Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

कञ्चनपुरः  साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन्। धानका गाँजा हरिया भएका छन्। खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको पर्वाह नगरी भेंम्टी (जङगली च्याउ) खोज्न व्यस्त छन। “बर्खाको समयमा बनतिर गइहाल्न मन लागिहाल्छ”, शुक्लाफाँटा नगरपालिका–१० का राजबहादुर चौधरीले भने,“भेंम्टीको स्वाद एक पटका लागि भएपनि चाख्नैकै लागि वन चहार्दै हिड्नु परेको छ।” वर्षातका बेला भेंम्टीको तरकारी खानुको मज्जा बेग्लै हुने गरेको उनि बताउँछन्। वर्षातमा थारु समुदायको पोषिलो खान्कीमा भेंम्टी रहने गर्दछ । थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ। यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ।  साउन, भदौ, असोज र कात्तिक गरी चार महिनामा जङगल डुल्नेहरूको उद्देश्य एउटै…
Read More
जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि..

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि..

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ। हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। मङ्गलवार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो। हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए। हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए। विज्ञापन 'हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो', उनले भने, 'हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ।' जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको…
Read More
छाक कटाएर जलविद्युतको मर्मतमा जुटे बैतडीका मठैराजवासी

छाक कटाएर जलविद्युतको मर्मतमा जुटे बैतडीका मठैराजवासी

घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् । बैतडी । घरपरिवारको एक छाक कटाएर चन्दा सङ्कलन गरी लघुजलविद्युतको पावरहाउस मर्मत गर्न बैतडीका मठैराजवासी जुटेका छन् । छेउमै चमेलिया जलविद्युत् आयोजना भए पनि गाउँमा राष्ट्रिय प्रसारणको बिजुली नपुगेपछि डिलासैनी गाउँपालिका–४, मठैराजका करिब तीन सय घरपरिवार गाउँकै लघुजलविद्युत्को जीर्ण पावरहाउस मर्मत गर्न जुटेका हुन् । २०५४ मा निर्माण भएको २१ किलोवाटको लघुजलविद्युत्को पावरहाउसको भवन जीर्ण भएर भत्केपछि विद्युत् सेवा एक वर्षदेखि बन्द थियो । पावरहाउस मर्मत गर्न गाउँले एकजुट भएको स्थानीय पदमबहादुर विष्टले बताए । मर्मतका लागि स्थानीय सरकारसँग माग गरे पनि चासो नदिएको गुनासो गर्दै उनले छेउमै चमेलिया जलविद्युत्…
Read More
धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढी: धनगढीस्थित सुदूर पश्चिमााञ्चल एकेडेमी(एसपिए) बाट भखरै प्रकाशित कक्षा १२ को एसएलसी परीक्षाको नतिजामा यस क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११/१२ मा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा र कानून संकायमा अध्ययन हुने उक्त एकेडेमीबाट यस वर्षको कक्षा १२ मा धनगढी क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले बताउनुभयो । विभिन्न संकाय अन्तर्गत विज्ञान संकायमा १३७ जना , व्यवस्थापन संकायमा २५६ , होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी , शिक्षा र कानून संकायमा ५१ जना गरी कूल जम्मा ५४८ जना विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका…
Read More
मुख्यमन्त्री शाहको एक वर्ष : “राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल”

मुख्यमन्त्री शाहको एक वर्ष : “राजनीतिक र शासकीय दृष्टिमा सरकार सफल”

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकार गठनको एकवर्षे कार्यकाल राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको बताएका छन्। सरकार गठनको एक वर्षको अवधिमा भएका उपलब्धि सार्वजनिक गर्न आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले एक वर्षको अवधिमा राजनीतिक स्थायित्व प्रत्याभूति गरिएकाले सरकार सञ्चालनका साथै विकासका गतिविधिलाई तीव्रता दिन उपयुक्त र भरपर्दो आधार निर्माण भएको बताए। उनले भने, “सरकारले कार्यान्वयनमा ल्याएका योजना कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा एवं भरोसाको सञ्चार गरेको छ, विगतका कमीकमजोरी सुधार गरी सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भएर सरकार क्रियाशील छ।” विज्ञापन छिमेकी मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा आफ्नो नेतृत्वमा भएको औपचारिक…
Read More
बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

