Skip to main content

धनगढी न्यूज

राजनीति

चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

२९ फागुन, काटमाडौं । लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस प्रतिनिधिसभाको पछिल्लो चुनावपछि संसदीय इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । गुटबन्दी र आन्तरिक विवाद, नेतृत्वको पुस्तान्तरणमा भएको ढिलाई, नयाँ दलहरूको उदय र युवा पुस्ताको बदलिँदो सोचका कारण कांग्रेसलाई निर्वाचनमा नराम्रो धक्का लागेको छ । मतदाताले पुराना राजनीतिक दलहरूप्रतिको असन्तुष्टि मतपेटिकमार्फत् पोखेपछि कांग्रेसका लागि परिणाम प्रतिकूल बन्न पुग्यो । पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ । तर, राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमान सिंह कार्की कांग्रेस–एमाले नेतृत्वको सरकार हुँदा जेनजी आन्दोलन भएकाले अहिलेको अवस्थामा नेतृत्वमा जोसुकै भए पनि असर पर्ने स्थिति रहेको…
Read More
बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

बालेन प्रधानमन्त्री हुन लागेकोमा संघीय लोकतान्त्रिक मोर्चाले व्यक्त गर्‍यो खुसी

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री हुन लागेकोमा खुसी व्यक्त गरेको छ। शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मुल समितिको बैठकले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने हर्षको विषय भएको बताएको छ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा मधेशी सपूत मा. बालेन्द्र शाह (बालेन) को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले नीजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि संघर्षरत मधेशी, थारू, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो,’ मोर्चाले भनेको छ। मोर्चाले बालेनलाई शुभकामना र बधाई समेत दिएको छ। यस्तै संविधान संशोधन लगायत विविध विषय सम्बोधन हुनेमा पनि मोर्चाले…
Read More
नवनिर्वाचित सांसदको औसत उमेर ४४ वर्ष

नवनिर्वाचित सांसदको औसत उमेर ४४ वर्ष

काठमाडौँ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसदको औसत उमेर घटेको छ । दलहरूले युवा उम्मेदवारलाई प्राथमिकता दिँदा औसत उमेर घटेको हो । निर्वाचित सांसदको औसत उमेर अहिले ४४.९१ वर्ष रहेको छ । यसअघि यस्तो उमेर ५२.१२ वर्ष रहेको थियो । अहिले संसद्मा कम्तीमा २५ वर्षदेखि बढीमा ७१ वर्षसम्ममा सांसद रहेको निर्वाचन आयोगले जनाएको छ । कुन उमेर समूहको कति ? निर्वाचन आयोगको विवरण अनुसार निर्वाचित सांसदमध्ये जेनजी उमेर समूहका सांसदको सङ्ख्या ५ जना रहँदा ३० वर्षभन्दा कम उमेर समूहको सांसदको सङ्ख्या ८ रहेको छ । त्यस्तै, ३० देखि ३९ वर्ष समूहका ४७ जना सांसद छन् । ४० देखि ४९ वर्षसम्म ५७…
Read More
नयाँ बन्ने सरकारलाई पत्र

नयाँ बन्ने सरकारलाई पत्र

सर्वप्रथम, नयाँ बन्ने सरकारलाई अग्रिम बधाई। यहाँहरूको सफल कार्यकालको लागि भगवान् श्री गणेशसँग प्रार्थना गर्दै उहाँसँग सम्बन्धित एक प्रेरणादायी कथा स्मरण गराउन चाहन्छु । एक दिन शिव र पार्वतीले आफ्ना दुई पुत्र—गणेश र कुमारलाई विशेष लड्डु दिने निर्णय गर्नुभयो। माता पार्वतीले भन्नुभयो, “जसले पहिले सुमेरु पर्वतको परिक्रमा गर्छ, उसैले सबै लड्डु पाउँछ।” यो सुन्नासाथ कुमार आफ्नो मयूर वाहनमा चढेर तीव्र गतिमा सिधै पर्वतको परिक्रमा गर्न निस्किए। उनी उत्साहित थिए र  गति नै सबै कुरा हो भन्ने विश्वास गर्थे। तर गणेश, जसको वाहन मुसा थियो, माता पार्वतीको कुरा सुनेर केही समय सोचमा परे। उनले आफ्ना माता–पिता शिव र पार्वतीलाई नै सुमेरु…
Read More
गगनले के गर्लान् ?

गगनले के गर्लान् ?

२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अपेक्षित मतपरिणाम प्राप्त नभएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । अघिल्लो प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेसले यसपटक प्रत्यक्ष र समानुपातिकतर्फ मत गुमाउँदै दोस्रो दल बनेको छ । पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा कांग्रेसले प्रत्यक्षमा १०७ सिट कम ल्याएको छ । समानुपातिकतर्फ पनि फराकिलो अन्तरले रास्वपाले कांग्रेसलाई पछि पारेको छ । कांग्रेसलाई प्रत्यक्ष एवं समानुपातिक तर्फ उल्लेख्य मत घट्नु र सभापति स्वयं पराजित बनेपछि उनी माथि नैतिक प्रश्न समेत उठेको छ । सभापति थापालाई भेटेका नेताहरूका अनुसार उनी पदबाट राजीनामा दिने मनस्थितिमा छन् ।…
Read More
प्रतिनिधिसभा निर्वाचन : २ हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

प्रतिनिधिसभा निर्वाचन : २ हजार ८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि !

काठमाडौं :  फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिनुभएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ। कस्तो अवस्थामा हुन्छ जमानत जफत ? निर्वाचन सम्बन्धी कानूनअनुसार कुनैपनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र उसको जमानत रकम फिर्ता हुन्छ। यदि सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा…
Read More
नेकपाले खाता खोल्यो, संयोजक प्रचण्ड विजयी

नेकपाले खाता खोल्यो, संयोजक प्रचण्ड विजयी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।रातोपाटी बाट साभार
Read More
प्रतिनिधि सभा निर्वाचनः तीन वटा पार्टीले खाता खोल्दा एमाले अहिलेसम्म शून्य

प्रतिनिधि सभा निर्वाचनः तीन वटा पार्टीले खाता खोल्दा एमाले अहिलेसम्म शून्य

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा पाँच वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् । अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन । रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् । यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ ।…
Read More
मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

२२ फागुन, काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् । यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । अन्लाईन खबर बाट साभार
Read More
काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा निकटतम प्रतिद्वन्द्वी (उपविजेता) कै जमानत जफत भएको छ । यो क्षेत्रमा कुल सदर मत ३६ हजार ४१३ खसेको थियो । जसमध्ये २४ हजार ५९२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तर सायमीले १० प्रतिशत मत समेत ल्याउन सकेनन् । जमानत जोगाउन ३ हजार ६४२ मत ल्याउनु पर्नेमा ३ हजार २१७ मत मात्रै ल्याएपछि सायमीको जमानत जफत भएको…
Read More