Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर: भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरूमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधवार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ। सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो। ‘भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,’ सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, ‘एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ।’ सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा…
Read More
कैलाली भन्सारमा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली भन्सारमा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

धनगढी : कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो।कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ १९ करोड ५१ लाख र अन्यतर्फ एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ। चालु आर्थिक वर्षमा भन्सार कार्यालयको ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ। चालु आर्थिक वर्षको साउनमा ५७ करोड ५०…
Read More
‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

‘सुदूरपश्चिम प्रदेशमा कमिसनका योजना मात्र प्राथमिकतामा’

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कमिसन आउने योजना मात्र प्राथमिकताका साथ सार्वजनिक गरेको आरोप लागेको छ। प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारले सार्वजनिक गरेको कार्यक्रमहरू कमिसनमा बिक्री भएका भन्दै आलोचना गरेका हुन्। सुदूरपश्चिम सरकारले आइतवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम समृद्धिको दिशाभन्दा पनि राजनीतिक सन्तुलन र कार्यकर्ता व्यवस्थापनमा केन्द्रित रहेको भन्दै विपक्षी दलहरूले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले प्रदेश सकारले ल्याएको बजेटको कडा आलोचना गरेको छ। माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल)ले बजेट कार्यान्वयन गर्न नसकिने गरी ल्याइएको बताए। उनले स्रोत सुनिश्चित नभएको, सिद्धान्त र दीर्घकालीन योजना नभएको, २५ लाखभन्दा कमको…
Read More
सुदूरपश्चिमका ५३ सांसदलाई २ अर्ब २३ करोड, पाँच लाखका योजन पनि समावेश

सुदूरपश्चिमका ५३ सांसदलाई २ अर्ब २३ करोड, पाँच लाखका योजन पनि समावेश

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले २ अर्ब २३ करोड रुपैयाँ सांसदहरूलाई वितरण गरेको छ। सुदूरपश्चिम प्रदेशका ५३ प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारबाट २ अर्ब २३ करोडका योजना पाएका हुन्। सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष विजयी भएका ३२ प्रदेश सभा सदस्यहरूलाई पाँच करोड र समानुपातिक २१ जना प्रदेश सभा सदस्यहरूले तीन करोडका दरले योजना पाएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका बाहालवाला मुख्यमन्त्री, मन्त्रीहरू र राज्यमन्त्रीहरूले समेत अन्य प्रदेश सभा सदस्यहरू सरह बजेट पाएका छन्। प्रदेश सरकारले प्रत्येक्ष निर्वाचित प्रदेश सभा सदस्यहरूलाई पाँच करोडका योजना माग गर्न भनेको थियो। प्रदेश सरकारले १० लाखका २० वटा र २५ लाखका १२ वटा योजना माग गर्न…
Read More
सुदूरपश्चिम सरकारको बजेट पेस पर्ने समय सारियो

सुदूरपश्चिम सरकारको बजेट पेस पर्ने समय सारियो

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्ने समय सारेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज ५ बजेको प्रदेश सभाको बैठकमा पेस गर्ने कार्यसूची रहेको थियो।तर, प्रदेश सरकारले आन्तरिक तयार पूरा नभएको भन्दै आइतवार साँझ ७ बजेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने सचिवालयले बताएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको दल नेपाली काँग्रेस र एमालेका मन्त्रीहरूको बिचमा नै बजेटको आकार र योजनाका विषयमा असमझदारी उत्पन्न भएको हो। मुख्यमन्त्री शाह, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबिच शनिवार रातभर र आइतवार बिहानसम्म पनि बजेटको रकम तथा योजना खिचातानी चलेको छ। प्रदेश नीति तथा योजना आयोगले २४ अर्बको बजेट…
Read More
राष्ट्रिय माध्यमिक विद्यालय सुखडको भवन निर्माणमा लापर्बाही, ढलान भत्काइयो

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको भवन निर्माणमा लापर्बाही, ढलान भत्काइयो

कैलाली : सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापर्बाही गरेको जनाइएको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो।कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो। घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले ओपीसिको ठाउँमा पिपीसि सिमेन्ट प्रयोग भएको जानकारी पाउनासाथ अनुगमनमा गई निर्माणमा खटिएका लेबर मिस्त्री द्धारानै ढलान भत्काएको बताए। ढलानमा ओपीसि सिमेन्ट प्रयोग गर्न ठेकेदारलाई निर्देशन दिएको उनले बताए।सङ्घीय सरकारको…
Read More
‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न

‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न

कैलालीको धनगढीस्थित एसपीए कलेजद्धारा आयोजना गरिएको 'सेसन विथ सन्दीप' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सिलिङका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख योगराज गौतमले सन्दीप क्षेत्री जस्तो बहुआयामिक व्यक्तित्वलाई स्वागत गर्न पाउनु तथा विद्यार्थीमाझ प्रस्तुत गराउन पाउनु आफैमा गौरवको कुरा भएको बताए । कार्यक्रममा वक्ता एवम् प्रस्तोताका रुपमा ख्यातिप्राप्त कमेडियन , टिभी प्रस्तोता तथा प्रेरणादायी वक्ता सन्दीप क्षेत्री रहनुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले उत्साहजनक रुपमा कमेडी तथा प्रेरक प्रस्तुतीमा सहभागिता जनाएका छन् । जहाँसुकै जुन विषय पढे पनि आत्मप्रेरित भई अनुशासनको पालना गरेमा सफलताको…
Read More
एलायन्स ‘प्लस टु’ द्धारा  POST SEE फुटसल प्रतियोगिता गरिदै

एलायन्स ‘प्लस टु’ द्धारा POST SEE फुटसल प्रतियोगिता गरिदै

कैलालीको धनगढीमा प्रथम एलायन्स प्लस टु पोष्ट एसइइ फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित एलाइन्स प्लस टु धनगढीले शुक्रबारदेखि प्रतियोगिता गर्न लागेको हो। यही जेठ ३० र ३१ गते धनगढी ४ सौराई स्क्वायरमा उक्त प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगीताका खेलहरु फुटसल खेल नियमको अधिनमा रहि नकआउट स्वरुपमा खेलाइने प्राचार्य मनोज पन्तले जानकारी दिए । साथै बिहिबार कलेजमा नै प्रतियोगितामा सहभागि हुने टिमहरुको टाइसिट सार्वजनिक गरिएको छ । खेलाडीहरुलाई चोटपटक लागेमा प्राथमिक उपचार आयोजकको रहनेछ भने सो बाहेकको उपचार एबम अन्य दुर्घटना टिम आफै जिम्मेवारी हुनुपर्नेछ । खेलाडीहरुको खाना र बस्नको सम्पूर्ण…
Read More
एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

सुदूर पश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको एसपिए कलेजले भोलि शुक्रबार एसईई परीक्षामा दिएका विद्यार्थीहरुलाई निशुल्क शैक्षिक परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ । अहिलेको पुस्ताले उचित मार्ग निर्देशनको अभावमा आफ्नो शैक्षिक भविष्यलाई सही दिशा दिन नसकिरहेको परिप्रेक्ष्यमा क्याम्पसले उक्त विशाल सत्रको आयोजना गर्न लागेको हो । एसईई परीक्षा सकेर नतिजाको पर्खाइमा रहेका धनगढी तथा आसपासका क्षेत्रबाट भोलिको सत्रमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहने क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले बताउनु भयो । उक्त सत्रको प्रमुख आकर्षण तथा वक्ताको रुपमा राष्टिय रुपमा ख्यातिप्राप्त कमेडियन , कलाकार , टिभी प्रस्तोता एवम् प्रेरणादायक वक्ता सन्दीप क्षेत्री रहनेछन् । देश तथा विदेशमा विभिन्न…
Read More
एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस संकाय दोस्रो वर्षको नतिजामा एसपिए कलेज , धनगढीमा अध्ययनरत छात्रा टेरेसा जोराले सुदूरपश्चिम प्रदेश टप गरेकी छिन् । उनले प्रदेशभरमै सर्वाधिक ७५% अंक प्राप्त गरेकी हुन् । टपर टेरेसा जोरा सोही क्याम्पसका प्राध्यापक दल बहादुर जोराकी छोरी समेत हुन् । क्याम्पसका साथसाथै घरमा समेत छोरीलाई नितान्त शैक्षिक वातावरण प्रदान गरिएको उनका बुवाले बताउनुभयो । यसैवीच आज एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसले निजलाई सम्मान एवम् अभिनन्दन समेत गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै टेरेसाले आफ्नो यस सफलताको श्रेय आफ्नो घरपरिवारको हौसला , क्याम्पसको अनुकुल शैक्षिक गतिविधि , आफ्नो लगनशीलता तथा शिक्षा प्रतिको सर्मपण रहेको बताइन्…
Read More