका लागि जनकपुरभन्दा सीमा जोडिएको सीतामढी नै सहज भयो। सीतामढीमै आइएससी पढेर सकेपछि गौरीको बिहेको कुरा चल्यो। बिहेको कुरा अघि बढाउँदा उनकी आमाको एउटै सर्त थियो — जसले मेरी छोरीलाई डाक्टरी पढाउँछ, उसैसँग बिहे…
Read More
रास्वपाले भन्यो– आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

रास्वपाले भन्यो– आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ । केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ । बैठकअघि पत्रकारहरुसँग कुरा गर्दै झाले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने भएकाले आज हामी त्यो टुंग्याउँछौं ।’ सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न…
Read More
अब जुहारी हैन, जमेर समीक्षा गरौंः योगेश भट्टराई

अब जुहारी हैन, जमेर समीक्षा गरौंः योगेश भट्टराई

काठमाडौंः नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टीभित्र फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधि बन्द गर्न आग्रह गर्दै पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताएका हुन्। भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको शोकको यस्तो घडीमा एक–अर्काप्रति नकारात्मक टिप्पणी तथा घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय भएको उल्लेख गरेका छन्। पछिल्लो समय पार्टीका माथिल्लो तहका नेताहरूबाट आफूलगायत केही नेताविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको उनको गुनासो छ। भट्टराईले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका…
Read More
निर्वाचन परिणाम : आशा, आक्रोश र आवेगको मिश्रण

निर्वाचन परिणाम : आशा, आक्रोश र आवेगको मिश्रण

प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भई परिणाम समेत आइसकेको छ । निर्वाचन परिणामले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेशवादी दललाई मूर्छित बनाएको छ । झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भने आगामी दिशाबारे विमर्शमा छ । सत्ता प्राप्तिको अप्राकृतिक खेल र गठबन्धनबाट दिक्क भएका जनताले अबको पाँच वर्ष एकमना सरकार बन्ने भयो भनेर सन्तोषको सास फेरेका छन् । विश्वास गर्ने हो, आउने सरकारले राम्रै गर्छ । विश्वास आर्जन गर्ने काम सरकार हाँक्नेहरूको हो अन्यथा पाँच वर्षपछि यिनीहरूको पनि हविगत हुने उस्तै नै हो । देशको सत्ता समीकरणमा उलटपुलट ल्याएको यो निर्वाचनले केही महत्वपूर्ण सन्देश दिएको छ । यो लेखमा बुँदागत रूपमा ती…
Read More
रास्वपा केन्द्रीय सचिवालय बैठक आज

रास्वपा केन्द्रीय सचिवालय बैठक आज

काठमाडौ‌: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ। साथै, वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।थाहाखबर बाट साभार
Read More
बास्कोटाको तामाङलाई जवाफ, अवसरका लागि गुट बदल्ने र पार्टी फुटाउने काम गरिँन

बास्कोटाको तामाङलाई जवाफ, अवसरका लागि गुट बदल्ने र पार्टी फुटाउने काम गरिँन

काठमाडौंः नेकपा एमालेका नेता शेरबहादुर तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्ने नैनिकता नहुने भन्दै एमाले नेतृत्वको आलोचनाको जवाफमा एमाले नेता गोकुल बास्कोटाले तामाङलाई जवाफ फर्काएका छन्। सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेता तामाङलाई २०३८ सालदेखिकै इतिहास पुनरावलोकन गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘आफ्नो र श्रीमतीको लागि गुट बदल्नेमात्रै होइन, पटक पटक पार्टी फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन।’ बास्कोटाले अगाडि लेखेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलागेछन्। म तपाईजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्नेमात्र होइन, पटक…
Read More
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

३० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘बैठकको समय र स्थान तय भएको छैन’, उनले भने । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।अन्लाईन खबर बाट साभार
Read More
भैँसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्नेछन् नयाँ मन्त्री ?

भैँसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्नेछन् नयाँ मन्त्री ?

३० फागुन, काठमाडौं । झन्डै ३ अर्ब रुपैयाँ खर्चिएर निर्माण सम्पन्न भएको ललितपुर भैँसेपाटीस्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहर प्राय: छ । संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख निवास समेत रहेको यो परिसरमा मन्त्रीहरू बस्न थालेको एक वर्षमात्र भएको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो । रक्षामन्त्री निवास बनाइएको एकमात्र भवनमा सामान्य क्षति भएको थियो । सोही भवन मर्मत र रङरोगन सम्पन्न भएपछि अहिले मन्त्री माधवप्रसाद चौलागाईं बसिरहेका छन् । सहरी विकास मन्त्रालय मातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती…
Read More
तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

तत्कालीन गृहमन्त्री बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानविन गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान गर्नुपर्ने छ । कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् । तर प्रहरीले जाहेरी नै लिएन । जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता भएको जाहेरी अलपत्र परेको थियो । जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्…
Read More