बागमतीमा नवनियुक्त मुख्यमन्त्री र ८ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई मंगलबार अपराह्न शपथ गराएका हुन्। मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री र मन्त्रीहरूले शपथ लिएका हुन्। प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दल नेता बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने मुख्यमन्त्री बानियाँले कांग्रेसका २ र एमालेका ६ गरी ८ जना मन्त्रीहरू सिफारिस गरी प्रदेश प्रमुखले नियुक्त गरेका थिए। बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्। को-को भए मन्त्री? नेकपा (एमाले) बाट मन्त्री हुनेहरू; १. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री…
Read More
कञ्चनपुरमा आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

कञ्चनपुरमा आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ । कञ्चनपुर। घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी एक युवतीको घटनामा अनुसन्धान गर्न प्रहरीले उनका श्रीमानसहित सासू र ससुरालाई पक्राउ गरेको छ । मृत भेटिएकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ की १७ वर्षीया सम्झना भट्टका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  सागर बोहराले जानकारी दिए। सम्झनाका माइती पक्षको जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान २४ वर्षीय पवनलाई पक्राउ गरेको थियो। त्यसको लगत्तै उनका सासू र ससुरालाई समेत पक्राउ गरिएको उनले बताए। आत्महत्या दुरुत्साहनमा अनुसन्धानका…
Read More
धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

धनगढीको तारानगरमा Hungry Mouth रेष्टुरेन्ट सञ्चालनमा

कैलालीको धनगढीमा Hungry Mouth नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरस्थित एक्सिस विद्याश्रम (प्लस टु) नजिक उक्त रेष्टुरेन्ट अवस्थित छ । धनगढीकै दुई युवा उद्यमी नेत्र राज पाण्डे र तिर्थ कठायतले सञ्चालन गरेको उक्त रेष्टुरेन्टमा अहिले उपभोक्ताको घुइँचो लाग्ने गरेको छ । गुणस्तरिय परिकारसँगै प्रशस्त पार्किङ्ग क्षेत्र , एकान्त शान्त बस्ने वातावरण सहित छिटो छरितो सेवा प्रदान गरिरहेको हुँदा आफूहरु यहाँ आउने गरेको स्थानिय उपभोक्ताले बताएका छन् । "शुक्रबार विशेष" अन्तर्गत केही नौलो परिकार बनाएर उपभोक्तालाई फरक स्वादसहित सत्कार गरिदै आएको सञ्चालक पाण्डेले बताए । घरमै रेष्टुरेन्टका परिकारको स्वाद लिन चाहनेहरुका लागि माग अनुसार होम…
Read More
दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना

दोधारा चाँदनी सुक्खा बन्दरगाह : पूरा हुँदै डेढ दशकदेखिको सपना

  दोधारा चाँदनीः डेढ दशकअघि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने हल्ला सुनेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय उत्तर भट्टलाई अहिले सपनाजस्तै लाग्छ। महेन्द्रनगर आवतजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने उनले महाकाली नदीमा पुल बन्ला र सुक्खा बन्दरगाह निर्माण होला भन्ने कल्पनासमेत गरेका थिएनन्। विज्ञापन “महाकालीमा किस्तीबाट महेन्द्रनगर जानुपथ्र्याे कोही बिरामी भए पनि उपचारमा समस्या हुन्थ्यो, एम्बुलेन्स आउने बाटो थिएन,” भट्टले भने, “अहिले घरै अगाडि छ लेनको पक्की सडक पुगेको छ नजिकै सुक्खा बन्दरगाह निर्माण सुरु भएको छ मलाई त सपनाजस्तै लाग्छ ।” विसं २०२२ देखि यहाँ बस्दै आएका उनले विगतमा अनेक दुःख खेपेको बताउँदै अहिले महाकाली नदीमा पक्की पुल र…
Read More

कैलालीमा झोलुङ्गे पुलले डुङ्गा विस्थापित

बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ धनगढी। बर्सौंदेखि डुङ्गा तरेर ओहोरदोहोर गर्दै आएका कैलालीको कैलारी गाउँपालिका-३ स्थित मोहनपुरवासीको अब त्यो बाध्यता हटेको छ । मोहना र घुरहा नदीको सङ्गमनजिक झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको हो । मोहना नदीपारि रहेको सो गाउँका स्थानीयले नदी वारपार गर्न डुङ्गा प्रयोग गर्दै आएका थिए । नदी वारपार गर्न ठुलो कष्ट भोग्दै आएका ती गाउँवासीको पुलमा हिँड्ने सपना पूरा भएको गाउँका भलमनसा शीतलदास चौधरीले बताए । पुल नबनेसम्म सबैभन्दा बढी दुःख विद्यार्थी, बिरामी, गर्भवतीले भोग्दै आएका थिए । बर्खामा बाढी आएपछि डुङ्गा चलाउन नसकेका…
Read More